Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

खजुरामा मंसिर मसान्तसम्म ५६ लाख बढी राजश्व संकलन

खजुरामा मंसिर मसान्तसम्म ५६ लाख बढी राजश्व संकलन

आर्थिक, प्रदेश ५, राजनीति, समाचार
खजुरा, २८ पौष – खजुरा गाउँपालिकाको ८ औं गाउँसभाले खजुरालाई प्लाष्टिकमुक्त गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको सभाध्यक्षमा भएको गाउँसभामा सदस्य निसार अलि दर्जीले खजुरालाई प्लाष्टिकमुक्त पालिका बनाउन गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेको चालू आर्थिक वर्षमा राजश्व संकलनका लागि नयाँ स्रोत पहिचान र विवरण अध्यावधिक गर्ने कार्यसूची पनि सभाले पारित गरेको छ । गाउँसभामा खजुरा गाउँपालिका प्रमुख कक्षपतिले आर्थिक वर्ष २०७७÷०७८ को हालसम्मको खर्च र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मंसिर मसान्तसम्म गाउँपालिका तर्फको चालू खर्च ३१ प्रतिशत र पूँजीगत ११ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिए ।त्यस्तै संघीय सरकारबाट हस्तान्तरित चालू कार्यक्रमको खर्च ३१ प्रतिशत र पूँजीगत खर्च शून्य रहेको, प्रदेश सकरकाबाट हस्तान्त...
राजापुर र बढैयातालमा शैक्षिक सामाग्री वितरण

राजापुर र बढैयातालमा शैक्षिक सामाग्री वितरण

आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २४ पौष – बर्दियाको राजापुर, गुलरिया र बढैयातालका विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई बाँके युनेस्को क्लबले १२ लाख रुपियाँ भन्दा बढीको शैक्षिक सामाग्री, ट्रयाक सुट र विद्यालय पोशाक वितरण गरेको छ ।प्लान इन्टर नेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालित बाल विवाह, चाँडो हुने विवाह र जबरजस्ती विवाह परियोजना अन्तर्गत सो शैक्षिक सामाग्री वितरण गरिएको हो । राजापुर, बढैयाताल, गुलरिया र बाँसगढीमा २०१ जना विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको तथा राजापुर, बढैयाताल र गुलरियाका ६७ जनालाई चिसोमा न्यानोका लागि ट्रयाक सुट वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।राजापुरमा विहिबार आयोजना गरिएको एक समारोहमा भेरी मावि राजापुर, नेरामावि नयाँ गाउँ राजापुर र पदम कुमारी मावि राजापुरका ४० जना बालबालिकालाई सो शै...
‘घुस लिनु आमालाई बलात्कार गर्नु सरह’– प्रजिअ कुरुम्वाङ

‘घुस लिनु आमालाई बलात्कार गर्नु सरह’– प्रजिअ कुरुम्वाङ

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ पौष – मालपोत कार्यालयमा व्यापक भ्रष्टाचार भएको जनगुनासो आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले छड्के अनुगमन गरेका छन् ।सेवा प्रबाह प्रभावकारी नभएको जनगुनासोलाई मध्ये नजर गर्दै बुधबार दिउ“सो अनुगमनमा निस्केका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आजैदेखि मालपोत परिसरमा बिचौलिया प्रबेशमा रोक लगाएका छन् । बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानासहित छड्के अनुगमन गरेका उनले कार्यालय अस्तव्यस्त रहनुका साथै अधिकांश कर्मचारी पोशाक, परिचय पत्र बिना कार्यालयमा उपस्थित भएको, कार्यालय भित्र बिचौलियाहरुको बिगबिगि रहेको, बिचौलियहरु नै कार्यालय भित्र छिरेर कर्मचारी सरह काम गरिरहेको पाईएको बताएका छन् । सबै शाखाहरुमा छड्के अनुगमन गरिसकेपछि कार्यालय प्रमुख कार्यकक्षमा सबै कर्मचारीहरुलाई गुनासो आउन नदिन जिम्मेवारीपूर्ण कार्य गर्न उनले कडा निर्देशन दिएका छन् ।प्रमुख जिल्...
ग्लोबल सहकारीको आठौं वार्षिक साधारण सभा सम्पन्न

