Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

साउदी अरबमा मदिरा पसल खोल्ने तयारी, गैर मुसलमानले खान पाउने

साउदी अरबमा मदिरा पसल खोल्ने तयारी, गैर मुसलमानले खान पाउने

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ माघ – साउदी अरबले राजधानी रियादमा आफ्नो पहिलो मदिरा पसल खोल्ने तयारी गरिरहेको छ । यो मदिरा स्टोरले गैर–मुस्लिम कूटनीतिज्ञहरूलाई विशेष रूपमा सेवा दिनेछ । योजनासँग परिचित स्रोतका अनुसार यस सम्बन्धमा एउटा दस्तावेज तयार गरिएको छ, जुन बाहिर पनि आएको छ । यो कागजातमा मदिरा किन्नका लागि ग्राहकले मोबाइल एप मार्फत दर्ता गरी विदेश मन्त्रालयबाट क्लियरेन्स कोड लिनुपर्ने उल्लेख गरेको जावा न्युजले दाबी गरेको छ । यद्यपि, ग्राहकहरूले सीमित मात्रामा रक्सी खरिद गर्न सक्नेछन् । खबरहब...
युक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने

युक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ माघ – यूक्रेनले सन् २०२४ पछि रूससँग प्राकृतिक ग्यास पारवहन सम्झौता विस्तार गर्ने योजना नबनाएको सरकारी प्रेस सेवालाई उद्धृत गर्दै इन्टरफ्याक्स-यूक्रेन समाचार एजेन्सीले बिहीबार जनाएको छ । प्रेस सेवाले युक्रेनी पक्षको स्थितिबारे जानकारी गराउँदै यातायात सम्झौता यस वर्षको अन्त्यमा समाप्त हुने तथा रूसीहरूसँग वार्ता र सम्झौता विस्तार गर्ने योजनामा नरहेको जनाएको छ । यद्यपि यूक्रेनले आफ्नो ग्यास यातायात प्रणाली प्रयोग गर्न युरोपेली सङ्घका अन्य देशहरूसँग वार्ता गर्न सक्ने स्रोतले जनाएको छ । युक्रेनको राज्य सञ्चालित ऊर्जा कम्पनी नाफ्टोगाज र विशाल रूसी ग्यास कम्पनी गाजप्रोमले सन् २०१९ डिसेम्बरमा ग्यास यातायात सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार युक्रेनले सन् २०२१-०२४ को अवधिमा प्रति वर्ष ४० अर्ब क्युबिक मिटर रूसी ग्यास ढुवानी गर्ने योजना थियो । गत वर्ष रूसबाट य...
अयोध्याको रामललाका लागि ११ करोडको हिराको मुकुट

अयोध्याको रामललाका लागि ११ करोडको हिराको मुकुट

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ माघ – हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याको राम मन्दिरमा रामललाको अभिषेक गरेका छन् । यस अवसरमा देशैभर उत्सवको माहोल बन्न पुगेको छ । राम मन्दिरका लागि ठूलो संख्यामा मानिसहरुले चन्दा दिइरहेका छन् । सुरतका एक हिरा व्यापारीले अयोध्याको राम मन्दिरका लागि भगवान रामलाई सुन, हिरा र चाँदीले बनेको ११ करोड रुपैयाँको मुकुट उपहार दिएका छन् । प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा सुरतका हीरा व्यापारी र ग्रीन ल्याब डायमण्ड कम्पनीका मालिक मुकेश पटेलले अयोध्याको राम मन्दिरको गर्भगृहमा भगवान श्रीरामको लागि तयार गरिएको मुकुट मन्दिरका ट्रस्टीहरूलाई हस्तान्तरण गरेका हुन । विश्व हिन्दू परिषद्का नेता दिनेश भाइ नावादियाले ग्रीन ल्याब डायमण्ड कम्पनीका मालिक मुकेश पटेलले राम मन्दिरमा सुन र हिराले जडित मुकुट दिने इच्छा व्यक्त गरेको भारतीय सञ्चारमाध्यमलाइ बताए । नवनिर्मित राम मन्दि...
धेरैजसो जापानी फर्महरूको मूल्यांकन – २०२४ मा चीनको अर्थतन्त्रमा सुधार हुँदैन

धेरैजसो जापानी फर्महरूको मूल्यांकन – २०२४ मा चीनको अर्थतन्त्रमा सुधार हुँदैन

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ माघ – चीनका धेरैजसो जापानी कम्पनीहरूले गत वर्ष लगानी कटौती गरेका छन्। अधिकांश जापानी फर्महरुले सन् २०२४ को लागि सकारात्मक दृष्टिकोण राख्दैनन् र केवल एक चौथाईले मात्रै अर्थतन्त्रमा सुधार हुने आशा गरेका छन्। जापानिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री इन चाइनाले १,७१३ फर्महरूको सर्वेक्षणअनुसार गत वर्ष ४०० भन्दा बढी कम्पनीहरूले चीनमा लगानी कटौती गरेको बताएका छन्। यो अक्टोबरमा जारी अघिल्लो सर्वेक्षण भन्दा अलि खराब थियो, लगभग ४०० कम्पनीहरूले गत वर्ष सबै लगानी नगरेको बताए। उत्तरदाताहरूको १५ प्रतिशतले मात्रै लगानी बढाए। प्रतिवेदनले पहिलेको तथ्याङ्कलाई पुष्टि गर्छ कि विदेशी कम्पनीहरू चीनको अर्थतन्त्रको सम्भावनामा धेरै कम आशावादी बनिरहेका छन्, जुन आवासको मन्दी र कोभिड पछि कमजोर रिबाउन्डले ग्रस्त छ। सरकारी आक्रमण र नियन्त्रणहरूले बजार र केही विदेशी फर्महरूका लागि झन्झट थपेको छ। गत...
घुससहित अख्तियारको फन्दामा सहायक वन अधिकृत नारायण पार्दे

घुससहित अख्तियारको फन्दामा सहायक वन अधिकृत नारायण पार्दे

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ माघ – बाँकेको राँझामा रहेको सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नारायण पार्दे घुससहित पक्राउ परेका छन् ।जिल्ला वन कार्यालय डिभिजन प्रमुख अजीतकुमार कर्णले ‘हामीलाई आधिकारिक जानकारी कही कतैबाट आएको छैन तर विभिन्न सञ्चारमाध्यम मार्फत जानकारी भएको हुँदा हाललाई कानुनी अनुरोध गर्नलाई आधिकारिक पत्र प्राप्त हुनुपर्छ । सो पत्र प्राप्त भईसकेपछि सहायक वन अधिकृत पार्देलाई निलम्बन गरिनेछ’ बताउनुभयो । सहायक वन अधिकृत पार्दे निलम्बनमा भएपछि सरकारी नियम अनुसार मुद्दा फच्र्योट नहुँदासम्म आधा तलब पाउने डिभिजन प्रमुख कर्णले बताउनुभयो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृत पार्देलाई नेपालगन्जबाट पक्राउ गरेको हो । वन अधिकृत पार्देलाई सेवाग्राहीसँग ७ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ । पार्देको साथमा स्रोत नखुलेको थप ४५ ह...
राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता : प्रिक्वाटर र क्वाटर फाईनलका ५८ खेल हुँदै

राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता : प्रिक्वाटर र क्वाटर फाईनलका ५८ खेल हुँदै

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज १२ माघ – नेपालगन्जमा जारी प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता अन्तर्गत आज शुक्रबार प्रिक्वाटर र क्वाटर फाईनलका खेलहरु भइरहेका छन् ।नेपालगन्ज रंगशालास्थित कवर्ड हलमा जारी प्रतियोगितामा देशभरका खेलाडीहरु प्रिक्वार्टर र क्वाटर फाईनलका लागि प्रतिस्प्रर्धा गरिरहेका छन् । विहान ८ बजेदेखि जारी खेलमा ५ विधाका ५८ खेल भइरहेको छ ।बाँकेको नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता ब्याटमिन्टनको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आएको थिएन ।मुख्य रेफ्रि किरण कारञ्जितका अनुसार प्रतियागिताको पहिलो दिन पहिलो र दोस्रो चरणका ६७ खेल सम्पन्न भएर आज शुक्रबार प्रिक्वाटर र क्वाटर फाइनलका खेलहरु भइरहेकोछ । पाँच वटै विधामा ५८ वटा खेल हुने र उक्त खेलबाट भोली शनिबार हुने से...
स्थानीयतह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा बाँके कै उत्कृष्ट

स्थानीयतह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा बाँके कै उत्कृष्ट

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
डुडुवा, १२ माघ – स्थानीयतह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार डुडुवा गाउँपालिका जिल्ला कै उत्कृष्ट भएको छ ।आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्नको सार्वजनिक प्रतिबेदनमा डुडुवा गाउँपालिकाले १०० पुर्णाकमा ९२.२५ प्रतिशत सबै भन्दा अंक ल्याइ जिल्ला कै उत्कृष्ट भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार पालिकाले स्वमुल्याकंनको कार्यविधी अनुरुप पालिकाले प्रवाहगर्ने सेवा तथा कार्यसम्पादनलाई प्रमाणका आधारमा मुल्याकन गरिएको हो ।डुडुवा गाउँपालिकाले शासकीय प्रवन्धमा ८.५ अंक, संगठन तथा प्रशासनमा ७.५ अंक, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ अंक, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११ अंक, सेवा प्...
राप्ती पारीमा १९ गाउँका सर्वसाधारणले स्वास्थ्य परिक्षण गराए

राप्ती पारीमा १९ गाउँका सर्वसाधारणले स्वास्थ्य परिक्षण गराए

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ माघ – राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ सिधनवामा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ७ सय जना लाभान्वित भएका छन् । शनिवार स्थानीय सिद्धेश्वर माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट वडा नम्बर ६ र ७ अन्तर्गतका १९ वटा गाउँका ३ सय ७ सय जना सर्वसाधारण स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् ।ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजना तथा नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा सम्पन्न उक्त शिविरमा ४६ जना पुरुष र १ सय ११ जना महिला सहित १ सय ५७ जनाको जनरल तर्फ स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा आँखा परिक्षण तर्फ महिला सय १ जना र ४९ जना पुरुष समेत १ यस ५० जनाले आँखा परिक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए । उक्त शिविरमा सबभन्दा बढी उमेर ८५ वर्षका पुरुष जिउलाल थारु र मह...
डुडुवामा अनावश्यक बिल भरपाई बनाई खर्च गरिएकोः वडाअध्यक्ष

डुडुवामा अनावश्यक बिल भरपाई बनाई खर्च गरिएकोः वडाअध्यक्ष

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ माघ – गत आर्थिक वर्षमा ७०.३ प्रतिशत विकास खर्च विवरण पेश गर्ने गाउँपालिका भित्र अनावश्यक बिल भरपाई बनाई खर्च फच्र्यौट गरिएको आरोप लगाईएको छ ।आज शनिबार डुडुवा गाउँपालिका वडा नं. ५ र ६ का वडाध्यक्ष मोहन मिश्रा, झंकबहादुर थापा तथा अन्य कार्यपालिका सदस्यहरु सहभागी भई आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त आरोपहरु लगाईएको छ ।वडाअध्यक्ष मिश्राले आफूलाई अढाई–तीन लाख बराबर बिल पेश गर्ने आफर आएको तर आफूले त्यसो नगरेको हुँदा पालिका भित्र खर्च भएको ७०.डुडुवा गाउँपालिका भित्र एउटा पनि फर्निचर खरीद नभएको अवस्थामा ३३ लाख बराबर फर्निचर कहाँबाट खरीद भयो ? अनावश्यक बिलहरु डुडुवा गाउँपालिका वडाहरुले पेश गरेर खर्च बढाईएको आरोप लगाएका छन् ।हाम्रो उद्देश्य पारदर्शीता रहेको हुँदा पालिकाले डिजिटल युग भएको हुँदा गाउँसभालाई लाईभ गरेर जनता माझ पारदर्शीता ल्याउँदा नै बेस हुने बताउँदै आफूहरु पनि जनताबाट चु...
बिरुवामा आधारित प्रोटिनमा भारतको जोड

बिरुवामा आधारित प्रोटिनमा भारतको जोड

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ६ माघ – भाइब्रन्ट गुजरात ग्लोबल समिटको अगाडि, शाउटेन यूरोप कम्पनीका अध्यक्ष र संस्थापक ह्याङ्क शाउटेनले भारतमा प्रशस्त अवसरहरू भएको र बिरुवामा आधारित प्रोटिनमा देशको फोकसले कम्पनीको लागि थप अवसर खोलेको बताए। उनले भारतमा सोयाबिनको गुणस्तर र ठूलो उत्पादन भएको भन्दै प्रशंसा पनि गरेका छन्। भाइब्रन्ट गुजरात समिट २०२४ मा सहभागितामा शाउटेन यूरोपका अध्यक्ष र संस्थापक ह्याङ्क शाउटेनले एएनआईसँग कुरा गर्दै भने, 'भारतमा अवसरहरू धेरै छन्। किनभने त्यहाँ स्टार्च र तेलको उच्च खपत छ, तर पर्याप्त प्रोटिनको कमी छ।' 'भारतले बोटबिरुवामा आधारित प्रोटिनमा ध्यान केन्द्रित गरेको हुनाले, यो हाम्रो लागि धेरै राम्रोसँग फिट हुन्छ। तर हामीले संस्कृतिमा मिल्ने उत्पादन बनाउनु पर्छ…तर मूल्य पनि राम्रो छ, किनभने बजार धेरै छ,' उनले भने। उनले सोयाबिनबाट बनेको ‘टेम्पेह’ उत्पादन भारतीय अवस्थाका लागि निक...