२० रुपियाँमा खाना खुवाउने मित्र मण्डललाई उपमहानगरपालिकाको सहयोग
नेपालगन्ज, २८ कार्तिक – भेरी अस्पताल नेपालगन्जमा २० रुपियाँमा पेटभरी खाना खुवाउँदै आएको श्री सुन्दर काण्ड मित्र मण्डललाई नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा मित्र मण्डलले खाना खुवाउँदै आएको छ ।
मित्र मण्डलका संरक्षक समाजसेवी विजय गुप्तालाई नगर प्रमुख डा. धवलशम्शेर राणाले सहयोगको चेक हस्तान्तरण गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिकाले २० रुपियाँमा खाना खुवाउने कार्यलाई निरन्तरता दिन मासिक ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरे अनुसार शुक्रबार पहिलो पटक सहयोग हस्तान्तरण गरिएको हो ।विपन्न ब्यक्ति तथा अस्पतालमा उपचाररत विरामी र कुरुवालाई लक्षित गरी २० रुपियाँमा खाना खुवाउन थालिएको मित्र मण्डलले जनाएको छ ।अस्पताल परिसरमा शनिबार बाहेक हरेक दिन बिहान १० देखि १ बजेसम्म खाना खुवाउने कार्य चलिरहेको छ । अन्य खर्च मित्र मण्ड...