ग्लोबल सहकारीको आठौं वार्षिक साधारण सभा सम्पन्न

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज २१ पौष – ग्लोबल बचत तथा ऋण सहकारी संस्था लि. नेपालगन्जको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलवार उक्त सहकारी संस्थाको कार्यालयमा सो सभा सम्पन्न भएको हो ।जिल्ला सहकारी संघका प्रवन्ध सञ्चालक नवराज उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न उक्त आठौं वार्षिक साधारण सभामा वक्ताहरुले नेपाल जस्तो गरीब तथा विकासोन्मुख मुलुकमा सहकारीको महत्व र आवश्यकताको बारेमा आ–आफ्नो विचार व्यक्त गरेका थिए । सभाको सभापति तथा सो सहकारी संस्थाका अध्यक्ष युवा व्यवसायी विशाल श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विश्वव्यापी रुपमा फैलिएको कोविड–१९ का कारण नेपाल लगायत विश्व तरंगित भएको अवस्थामा सहकारी संस्थाहरुलाई पनि प्रत्यक्ष असर पुग्न गएको प्रति आफुहरु गम्भीर भई बचतकर्ताको रकममा कुनै पनि समस्या उत्पन्न हुन नदिएको बताउनु भयो ।गत आ.व. २०७६÷०७७ मा सहकारी संस्थाले रु. ३ लाख ४८ हजार सतासी...
“युवालाई विदेश पठाएर विकास हुँदैन, निर्यात पठाएर आर्थिक समृद्धि बढ्छ”– भन्सार अधिकृत भण्डारी

“युवालाई विदेश पठाएर विकास हुँदैन, निर्यात पठाएर आर्थिक समृद्धि बढ्छ”– भन्सार अधिकृत भण्डारी

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २१ पौष – नेपालका युवा जमातलाई विदेशमा रोजगारी खोज्न पठाएर मुलुकको विकास हुन सक्दैन, देश भित्रका उत्पादन विदेश पठाएर आर्थिक आर्जन गर्न सके मात्र देश आर्थिक समृद्धितर्फ बढ्ने नेपालगन्ज भन्सार कार्यालयका अधिकृत जयबहादुर भण्डारीले बताएका छन् । नेपाल जडिबुटी व्यवसायी संघले मंगलबार आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा अधिकृत भण्डारीले उक्त भनाई राख्दै भने– “नेपाल प्राकृतिक रुपले सुन्दर छ, जल, जंगल र जमीन मुलुकको अमूल्य धरोहर हो, मल्ल काल र लिच्छवीकालमा नेपाल आर्थिक रुपले धेरै सम्पन्न थियो । तर अहिले हामी गरीब छौं, यो दुःखद हो, कोभिड–१९ काल व्यापारमा धेरै घाटा भएको छ, हाल आयात धेरै र निर्यात थोरै भएकोले मुलुक आर्थिक रुपले सम्पन्न हुन सक्दैन ।” बताउनुभयो ।प्रमुख भण्डारीले “यसको लागि व्यापारीहरुले निर्यात बढाउन सक्नुपर्छ । यसको लागि देशका नीति निर्माताले निर्यात कसरी बढाउन सकिन्...
सहकारीले सदस्यको व्यावसायिकतामा ध्यान दिनुपर्छ : प्रमुख जिसी

सहकारीले सदस्यको व्यावसायिकतामा ध्यान दिनुपर्छ : प्रमुख जिसी

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
पोखरा, २१ पौष – राष्ट्रिय सहकारी बैंक लिमिटेडको ६० औं शाखा कास्कीको तालचोकमा सोमबारदेखि सञ्चालनमा आएको छ ।पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी.ले शाखाको उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै जिसीले सहकारीहरुले सदस्यहरुलाई व्यावसायिकतामा केन्द्रीत गराउने गरी योजना निर्माण गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो । सहकारीमा आवद्ध सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारीहरु प्रतिवद्ध भएर लाग्ने हो भने समग्र देशको उन्नती धेरै टाढा नभएको उहाँको भनाइ थियो । सहकारीमा आवद्ध सदस्यहरुको जीवन स्तरमा कस्तो परिवर्तन आयो भन्ने विषयमा सहकारी केन्द्रीत हुनुपर्छ, नगर प्रमुख जिसीले भन्नुभयो– दशकौसम्म सहकारीको सदस्य हुने तर जीवनस्तर जस्ताको तस्तै हुने अवस्थाको अन्त्य गर्नु पर्छ । विकासका लागि प्रविधिको प्रयोग अति आवश्यक रहेको भन्दै जिसीले सहकारी बैंकले आफ्ना सदस्यहरुमार्फत सहकारीकर...
युनेस्कोद्धारा १ सय ६६ बालबालिकालाई आर्थिक सहयोग

