Friday, March 21सत्यम खबर
Shadow

प्रहरीले लुकाएको सामूहिक बलात्कार घटना

नरैनापुर, ७ पुस – कुनै घटना घटेपछि न्यायका लागि प्रारम्भिक रुपमा प्रहरीनै पहिलो माध्यम भएपनि नरैनापुरको एउटा सामूहिक बलात्कार घटना प्रहरीले लुकाएको चार दिन पछि सार्वजनिक भएको छ ।

नरैनापुरमा पौष ३ गते लागेको मेला हेरेर घर फर्किरहेकी नरैनापुर गाउँपालिका वडा नं.४ घोडदौरिया बस्ने १४ वर्षिय बालिका दुईजना युवाले सामूहिक जबरजस्तीकरणी गरेको विषय घटनाकै दिन पीडितहरु प्रहरीमा पुगेपनि प्रहरी जनदबाव पछि आज मात्र मेडिकल गर्ने तयारी गरेको छ ।

ईलाका प्रहरी कार्यालय भगवानपुरले घटनालाई लुकाउन पीडित परिवारलाई पटक पटक प्रहरी पठाएर धम्की दिँदै आएको खुलेको हो । पीडित बालिकाका बुबाले घटना लगत्तै आफुहरु प्रहरी कार्यालयमा गएपनि प्रहरीले सामान्य सोधपुछ गरेर घटनालाई गोप्य राख्न दबाव दिँदै आएको बताएका छन् ।

मिति २०८१/०९/३ गते राति अं.९ः०० बजे नरैनापुरमा लागेको मेला हेरेर फर्किने क्रममा भारतीय मोटरसाइकलमा सवार नरैनापुर ४ नरैनापुर गाउँ बस्ने ३५ वर्षिय मोहम्मद इसरार खाँ र सोही ठाउँ बस्ने ३० वर्षिय मोहम्मद रिजवान खाँले बालिकालाई जबरजस्ती मोटरसाइकलमा बसाली मुख थुनी जंगलमा लगी जबरजस्ती करणी गरेको पीडित बालिकाले प्रहरीलाई बताए पनि प्रहरी घटना मिलाउन हदै सम्मको प्रयास गर्यो ।

घटनाको ४ दिन पछि सम्म प्रहरीमा कुनै उजुरी दर्ता भएको छैन । प्रहरीले पटक पटक पीडित परिवारलाई धम्काउँदै आएको विषयमा आम जनता बीच कुरा पुगेपछि सामाजिक दबावमा प्रहरीले मेडिकल प्रक्रिया अघि बढाएको हो ।

ईलाका प्रहरी कार्यालय भगवानपुरमा कार्यरत प्रहरी जवान गिरीराज बुढाथोकी पीडित बालिकाको घरमा पुगेर पटक पटक धम्की दिँदै आएको पीडित परिवारले जनाएको छ ।

यसैबारे भगवानपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरले हामीले घटना जानकारीमा आए लगत्तै पीडित पक्षलाई सम्पर्क गरी मुद्दा दर्ता गराउन अनुरोध गरेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *