Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

चिनीविनाको सुपथ मूल्य पसलमा उपभोक्ताकाे आकर्षण छैन

चिनीविनाको सुपथ मूल्य पसलमा उपभोक्ताकाे आकर्षण छैन

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
धनगढी, ९ असोज – दसैँ तिहारमा बढी नै माग हुने खाद्य पदार्थमा चिनी पनि पर्छ । तर यहाँका सुपथ मूल्य पसलमा भने दुई वर्षदेखि चिनी बिक्री हुन छोडेको छ । पसलमा चिनी बिक्री हटाएसँगै ग्राहक पनि आउन छाडेका छन् । ग्राहकले सबैभन्दा बढी चिनी खोज्ने भए पनि सरकारले उपलब्ध नगराएको भन्दै साल्ट ट्रेडिङ कर्पोेरेसन लिमिटेडले भने गत वर्षदेखि चिनी बिक्री गर्न छोडेको हो । ‘चिनी भारतबाट ल्याउनु पर्ने भए पनि सरकारले अनुमति दिएको छैन् ।’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले भने, ‘नेपाली चिनी खरिद गरेर सहुलियतमा दिन सकिने अवस्था छैन, त्यसैले गत वर्षदेखि नै चिनी बिक्री गर्न नसकिएको हो ।’ सरकारले चिनी आयातमा कर लगाएपछि अर्थ मन्त्रालयले भारतबाट चिनी खरिदको अनुमति नदिएको उनले बताए । यता ग्राहक भने चिनीकै लागि सुपथ मुल्य पसलमा पुग्ने गर्छन । ‘चिनी सस्तो पाउँछ भनेर सुपथ मूल्य सप...
भारतीयमा हाउसफुल चल्दै प्रेमगीत ३

भारतीयमा हाउसफुल चल्दै प्रेमगीत ३

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ असोज – नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदैछ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउसफुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए । केही दिनका लागि शो हाउसफुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए । केही दिनयता भारतमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका थिए । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेमगीत ३ बार...
ऋणको भार बोकाएका चिनियाँ विमान चीनलाई नै सस्तोमा बेचिदै

ऋणको भार बोकाएका चिनियाँ विमान चीनलाई नै सस्तोमा बेचिदै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ असोज – चिनियाँ विमान खरिद गरेको आठ वर्षपछि नेपाल वायुसेवा निगमले उक्त विमानहरु नचाहिने निर्णय गरेको छ। अन्डरसर्भ्ड हिमाली मार्गहरूमा उडान गर्ने आशा गरेको चिनियाँ विमानहरु ल्याएको आठ वर्षपछि उडाउन नसकिने र थप समस्या भएको भन्दै बिक्री गर्ने निगमले निर्णय गरेको हो। तराईका केही विमानस्थलमा सञ्‍चालन भए बाहेक यी विमानहरूले आकाशमा भन्दा बढी समय जमिनमै रहेका छन्। यी चिनियाँ विमानहरुले नेपाल वायु सेवा निगमको लागि ऋणको भारले आर्थिक तनाव सिर्जना गरेका छन्। चिनियाँ विमानहरू दुई वर्षभन्दा बढी समयदेखि ग्राउन्डेड छन्। सेप्टेम्बर १४ मा नेपाल वायु सेवा निगमले भाडामा दिनका लागि सूचना जारी गरेको थियो। तीनवटा १७ सिटको वाई१२ई विमान र दुईवटा ५६ सिट क्षमताको एमए६० विमानहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टिको रिमोट पार्किङ बेमा पार्क गरिएका छन्। अर्को एउटा नेपालगन्ज...
राष्ट्र बैंकको नीति सुधारका लागि व्यवसायीहरुको धर्ना

राष्ट्र बैंकको नीति सुधारका लागि व्यवसायीहरुको धर्ना

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असोज – नेपालगन्जका उद्योगी, व्यवसायीहरुले आज शुक्रबार नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । उद्योगी, व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा आन्दोलित उद्योगी, व्यवसायीहरु नेपाल राष्ट्र बैंकलाई नीतिगत सुधार गर्न दबावमूलक उद्देश्यका साथ धर्ना दिएका छन् । शुक्रबार बिहान १० बजेदेखि करीब एक घण्टा धर्ना बसेका क्रममा व्यवसायीहरुले बैंकको चर्को व्याजका कारण व्यवसायीले तिर्न नसक्ने अवस्था आएको, कोरोनाका कारण धराशयी व्यवसायीले लिएको ऋणमा ब्याजदर मनपरी रुपमा बैंकहरुले बढाइरहेको भन्दै नियमन गर्न राष्ट्र बैंकसँग माग गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष अब्दुल वाहिद मन्सुरी “चुन्ना”ले बैंकहरुको चर्को ब्याजदर बृद्धिले कारोबार धराशयी भईरहँदा राष्ट्र बैंकले अघि सारेको नयाँ नीतिले बजार, व्यवसाय पूर्ण रुपमा ठप्प हुने दाबी गरेका थिए । कार्यक्रममा बोल्...
लाल मोहम्मदको हत्यामा यसरी जोडियो अन्डरवर्ल्ड डन छोटा राजन समुह !

