Monday, April 13सत्यम खबर
Shadow

अनलाईन बिजनेश फेस्टिबल सम्पन्न

नेपालगन्ज, १ फागुन – नेपालगन्जमा बिहिबारदेखि सञ्चालित अनलाईन बिजिनेस फेस्टिबल सम्पन्न भएको छ ।

मिठो छ फुड प्रालिको आयोजनामा सञ्चालित फेस्टिबल शनिबार सम्पन्न भएको हो । तीन दिनसम्म सञ्चालन भएको फेस्टिबलमा करिब ५ हजारले अवलोकन गरेको आयोजक संस्थाका प्रमुख सौभाग्यजंग शाहले जानकारी दिनुभयो । फेस्टिबलको अीनतम दिनपनि दर्शकहरुले सांगितिक प्रस्तुतीहरुको आनन्द लिदैं फेस्टिबलमा रहेका स्टलहरुको अवलोकन गरेका थिए ।

दर्शकहरुले स्टलहरुमा चासो राख्दै अनलाईन बिजिनेश सम्बन्धी जानकारीहरु लिएका थिए । फेस्टिबलमा आएका बिद्यार्थीहरुले शैक्षिक सामाग्री राखिएका स्टलहरुमा गएर बिभिन्न बिषयमा जानकारी समेत लिएको आयोजकले जनाएको छ ।

फेस्टिबल हेर्न पुगेका नेपालगन्ज १८ का रामप्रकाश महतोले आफुले शैक्षिक स्टलबाट सहज रुपमा बिभिन्न उपलब्धीमूलक जानकारी प्राप्त गरेको बताउनुभयो ।

त्यस्तै फेस्टिबलमा राखिएका बिभिन्न परिकार खान पाईने स्टलहरुमा पुगी दर्शकहरुले त्यसको स्वाद पनि लिएका छन । यसैबीच फेस्टिबलमा सहभागी प्रयास फाउण्डेशनलाई शनिबारपनि सहयोग प्राप्त भएको छ ।

आर्थिक रुपले बिपन्न ३० जना बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिरहेको प्रयास फाउण्डेशनलाई लायन्सले ३० वटा स्कुल ब्याग सहयोग गरेको थियो ।

फेस्टिबलमा आएका दर्शक तथा स्टल राखेका संघसंस्थाहरुले यस्तो किसिमको फेस्टिबलले निरन्तरता पाउनु आवश्यक रहेको बताएका छन । उनीहरुले अनलाईन बिजनेश फेस्टिबल आयोजनाले स्थानीय बजारमा उत्पादित बस्तुको अन्तरराष्ट्रियकरण हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *