Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

गाैरव स्मृतिद्वारा क्यान्सर पीडित चिडिमारलाई आर्थिक सहयाेग

गाैरव स्मृतिद्वारा क्यान्सर पीडित चिडिमारलाई आर्थिक सहयाेग

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र - गाैरव स्मृति तथा वियाेर सेल्फ फाउण्डेशन बाँकेका उपाध्यक्ष मधु शाहकाे नेतृत्वमा आज क्यान्सर पीडितलाई आर्थिक सहयाेग गरिएकाे छ । नेपालगन्ज-१० बेलासपुर बस्ने क्यान्सर पीडित मनिशा चिडिमार बारे गाैरव स्मृति फाउण्डेशनले जानकारी पाए लगत्तै उपाध्यक्ष शाहकाे अगुवाईमा क्यान्सर पीडितकाे घर मै पुगेर पाँच हजार एक सयकाे चेक हस्तान्तरण गरिएकाे फाउण्डेशन सदस्य शेखर जाेशीले जानकारी गराउनु भयाे । चेक हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका सुदिप सिंह चाैधरी, दिनिता बाही, बिजय काेरी, शिवम शाह, मुन्सी सल्मानी, राेजी श्रेष्ठ, रमेश शाही, साेहन श्रेष्ठ, अमित काैशल, उत्तम वैश्यलगायतकाे सहभागिता रहेकाे थियाे । गाैरव स्मृति तथा वियाेर सेल्फ फाउण्डेशन बाँकेले विगतदेखि नै सामाजिक गतिविधिहरूलाई निरन्तरता दिँदै आईरहेकाे छ ।...
निर्वाचनको सुरक्षाका लागि प्रहरीले माग्यो १६ अर्ब

निर्वाचनको सुरक्षाका लागि प्रहरीले माग्यो १६ अर्ब

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ भाद्र – मंसिर ४ गते हुने आम निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपैयाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ। यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले निर्वाचन सुरक्षार्थ खटिने प्रहरीको तलब भत्ता, खाना तथा खाजा खर्च र आवश्यक सवारीसाधन खरिद तथा भाडाका लागि आवश्यक बजेट माग गरिएको जानकारी दिए। बजेट माग गरिएको मध्ये सबैभन्दा धेरै रकम म्यादी प्रहरीका लागि खर्च हुने जनाइएको छ। निर्वाचन सुरक्षाका लागि ४० दिन भर्ना हुने म्यादी प्रहरीका लागि तलब र आवश्यक सामग्री खरिदका लागि सात अर्ब ९१ करोड रुपियाँ आवश्यक पर्ने भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीबाट खटिन...
सुक्खाग्रस्त नरैनापुरमा वैकल्पिक बाली लगाउन सुझाव

सुक्खाग्रस्त नरैनापुरमा वैकल्पिक बाली लगाउन सुझाव

आर्थिक, आस्था, प्रदेश ५, मौसम, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ९ भाद्र – बाँकेको नरैनापुर गाउँपालिकामा खडेरीका कारण रोपाइँ नभएपछि कृषि विज्ञले वैकल्पिक बाली लगाउन सुझाव दिएका छन् । विज्ञसहितको सल्लाहमा किसानका लागि मुख्य गरी कोशेबाली लगाउन भनिएको गाउँपालिकाले जनाएको छ । नरैनापुरलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । त्यहाँ १५ प्रतिशत मात्रै धान खेती भएको छ । रोपिएको धान पनि पानी नपर्दा सुकेको छ । अब गहुँखेती गर्नुअगाडि कोशेबाली सम्भव भएकाले त्यस्ता बाली लगाउन सुझाव दिइएको गाउँपालिकाको कृषि शाखाका प्रमुख सदन भण्डारीले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालका अनुसार सुक्खा क्षेत्रमा पानी कम भए पनि खेती हुने, छोटो अवधिको मासखेती गर्न किसानलाई सुझाव दिइएको छ । यसबाहेक कोशेबाली खेतीको रुपमा तेलहन बाली अर्थात तोरी खेती पनि गर्न सकिन्छ । किसानले नगदे बालीको रुपमा बन्दागोभी पनि लगाउन सक्ने विज्ञले बताएका छन् ।...
जनकपुरधाममा भारतीय रेल फेरि आउने भयो

जनकपुरधाममा भारतीय रेल फेरि आउने भयो

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ भाद्र – ‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल ६६ दिनपछि पुनः जनकपुरधाम आउन लागेको छ। असार ९ गते उक्त रेल चार सय ९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो। सो रेलमा १४ डिब्बा थिए। त्यति बेला भारतको राजधानी नयाँ दिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा सबै धार्मिक पर्यटक थिए। प्याकेजमा आएका पर्यटकको होटल, लज, धर्मशालालगायत आवास र भोजनको व्यवस्थापन उनीहरुले नै मिलाएका थिए। रेलको दुई डिब्बामा योगसम्बन्धी तस्बिर कोरिएका थिए। रेलका बोगीका बाहिरी भागमा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूप झल्किने गरी चित्र सामग्री पनि राखिएको थियो। सोही रेल त्यसरी नै यही भदौ ११ गते साँझ ६:३० बजेको समयमा जनकपुरधाममा फेरि आउन लागेको नेप...
भारत पुगेकाे ११ किलाे चरेससहित ३ जना नेपाली पक्राउ

भारत पुगेकाे ११ किलाे चरेससहित ३ जना नेपाली पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु , ९ भाद्र – जिल्ला कृष्णनगर हुँदै भारत जानेक्रममा लगभग एघार किलाे चरेससहित ३ जना नेपालीलाई एसएसबीले पक्राउ गरेकाे छ। राति १०:४५ काे समयमा नेपाल सिमा पार गरि भारत पुगेका ३ जना नेपाली नागरिकसहित कुल १० किलाे ८६० ग्राम चरेस पक्राउ परेकाे भारतीय एसएसबीले जनाएको छ । गस्तीदल सहायक कमांडेट पंकज साहाकाे नेतृत्वमा नेपाल-भारत सिमाकाे पिल्लर ५६७ हुँदै भारत प्रवेशकाे क्रममा गुल्मीका ४२ बर्षीय वीर बहादुर र वागलुंङकी दुई महिला ३० बर्षिय अखिमला घर्ती र खर्कमाला बुढा मगरलाई डाग स्काव्यडकाे मद्दतले पक्राउ गरिएकाे हाे। खानतलासीकै क्रममा पक्राउ परेका तीनै जनासंग नागरिकता भेटिएकाे छ भने चरेसलाई हिमाचल प्रदेशकाे कुल्लु जिल्लामा पुर्याउने उद्देश्य रहेकाे एसएसबीले मुचुल्कामा उल्लेखित गरेकाे छ। कमांडेंट अशोक बिस्वास बढनी पुगेर चरेस पक्राउ परेकाे घटनाबारे थप अनुसन्धान हुँदै गरेकाे बताउनुभयाे ।...
चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको सात वर्ष चार महिना

चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको सात वर्ष चार महिना

आर्थिक, आस्था, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ भाद्र – भूकम्पको बहानामा चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको सात वर्ष ४ महिना भएको छ । करोडौं लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र पर्दा व्यवसायी तनावमा छन्, साना र मझौला व्यापारी पेसाबाटै पलायन भएका छन् भने सीमित ठूला व्यापारीले समुद्री मार्गबाट भारत हुँदै सामान ल्याउँदा उपभोक्ता मूल्य अकासिएको छ । भूकम्पपछि तातोपानी नाका त चार वर्ष पूर्ण रूपमा ठप्प थियो । आयात कहिलेकाहीं खोलिए पनि निर्यातमा कडाइ छ । अहिले पनि मानव आवतजावत प्रतिबन्धित छ भने आयात नगण्य छ । नियन्त्रित रूपमा केही समयअघि खोलिएका दुवै नाका कोभिडको बहानामा फेरि बन्द गरिएको एक साता बितेको छ । नाकामा चीन कति अनुदार छ भने भूकम्पका कारण खासा सडकमा अलपत्र नेपाली व्यवसायीले आफ्ना सामान पाँच महिनासम्म उठाउन नपाउँदा वर्षाको पानीले क्षति पु¥यायो । मितेरी पुलबाट करिब ५ सय मिटर पर चिनियाँ भूभा...
नेपालले थप १११.८ मेगावाट विद्युत् भारतमा निर्यात गरिने

नेपालले थप १११.८ मेगावाट विद्युत् भारतमा निर्यात गरिने

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ भाद्र – नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा थप १११.८ मेगावाट बिजुली बिक्री गर्ने प्रस्ताव अघि बढाएको छ । प्राधिकरणकै विभिन्न चार आयोजनालाई स्रोत मानेर विद्युत् बिक्री गर्ने प्रस्ताव भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाइएको हो । भारतले यसअघि विभिन्न ६ आयोजनाको तीन सय ६४ मेगावाट विद्युत् आफ्नो बजारमा बिक्री गर्न प्राधिकरणलाई अनुमति दिइसकेको छ । सोहीअनुसार प्राधिकरणले अहिले दैनिक भारतीय बजारमा विद्युत् बिक्री गर्दै आएको छ । अब भारतले स्वीकृति दिएपछि थप विद्युत् निर्यात गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्राधिकरणले मिस्त्री खोलाको ४२ मेगावाट, लिखु खोला ‘ए’को २४.२ मेगावाट, सोलु खोलाको २३.५ मेगावाट र चिलिमेको २२.१ मेगावाट विद्युतलाई स्रोत मानेर कुल १११.८ मेगावाट विद्युत् बिक्री प्रस्ताव गरेको हो । ...
चीनको सैन्य अभ्यास बीच अमेरिका र ताइवानले व्यापार वार्ता गर्ने

