Friday, November 22सत्यम खबर
Shadow

युवा ब्यबसायी ढकालले गरे मन्दिरलाई सहयोग

खजुरा, ४ फागुन – नेपालगन्जका युवा ब्यबसायी बिमल ढकालले खजुरा ३ धौलागिरीमा निर्माणाधीन सरस्वती मन्दिरलाई आर्थिक सहयोग गरेका छन् । स्वर्गीय बुवा वालकृष्ण ढकालको संझनामा उनले ५५ हजार ७ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् ।


श्रीपञ्चमीको अवसर पारेर नेपाल राष्ट्रिय आधारभूत बिद्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रगतिशिल आमा समूहका अध्यक्ष कृष्णमाया गुरुङ, पूर्णबहादुर पुन, रामबहादुर थापा, छबबहादुर भण्डारीलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।
आफूले अध्ययन गरेको बिद्यालयको हाता भित्र निर्माण भईरहेको सरस्वती मन्दिरलाई सहयोग गर्न पाउँदा हर्षित भएको बताए । समाजसेवी एवं युवा ब्यवसायी ढकालले स्थानीय क्लब लगायत बिभिन्न ब्यक्ति र संघ संस्थालाई सहयोग गर्दै आएका छन् ।


यसैगरी, खजुरा ३ धौलागिरीका युवा व्यवसायी राजेश बरालले शैक्षिक सामाग्री सहयोग गरेका छन् । आफू अध्ययन गरेको विद्यालयमा सुर्खेतमा बसेर व्यवसायी गर्दै आएका बराल ६० हजार बराबरको शैक्षिक सामाग्री विद्यार्थीलाई वितरण गरेको बताए ।
उनले आगामी शैक्षिक सत्रदेखि पदमा दामोदर स्मृति छात्रवृत्ति पनि घोषणा गरेका छन् । तीन वर्षमा कम्तीमा ३० जना विद्यार्थी सहभागी हुन पाउने गरी १ लाख बराबरको छात्रवृत्ति घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *