पाकिस्तान सरकारद्वारा पत्रकार माथि भइरहेको ज्यादती विरुद्ध मधेश मिडिया मिसनको आवाज
नेपालगन्ज, ७ माघ – पाकिस्तानका स्वतन्त्र पत्रकार तथा ‘यूट्युबर’ शोऐब चौधरी र महिला पत्रकार सना अमजद जस्ता दर्जनौं पत्रकार माथि भइरहेको अत्याचार तथा ज्यादती विरुद्ध मधेश मिडिया मिसन नेपालले सरकार समक्ष ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके मार्फत नेपालको परराष्ट्र मन्त्रालय र राजदूतावासलाई ज्ञापनपत्र बुझाएको छ । मधेश मिडिया मिसन नेपाल बाँके शाखाका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, समिति सदस्य लगायतका पत्रकारले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी गराए ।
सम्पूर्ण विश्व अहिले आतंकवादबाट ग्रसित रहेको समय यस्तो आतंकबादबाट विशेषकर दबे कुचले वर्गका व्यक्ति सधैं पीडित बन्दै आएका अध्यक्ष त्रिपाठीले बताए । यस्ता वर्गलाई न्याय दिलाउन विगत दिनदेखि स्वतन्त्र प्रेस जगत अहम भूमिका निर्वाह गर्दै आईरहेको समय पाकिस्तानका स्वतन्त्र पत्रकार तथा ‘यूट्युबर’ शोऐब चौधरी र अ...