चीनको सैन्य अभ्यास बीच अमेरिका र ताइवानले व्यापार वार्ता गर्ने

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ भाद्र –चीनले ताइवानमा सम्भावित आक्रमणलाई लिए गरिरहेको संन्य अध्यासको विचमा अमेरिका र ताईवानको विचमा व्यापार सम्झौताको वार्ता हुने भएका छन् ।अमेरिकी सरकारले ताइवानसँग व्यापक व्यापार सम्झौतामा वार्ता गर्ने योजना बनाएको हो । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले भन्यो कि “औपचारिक वार्तालाप” व्यापार र नियामक सहयोग बढाउनको लागि थियो जसमा घनिष्ठ आधिकारिक अन्तरक्रिया समावेश हुनेछ । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले यस टापु राष्ट्रको भ्रमण गरेपछि चीनले ताइवानको नजिक सैन्य अभ्यास गरेपछि ताइवान संग व्यापारिक वार्ता गर्ने घोषणा गरेका छन् ।...
अपराधमा चिनियाँ कनेक्सन बढ्दो

अपराधमा चिनियाँ कनेक्सन बढ्दो

अपराध, आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ भाद्र – देशभर भएका अपराधको संख्यामा ३५.१ प्रतिशतले वृद्धि भएको छ। २०७८ सालको पहिलो ३ महिनामा देशभर ९ हजार ७ सय १६ अपराधका घटना दर्ता भएकोमा यस वर्षको पहिलो ३ महिनामा १३ हजार १ सय २७ अपराधको घटना दर्ता भएको छ। साउन ११ गते काठमाडौंको ठमेलस्थित ज्याठामा रहेको भियना होटलको पार्किङबाट ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले २६ वटा ल्यापटप, ४७२ वटा आइफोन, २० वटा एनसेल कम्पनीको सिमकार्ड, २० वटा स्मार्ट सिमकार्ड, करिब २ लाख बराबरको रिचार्ज कार्ड प्रहरीले बरामद गरेको थियो। प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको छ। उनीहरू पुर्पक्षका लागि थुनामा छन्। यस्तै, यही साउन ९ गते काठमाडौंको तीनकुनेस्थित कल सेन्टरबाट नेपाल प्रहरीले एक चिनियाँ, ४ भारतीयसहित ४१ जना प्रक्राउ गरेको थ...
चीनको ‘नाकाबन्दी’ अढाई वर्षदेखि नेपाली वस्तु निर्यातमा

चीनको ‘नाकाबन्दी’ अढाई वर्षदेखि नेपाली वस्तु निर्यातमा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ भाद्र –नेपालको उत्तरतर्फका दुई अन्तर्राष्ट्रिय भन्सार नाका अढाई वर्षदेखि एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेका छन् । छिमेकी मुलुक चीनसँगका दुई नाकाबाट दुई वर्ष नौ महिनादेखि आयात मात्रै भइरहेको छ, निर्यात भने हुन सकेको छैन । चीनले कोभिडको कारण देखाउँदै भन्सार नाकाहरू एकतर्फी रूपमा मात्रै सञ्चालन गर्दै आएको छ । पटक–पटकको वार्ता तथा छलफलमा नाका दुईतर्फी र पूर्ण रूपमा सञ्चालन गर्ने समझदारी हुने गरे पनि कार्यान्वयन भएको छैन । भन्सार विभागका अनुसार तातोपानी नाकाबाट कात्तिक ०७६ देखि र रसुवा नाकाबाट माघ ०७६ देखि निर्यात भएको छैन । सन् २०१९ को डिसेम्बरमा चीनमा कोभिड–१९ देखिएदेखि नै उत्तरी नाकाबाट हुने नेपालको व्यापार प्रभावित भएको हो । त्यसयता चिनियाँ नाका हुँदै हुने आयात आंशिक रूपमा भए पनि निर्यात भने ठप्प नै छ । चीनले कोभिड–१९ को जोखिम देखाउँदै नेपाली सीमाबाट हुने निर्यात...