Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

शशांकले खाममा राखेर पत्रकारलाई दसैं खर्च पठाएपछि…

शशांकले खाममा राखेर पत्रकारलाई दसैं खर्च पठाएपछि…

आर्थिक, राजनीति, समाचार
काठमाण्डौ, ५ कार्तिक – नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाको सचिवालयले पत्रकारहरूलाई दसैं खर्च भन्दै नगद बाँडेको खुलेको छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीले खाममा नगद राखेर पत्रकारलाई फोन गर्दै मंगलबार दसैं खर्च उपलब्ध गराउँदै हिँडेका छन् ।कोइरालाको सचिवालयले काँग्रेस बिट हेर्दै आएका पत्रकारहरूलाई फोन गर्दै ‘तपाईंसँग काम छ भेट्नुप¥यो’ भनेका थिए । ‘शशांकको नाम लिँदै भरत तिवारीले जसरी पनि भेट्नु प¥यो, समय मिलाउन प¥यो भन्दै फोन गरेका थिए,’ एक पत्रकारले भने,‘दसैंको मुखमा नेताको नाम लिँदै फोन गरेकाले मैले त भेट्ने समय दिइनँ ।’भेट्न नमानेका कतिपय पत्रकारलाई तिवारीले सञ्चार माध्यम कै कार्यालयमा नगदसहितको खाम छाडेका थिए । अनलाइनखबरको एक पत्रकारको नाममा खामबन्दी १५ हजार रुपैयाँ कार्यालय छोडेका थिए ।यस विषयमा महामन्त्री कोइरालाका स्वकीय सचिव तिवारीसँग पत्रकारलाई किन पैसा बाँड्नु भएको...
बर्दियाका कोरोना अतिप्रभावित र विपन्न ८ सय ८८ परिवारलाई युनेस्कोद्धारा सहयोग

बर्दियाका कोरोना अतिप्रभावित र विपन्न ८ सय ८८ परिवारलाई युनेस्कोद्धारा सहयोग

आर्थिक, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – कोभिड १९ महामारीले गर्दा बर्दिया जिल्लाको दुईवटा नगरपालिकाका अतिप्रभावित र अतिविपन्न ८ सय ८८ घर परिवारलाई बाँके युनेस्को क्लबले विभिन्न सहयोग प्रदान गरेको छ ।बेलायत सरकार सहायता नियोग डीएफआइडीको आर्थिक सहयोग र मर्सि कोर तथा प्लान इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकाकामा सञ्चालन गरिएको रिजिलियन्स प्लस कार्यक्रमबाट ८ सय ८८ घरपरिवारलाई सहयोग गरिएको हो । कोभिड १९ का कारण अत्याधिक प्रभावित भै समस्यामा परेका अतिविपन्न परिवारलाई आधारभूत खाद्य र अन्य आवश्यकताका लागि प्रति परिवार १३ हजार पाँचसय बराबरको सहयोग गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले सो कार्यक्रम राजापुर नगरपालिकाको वडा नम्बर ४ र १० तथा बारबर्दिया नगरपालिकाको वडा नम्बर १ र १० मा सञ्चालन गरेर वडा कार्याल...
डुडुवा कार्यालय भवनको निमार्ण कार्य तिब्र

डुडुवा कार्यालय भवनको निमार्ण कार्य तिब्र

आर्थिक, प्रदेश ५, राजनीति, समाचार
डुडुवा, ४ कार्तिक – बाँके डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निमार्णको कार्य तिब्र रुपमा अघि बढेको छ । भवन निमार्णको ठेक्का सम्झौता भएको तीन महिनाको अवधीमा २५ प्रतिशत निमार्ण कार्य पुरा भएको छ । कोरोना संक्रमणको महामारी र नदीजन्य पदार्थको ढुवानी बन्द भएर निमार्ण सामाग्री अभावका बेला पनि निमार्ण कार्य तिब्र रुपमा अघि बढेको हो ।भवन निमार्णको कार्यप्रगतिका बारेमा आज मंगलबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ । अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष चौधरीले भवनको निमार्णको गुणस्तरियता, बाउण्डूी, शौचालय, बहुउद्देशिय सभा हलको डिजाइन, भवनको कोठा लगायतका बारेमा प्राविधिक टोलीसंग जानकारी लिई थप सरसल्लाह दिनुभयो ।उहाँले बाँके जिल्ला मै पहिले पटक डुडुवाले भवन निमार्ण गर्न लागेकाले समयमा निमार्ण कार्य सम्पन्न पुरा गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्न...
प्रधानमन्त्री र सबै मन्त्रीले कोरोना कोषमा दिए दशैं खर्च

प्रधानमन्त्री र सबै मन्त्रीले कोरोना कोषमा दिए दशैं खर्च

आर्थिक, राजनीति, समाचार
काठमाण्डौ, ३ कार्तिक – प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए । उनले स्थानीय तहका जनप्रतिनिधिलाई पनि यस्तै गर्न आग्रह गरिएको पनि बताए ।यसअघि नेपाल कम्युनिष्ट पार्टीका सांसदले पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेका थिए ।...
वाटरपार्कका जग्गाधनीलाई स्थायी पुर्जा वितरण

वाटरपार्कका जग्गाधनीलाई स्थायी पुर्जा वितरण

आर्थिक, प्रदेश ५, समाचार
नेपालगन्ज, २ कात्तिक – नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजना अन्तर्गतका जग्गाधनीहरुलाई स्थायी लालपुर्जा वितरण सुरु गरिएको छ । एक दशकपछि स्थायी प्रमाणपत्र प्राप्त गरेपछि जग्गाधनीहरु उत्साहित भएका छन् । नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले आइतबार उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीहरुलाई स्थायी लालपुर्जा हस्तान्तरण गर्नुभयो ।जग्गाधनीलाई स्थायी लालपुर्जा हस्तान्तरण गर्दै नगर प्रमुख राणाले लामो समयको प्रयासपछि वाटरपार्क परियोजनाको सम्पूर्ण कानूनी प्रक्रिया पुरा भई सम्पन्न हुने चरणमा पुगेको जानकारी दिनुभयो । स्थायी पुर्जा वितरण सकिएलगत्तै सडक, खानेपानी, विद्युत लगायतका कामका लागि ८० करोड बढिको टेण्डर प्रक्रियामा रहेको जानकारी दिनुभयो ।वाटरपार्क परियोजना अन्तर्गत घर निर्माणका लागि एकरुपता...
नेडाकको उपाध्यक्षमा के.बी.उप्रेती

नेडाकको उपाध्यक्षमा के.बी.उप्रेती

आर्थिक, श्रम/रोजगार, समाचार
बागलुङ, १ कात्तिक – राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि सञ्जाल (नेडाक) को उपाध्यक्षमा पुन निर्वाचित हुनु भएको छ । नेडाकको शनिबार भएको साधारणसभाबाट उप्रेती दोस्रो कार्यकालका लागि उपाध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।राष्ट्रिय सहकारी बैंकका तर्फबाट उप्रेतीले नेडाकमा प्रतिनिधित्व गर्दै आउनु भएको हो । सन् १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा सञ्चालित नेडाकले विशष्ेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ । एशियाका १६ संस्थाको सञ्जालबाट शुरु भएको नेडाकमा हाल २४ सदस्य संस्थाहरु आवद्ध रहेका छन् । नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् ।...
५९ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकिल वितरण

५९ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकिल वितरण

आर्थिक, प्रदेश ५, राजनीति, समाचार, समाज
डुडुवा, १ कार्तिक – स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन डुडुवा गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सक्रिय बनाउन थालेको छ । समुदायस्तरमा खटिने महिला स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य सेवा थप गुणस्तरण र प्रभावकारी बनाउन जिम्मेवार बनाउन थालेको हो । समुदायमा आवतजावतका लागि गाउँपालिका स्वास्थ्य शाखाले साइकिल वितरण गरेको छ । आज शनिबार एक कार्यक्रममार्फत डुडुवा गाउँपालिका वडा नंं १ देखि ६ सम्मका ५९ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई साइकिल वितरण गरिएको छ । साइकिल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले निस्वार्थ भावनाले २४ सै घण्टा खटिने महिला स्वास्थ्य स्वयम्सेविकाको सेवा सुविधामा समेत बृद्धि गर्ने योजना रहेकोे भन्दै उहाँले समुदायमा स्वास्थ्य सचेतना तथा महिला स्वास्थ्यका विभिन्न समस्यालाई समाधान गर्न उनीहरुको भुमिकालाई प्रभावकारी बनाउन सेवासुविधा बृद्धि गर...
बागलुङका ८५ वटै वडामा पुग्ने आदर्श सञ्चारको योजना

