महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदेश स्तरीय प्रदर्शनीको तयारी
नेपालगन्ज, १२ पौष – महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले आठांै लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुने भएको छ ।महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गदै आएको प्रदर्शनी यसपटक पुष २४ देखि २८ गते सम्म हुने भएको छ ।बुधबार भएको पत्रकार सम्मेलनमा आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत, महिला उद्यमी महासंघको केन्द्रिय सदस्य तथा महिला उद्यमी महासंघ लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, प्रदर्शनी संयोजक एवम् संघको प्रथम उपाध्यक्ष रेबती सिंह,दिृतीय उपाध्यक्ष आभा गौतम, प्रदर्शनीको आर्थिक संयोजक शशी स्वारले प्रदर्शनीको तयारी र उद्देश्यहरुका बारेमा बताएका थिए ।महिला उद्यमी संघ नेपालको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक शर्माले थुप्रै चुनौति र समस्याहरुको सामना गर्दै प्रदर्शनीलाई निरन्तरता दिइएको बताईन् ।...