लाल मोहम्मदको हत्यामा यसरी जोडियो अन्डरवर्ल्ड डन छोटा राजन समुह !

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ७ असोज – गोठाटारका लाल मोहम्मदको हत्या प्रकरणमा एक वर्ष पहिलेको ‘हुण्डिको रकम लुटपाट’ घट्ना जोडिएको छ। भारतीय जालि नोट र हुण्डिको रकम लुटिएको कारण उनको हत्या गरिएको आशंका प्रहरीले गरेको छ। लाल मोहम्मदले पाकिस्तान र बंगलादेशसँग नजिक रहेर भारतीय जाली नोटको अवैध कारोबार तथा हुण्डिका दुई कारोबार गर्दै आएका थिए। मोहम्मद आफैं पाकिस्तानबाट नक्कली भारतीय नोट ल्याएर कारोबार गर्ने भएकाले उनलाई आईएसआई निकट रहेको भनेर भारतीय खुफिया एजेन्सी ‘रअ’ ले निगरानीमा राखेको थियो। यीनै कारण उनको हत्या गरिएको प्रहरीको अनुमान छ। प्रहरीका अनुसार एक वर्ष पहिले लाल मोहम्मदसँगै मिलेर हुण्डिको कारोबार गर्ने नितिन मदनको ७० लाख नेपाली र ३० लाख भारु लुटपाट भएको थियो। घटना भएको केही समयमै नेपाल प्रहरीले यो घटना भएको थाहा पाएपनि कसैले उजुरी नगरेपछि थप अनुसन्धान भएन। घटना गुपचुपमै सकियो। तर, रकम लुटपा...
लाल मोहम्मद : हत्याका अभियुक्त रक्सौलबाट भारत छिरेको खुलासा

लाल मोहम्मद : हत्याका अभियुक्त रक्सौलबाट भारत छिरेको खुलासा

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, समाचार, समाज
सर्लाहीको गोडैता नगरपालिका–२ स्थायी घर भई परिवारसहित काठमाडौंको गोठाटारमा वसेका कपडा व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीका हत्यार भारत छिरेको प्रहरीको अनुशन्धानबाट देखिएको छ। सोमबार साँझ काठमाडौंको गोठाटारस्थित कृष्ण मन्दिरनजिक मोहम्मदमाथि अज्ञात समूहले चार राउण्ड गोली प्रहार गरेको थियो। उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार राति नै मृत्यु भएको थियो । हत्यामा तीन जना भारतीय नागरिकको संलग्नता देखिएको र अभियुक्तहरु नेपाल–भारत सीमा पर्साको रक्सौल नाकाबाट भारत छिरेको अनुसन्धानबाट खुलेको छ । मंगलबार दिउँसो ११ बजे वीरगञ्ज नाकाबाट भारत भागेको खुलेको घट्नाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए। हत्यामा संलग्न मध्ये नयाँदिल्लीका जितेन खान भने लामो समयदेखि बसन्तपुर क्षेत्रमा परिवारसहित बस्दै आएको पनि प्रहरीले पत्ता लगाएको छ। उनी यसअघ...
खनालको नेतृत्वमा नेपालगन्जमा आर्थिक पत्रकार समूह गठन

खनालको नेतृत्वमा नेपालगन्जमा आर्थिक पत्रकार समूह गठन

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ६ असाेज - बाँकेका पत्रकारले अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनाल अध्यक्ष रहेको आर्थिक पत्रकार समूह गठन गरेका छन् । आर्थिक एजेण्डाका विषयमा कलम चलाउने पत्रकारहरुको बिहीबार नेपालगन्जमा सम्पन्न भेलाले खनालको नेतृत्वमा समूहकोे सात सदस्यीय तदर्थ समिति गठन गरिएको हो । खनाल नेपालगन्जबाट ०६३ सालमा प्रकाशित अर्थखबर पाक्षिकका सम्पादक हुन् । उनी नेपालगन्जको समाचारमूलक अनलाइन मेरोखुसी डटकमका पनि सम्पादक हुन् । समूहको उपाध्यक्षमा रुपा गहतराज (कान्तिपुर दैनिक), सचिव लक्ष्मण ढुंगाना (कारोबार दैनिक/एपी वान टेलिभिजन), सहसचिव निशु जोशी (रेडियो कृष्णसार) र कोषाध्यक्ष विमला चौधरी (बीबीसी नेपाली सेवा) चयन भएका छन् । देवेन्द्र पौडेल (दैनिक नेपालगन्ज) र विजय मल्ल (सद्भाव दैनिक) समूहकोे सदस्य भएका छन् ।...
व्यवसायीको समस्या समाधान गर्न चरणबद्ध दबावमूलक कार्यक्रम

व्यवसायीको समस्या समाधान गर्न चरणबद्ध दबावमूलक कार्यक्रम

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ असोज – सम्बन्धित सरोकारवाला पक्षहरुले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न ध्यान केन्द्रित गर्न व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी “चुन्ना” पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन् ।अध्यक्ष मन्सुरीले कोरोना कालदेखि नै व्यापारीहरु मार खेप्दै आईरहेको अवस्थामा नेपाल राष्ट्र बैंकद्वारा लागू गर्न लागिएको नीतिले व्यापारी झन मारमा पर्ने बताउँदै विगतदेखि नै खुला सीमानाकाले गर्दा समेत नेपालगन्जका व्यापारीहरुले सास्ती खेप्दै आईरहेको गुनासो पोखेका छन् । संघका प्रवक्ता टंक धामीले प्रेस विज्ञप्ती बाचन गर्दै “बैंक तथा वित्तिय संस्थाहरुले असोज १ गतेदेखि लागू हुने गरि ब्याजदरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आकासिने हुँदा कोभिड महामारी र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत भएका छौं । कारोबारको २०/२५ प्रतिशत...
बाल यौन दुरुपयोग तथा लेनदेन मुद्दामा २ पक्राउ

बाल यौन दुरुपयोग तथा लेनदेन मुद्दामा २ पक्राउ

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ असोज – बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी प्रकाश खत्री पक्राउ परेका छन् ।पक्राउ परेका खत्रीलाई सम्मानित बाँके जिल्ला अदालतको मिति २०७/११/०२ को फैसलाले बालयौन दुरुपयोग मुद्दामा ९ महिना १४ दिन कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेका खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरी स्रोतका अनुसार कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको जनाएका छन् । यसैगरी, लेनदेन मुद्दामा फरार प्रतिवादी तुलशीराम खटिकलाई पक्राउ गरिएको छ ।पक्राउ परेका खटिक बाँके जिल्ला अदालतको मिति २०७९/०५/१० गतेको फैसलाले लेनदेन मुद्दामा ६ महिना कैद सजाय तोकिएको तथा उनलाई बाँके जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज विहिबार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको जनाएका छन् ।...
३५ हजार करोड रुसबाट कच्चा तेल खरिद गर्दा भारतले जोगायो

३५ हजार करोड रुसबाट कच्चा तेल खरिद गर्दा भारतले जोगायो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ६ असोज – उज्बेकिस्तानको समरकन्दमा प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेटवार्तामा चर्चा भएको थियो । यस क्रममा मोदीले पुटिनलाई युक्रेन युद्धका बारेमा सल्लाह पनि दिएका थिए । यो सल्लाहलाई संसारभरबाट प्रशंसा भइरहेको छ। रुसबाट सस्तो तेल आयात गरेकोमा पश्चिमका केही देशले भारतको आलोचना गरेका बेला दुई नेताको भेटवार्ता भएको हो । तर युक्रेन युद्धपछि अमेरिकालगायत धेरै देशले रुसमाथि लगाएको कडा प्रतिबन्धका बाबजुद भारतले रुसबाट तेल किन्ने क्रम जारी राख्यो । भारतले रुसबाट तेल खरिद गरेर ३५ हजार करोड रुपैयाँको ठूलो बचत गरेको छ । विरोधका बाबजुद भारतको निर्णयवास्तवमा भारतले पश्चिमी मुलुकको विरोधका बाबजुद तेल आयात गर्ने निर्णय गरेको थियो । यो निर्णयको फाइदा र बेफाइदाको बारेमा धेरै चर्चा भयो। रोयटर्सको प्रतिवेदनमा तथ्यांक प्रस्तुत गर्दै भारतले यस वर्षको पहिलो ...