बागलुङका ८५ वटै वडामा पुग्ने आदर्श सञ्चारको योजना

आर्थिक, श्रम/रोजगार, समाचार
बागलुङ, ३० असोज – आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले जिल्लाका सबै पालिका र ८५ वटै वडामा आफ्नो सेवा विस्तार गर्ने भएको छ ।संस्थाले बिहीवार आयोजना गरेको जनप्रतिनिधिहरुसँग आदर्श विषयक अन्तरक्रिया कार्यक्रममा संस्थाको योजना बारेमा जानकारी गराइएको हो । संस्थाको १० वर्षे रणनीतिक योजना अनुसार आगामी २०८० सालको असारसम्म बागलुङका ८५ वटै वडामा संस्थाले सञ्चालन गर्दैका आएका सबै सेवा विस्तार गरिने संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले जानकारी दिनुभयो ।साविक धौलागिरी अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारीले सूचना तथा सञ्चार अन्तरगत धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइन सञ्चालन गर्नुका साथै धौलागिरी टेलिभिजनसंग सहकार्य गर्दै आएको छ । संस्थाले वित्तीय कारोबारतर्फ वचत तथा ऋण, सामाजिक अभियान तर्फ दुव्र्यवसन विरुद्ध आमाहरु, सहकारी सचेतना, वि...
सहकारी बैंकद्वारा सल्लाहकार चयन

सहकारी बैंकद्वारा सल्लाहकार चयन

आर्थिक, प्रदेश ५, समाचार
बागलुङ, २९ असोज – राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिले ८ जनालाई सल्लाहकार मनोनयन गरेको छ ।सञ्चालक समितिको बिहीवार बसेको वैठकले सल्लाहकारहरुमा केशव प्रसाद बडाल, दिपक प्रकाश बास्कोटा, धर्मदत्त देवकोटा, प्रा.डा. विश्वम्भर प्याकुरेल, भागवत श्रेष्ठ, पशुपति चौलागाई, राधा घले र मीनराज कंडेललाई चयन गरेको छ । बैंकमा विगतमा ९ जनाको सञ्चालक समिति रहदा ७ सदस्यीय सल्लाहकारको व्यवस्था रहेको थियो । १५ औं वार्षिक साधारणसभाबाट १५ सदस्यीय सञ्चालक समितिको व्यवस्था भएपछि बढीमा ९ सदस्यीय सल्लाहकारको व्यवस्था गरिएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।बैंकमा हाल १२ हजार भन्दा बढी शेयर सदस्य, २ अर्ब ३९ करोड शेयर पूँजि, ५१ अर्ब ७४ करोड निक्षेप, र २४ अर्ब ३९ करोड कर्जा लगानी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।बैंकले हाल ४४ शाखामार्फत देशभरका सहक...
आडराद्वारा ६ सय थान भिटिएम र २ सय थान थर्मोमिटर सहयोग

आडराद्वारा ६ सय थान भिटिएम र २ सय थान थर्मोमिटर सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ असोज – आडरा नेपालद्वारा ६०० थान भिटिएम र २०० थान डिजिटल थर्मोमिटर कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेलाई हस्तान्तरण गरेको छ ।जिल्लमा भिटिएम किड्स र डिजिटल थर्मोमिटरको अभाव भइरहेको बेला आडरा नेपाल संस्थाले सो सामाग्रीहरु हस्तान्तरण गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । फोकल पर्सन श्रेष्ठका अनुसार उक्त सामाग्रीहरुमा भिटिएम निशुल्क रुपमा पिसिआर जाँचको लागि प्रयोग गरिने र डिजिटल थर्मोमिटर आइसोलेसनमा रहेका बिरामीहरुमा ज्वरो नाप्नको लागि आइसोलेसन अस्पताल र केन्द्रमा प्रयोग गरिने जानकारी गराउनुभयो ।भिटिएम किड्स र डिजिटल थर्मोमिटर बुझ्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमबांङ्गले सहयोग गरेकोमा आडरा नेपाल परिवारलाई धन्यबाद दिनुभयो । समाजमा समस्या परेको बेला सहयोग गर्ने मनहरुलाई नमन गर्नुपर्छ भन्दै आउँदो दि...