युनेस्कोद्धारा १ सय ६६ बालबालिकालाई आर्थिक सहयोग

आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १८ पौष – बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका ११६ जना अनाथसहित १ सय ६६ जना विपन्न र गरिब बालबालिकालाई आर्थिक सहयोग वितरण गरेको छ ।कतार च्यारेटी नेपालको सहयोगमा जिल्लाका १ सय ६६ जना अनाथ तथा विपन्न बालबालिका र शिक्षकलाई समेत गरेर करिब ४७ लाख रुपियाँ सहयोग वितरण गरिएको क्लबले जनाएको छ । अनाथ र विपन्न एवं गरिब बालबालिकाको छनोट गरेर उनीहरुलाई छात्रबृति वापत सो रकम वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले १३ वर्षभन्दा कम उमेरका १ सय १६ जना अनाथ बालबालिका, ६ जना विपन्न शिक्षक, १५ जना अपांगता भएका बालबालिका र २४ जना आर्थिक रुपमा अतिनै विपन्न बालबालिकालाई सो आर्थिक सहयोग गरिएको बताउनुभयो । सो आर्थिक सहयोग वितरण गर्न आयोजना गरिएको एक औपचारिक कार्यक्रममा क्लबका संरक्षक सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरी र कतार च्य...
किसानको बक्यौता रकम नतिरेको आरोपमा मनोज अग्रवाल पक्राउ

किसानको बक्यौता रकम नतिरेको आरोपमा मनोज अग्रवाल पक्राउ

आर्थिक, प्रदेश २, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ पौष – लुम्बिनी चिनी उद्योग प्रा.लिका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको स्रोतले बतायो । किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो । उक्त निर्देशनपश्चात मनोज फरार थिए । उक्त चिनी मिल सुशिला गोयलको नाममा छ । तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोजको भागमा चिनी मिल परेको थियो । ‘तर मिल पूर्ण रूपमा उसको (मनोज) नाममा आइसकेको छैन’, स्रोतले भन्यो ।यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो । उखु किसानलाई उक्त चिनी मिलले १६र १७ करोड तिर्न बाँकी छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।१ वर्षअघिको सम्झौता कार्यान्वय नभएको भन्दै गत मंसिर २८ गते...
वडा नं. २ कार्यालय भवनको शिलान्यास

वडा नं. २ कार्यालय भवनको शिलान्यास

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ पौष – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को दैलेखी बंगलामा वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ ।नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, वडा अध्यक्ष सुनिलसिंह हमाल लगायतले बुधबार भूमीपुजनसहित शिलान्यास गर्नुभयो । सो अवसरमा नगर प्रमुख राणाले ६ महिनाभित्रै भवन निर्माण सक्ने गरि काम गर्न उपभोक्ता समितिलाई आग्रह गर्नुभयो । उहाँले उप–महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।वडा अध्यक्ष हमालका अनुसार भवन निर्माणका लागि वडाले ५० लाख रुपिया बजेट विनियोजन गरेको छ । वडाको छुट्टै प्रशासनिक भवन निर्माण गर्न लागिएको हो । वडा कार्यालयसँगै बर्थिङ सेन्टर सहितको स्वास्थ्य भवन निर्माणको अन्तिमचरणमा रहेको छ । भवनका ला िसंघीय सरकार लगायतबाट सहयोग प्राप्त हुने वडा कार्यालयले बिश्वास ब्यक्त गरेको छ ।...
सिक्टा सिँचाइ, निर्माणमा उल्झन

सिक्टा सिँचाइ, निर्माणमा उल्झन

आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १५ पौष – मुलुकको विकासमा छिमेकी भारतले प्रत्यक्ष अप्रत्यक्ष रूपमा अवरोध गर्ने विषय नौलो रहेन । सडक, सिँचाइ, जलस्रोतलगायत भौतिक पूर्वाधारका आयोजना निर्माण गर्दा भारतको चासो र दबाब मुलुकले झेल्दै आएको विषय हो । यस्तै अवरोध झेलेका आयोजनामध्ये एक हो सिक्टा सिँचाइ ।२०३२ सालबाट यो आयोजनाको काम सञ्चालन गर्ने प्रयास भए पनि भारतीय अवरोधका कारण २०६१र६२ बाट मात्र यसको भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको थियो । त्यो समयमा बाँकेको राप्ती सोनारी गाउँपालिका–२ र ३ लाई जोड्ने अगैयास्थित राप्ती नदीमा हेडवक्र्स निर्माण गरी आयोजनाको काम अगाडि बढाइयो । बाँकेको ४२ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएर निर्माण सुरु भएको सिक्टा राष्ट्रिय गौरवको आयोजना हो । तर यसको काममा सुरुदेखि नै अनेकन अल्झन देखिएका छन् । फोटो: नागरिक दैनिक बाँकेको कृषि क्षेत्रलाई कायापलट गर्ने अपेक्षा गरिएको सिक...