Friday, November 22सत्यम खबर
Shadow

९३ औं खगेन्द्र जयन्ती सम्पन्न

नेपालगन्ज, ५ माघ – नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्रबहादुर बस्नेतको ९३ औं जन्म जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र बाँके शाखाको आयोजनामा सोकार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष स्वर्गिय खगेन्द्रबहादुर बस्नेतको व्यक्तित्व बारे चर्चा गरिएको थियो । वहाँको सम्झनामा एक मिनेट मौन धारण गर्नुका साथै बस्नतेको तस्विरमा माल्यार्पण, अविर अर्पण गरिएको थियो ।


कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाले आफु असक्त भएर पनि बस्नेतले २०२६ सालमा अपाङ्गता हकहितका लागि नेपाल कै पहिलो संस्था स्थापना गरेको बताउनुभयो । वहाँको योगदानको कदर गर्दै पछि गएर वहाँ कै नाममा संस्थाको नामाकरण गरिएको बताउनु भयो ।


कार्यक्रममा चार जना अपाङ्गता भएको व्यक्तिहरुलाई १, १ थान ब्ल्याँकेट प्रदान गरिएको थियो । नेपालगन्ज वडा नं. २० का बौद्धिक अपाङ्ग लक्ष्मी शाही, नेपालगन्ज–११ का दृष्टिबिहिन शिब ठठेर, नेपालगन्ज–२० की शारिरीक अपाङ्गता भएकी व्यक्ति मनकुमारी नेपाली, नेपालगन्ज–१८ का शारिरिक अपाङ्गता भएका व्यक्ति महेश काँदुलाई नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय उपाध्यक्ष प्रसादतिमिल्सिना, केन्द्रीय सदस्या भावुकजंग थापा, प्रभाकर भट्राई, सुष्मा बि.क.ले ब्ल्याँकेट प्रदान गरेका थिए ।
शाखाका सचिव नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता बाँके शाखाका सभापती भोला सिंह हमालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *