Sunday, May 31सत्यम खबर
Shadow

१८ लाख ५० हजार वरावरको खोज तथा उद्दार सामाग्री हस्तान्तरण

नेपालगन्ज, ९ चैत्र – जिल्ला विपद व्यवस्थापन समिति बाँकेले आज सोमवार सुरक्षा निकाय तथा दमकल सेवालाई खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ ।

विपद् उद्दारका वेला मानविय तथा भौतिक क्षति न्युनिकरण तथा सुरक्षा निकायमा हुने खोज तथा उद्दार सामाग्रीको कमि पुरा गर्न सामाग्री वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले वताउनुभयो ।

विपद्को वेला अग्ररुपमा खटिने सुरक्षा निकाय खोज तथा उद्दार सामाग्रीको अभावले विपद् प्रतिकार्य प्रभावित हुने गरेकोले जिल्ला विपद् व्यवस्थापन समितिले करिव १८ लाख ५० हजार वरावरको सामग्री हस्तान्तरण गरेको हो । सुरक्षा निकायमा रहेका सामाग्री र विपद्का वेला आवश्यक पर्ने थप सामाग्री परिचान गरि अभाव भएका खाडलका आधारमा सामाग्री खरिद गरि वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी कुरुम्वाडले शसस्त्र प्रहरी वल ३० न गणलाई ३७ प्रकारको, भैरव प्रसाद गणलाई ३२ प्रकारको र जिल्ला प्रहरी कार्यालय बाँकेलाई ३० प्रकारका खोज तथा उद्दार सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर उपमहानगरपालिको दमकल सेवालाई १/१ थान एलमुलियम फायर सुट उपलव्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *