Tuesday, April 21सत्यम खबर
Shadow

स्थानीयतह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा बाँके कै उत्कृष्ट

डुडुवा, १२ माघ – स्थानीयतह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार डुडुवा गाउँपालिका जिल्ला कै उत्कृष्ट भएको छ ।
आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्नको सार्वजनिक प्रतिबेदनमा डुडुवा गाउँपालिकाले १०० पुर्णाकमा ९२.२५ प्रतिशत सबै भन्दा अंक ल्याइ जिल्ला कै उत्कृष्ट भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार पालिकाले स्वमुल्याकंनको कार्यविधी अनुरुप पालिकाले प्रवाहगर्ने सेवा तथा कार्यसम्पादनलाई प्रमाणका आधारमा मुल्याकन गरिएको हो ।
डुडुवा गाउँपालिकाले शासकीय प्रवन्धमा ८.५ अंक, संगठन तथा प्रशासनमा ७.५ अंक, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ अंक, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११ अंक, सेवा प्रवाहमा १५.५ अंक, न्यायिक कार्य सम्पादनमा ७अंक, भौतिक पूर्वाधारमा ६.५ अंक, सामाजिक समावेशीकरणमा ८.७५ अंक, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ७ अंकर सहकार्य र समन्वय ३ अंकल्याएको लिजाको वेभसाइटमा प्रतिबेदन उल्लेख गरिएको छ ।


स्थानीय तहका १० वटा विषयगत क्षेत्रलाई पालिकाले विभिन्न ऐन, कानून, कार्यविधी, निर्णय प्रक्रिया लगायतका कागजातहरुको प्रमाणका आधारमा एक सय वटा सूचकलाई विशलेषण गरि अंक निर्धारण गर्ने गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय महाशाखाका शाखा अधिकृत चिरञ्जवी नेपालले बताउनुभयो ।
यस्तै कोहलपुर नगरपालिकाले ८७.७५ प्रतिशत, जानकी गाउँपालिकाले ८१.२५ प्रतिशत, खजुरा गाउँपालिकाले ८० प्रतिशत, बैजनाथ गाउँपालिका ७५.२५ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाले ७४.७५ प्रतिशत, नरैनापुर गाउँपालिकाले ७० प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकाले ६७.५ प्रतिशत अंक ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *