मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० हुँदै
नेपालगन्ज, १८ पौष – बाँके जिल्ला फुटबल संघको आयोजनामा माघको पहिलो सातादेखि मेयर कप छात्र÷छात्रा फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगिता माघ ६ देखि १३ गते सम्म नेपालगन्जमा हुनेछ ।प्रतियोगितामा बाँके जिल्लामा रहेको ८ वटा स्थानीयतहरुको विद्यालयहरुको छात्र÷छात्रा टिमहरुले सहभागिता जनाउने छन् ।प्रतियोगिता आयोजनामा नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।बुधबार प्रतियोगिता आयोजना बारेमा नेपालगन्ज उपमहानगरपालिका र बाँके जिल्ला फुटबल संघ बिच सम्झौता भएको छ । सम्झौता पत्रमा नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखाका उपसचिव गोर्खबहादुर थापा र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले हस्ताक्षर गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा करिब ४० विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल च...









