Thursday, April 30सत्यम खबर
Shadow

ब्लड क्यान्सर पीडित कँडेललाई आर्थिक अभाव, सहयोग गर्न सबैमा अनुरोध

नेपालगन्ज, ६ जेठ – एक असल मान्छे जो समाजमा भएका प्रत्येक वर्ग, लिंग जातजातिको लागि उत्तिकै समवेदना राखी आवश्यक परेको अवस्थामा सहयोगी हात लिएर आफै पुग्ने गरेको अवस्था आँखाबाटै देखिएको छ तर ऊ आफै उपचारको क्रममा आर्थिक अवस्था कमजोरी भई सहयोग माग्नु परेको छ ।
केही समय अगाडी मात्र सामाजिक सञ्जालमार्फत जानकारी भए अनुसार खजुरा गाउँपालिका वडा नं. ३ मनकामना निवासी गंगाधर कँडेललाई ब्लड क्यान्सर भएको तथा उनको उपचार हाल भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा भईरहेको स्रोतमार्फत जानकारी प्राप्त भएको छ ।
प्राप्त जानकारी अनुसार उहाँ करीब दुई, अढाई महिनादेखि अस्पताल मै भर्ना भई उपचार गराईरहेको भएपनि अस्पतालले उनको बोन म्यारो (Bone Marrow Transplant) ट्रान्सप्लान्ट गर्नु पर्ने तथा सो गर्दा खर्च धेरै लाग्ने भएको हुँदा आर्थिक अभाव भएको हुँदा सहयोगी मनकारी हातहरु अगाडी आई सहयोग गर्नु पर्ने जानकारी गराउनु भएको छ ।
धार्मिक कार्यमा सदैव सक्रिय रहेका गंगाधरद्वारा नेपालगंज एयरपोर्ट भित्र बनाईएको गणेश मन्दिर निर्माण गर्दा पहिलो पटक भेटघाट भएको अवस्था थियो । त्यति बेला उनको मन्दिर निर्माण तथा अतिथिहरुलाई भव्य स्वागत गरेको हेर्दा खुशी लागेको थियो । त्यस लगत्तै आफ्नै सम्पत्तिबाट केही जग्गा खजुरा–३, मनकामनामा दान गरी भब्य मन्दिर बनाउने उद्देश्यका साथ श्री सिद्धिविनायक गणेशधाम स्थापना गरी मन्दिर निर्माण गर्नु भएको देखियो । त्यति मात्र होइन पहाडी भेगतिर समेत कैयौं मठमन्दिरहरुलाई आर्थिक सहयोगदेखि पुनर्निर्माणसम्म गर्नु भएको थियो ।
आज पनि श्री सिद्धिविनायक गणेशधाम मन्दिरमा प्रत्येक धार्मिक पर्वहरुमा भब्य पूजा, आरती, किर्तन, भोज, भण्डारा हुने गरेको छ । विजयदशमीको बेला टिका लगाउने गरिएको छ । नौरात्रीमा नौ दिनसम्म पुजा गर्ने, ब्रत बस्ने गरिएको छ । तर त्यस्तो दान, धर्म, कर्म, काण्ड गर्ने व्यक्तिलाई आज यो अवस्था होला भनी कहिल्यै सोचिएको थिए भनी खजुरा निवासी चन्द्रकला बि.सी.ले बताउनुभयो ।
कँडेल जस्तो धार्मिक व्यक्ति हाम्रो समाजमा अति आवश्यक रहेको हुँदा उनलाई पैसा अभाव कै लागि उपचारबाट बञ्चित कदापि गर्नु हुँदैन । सम्बन्धित स्थानीय सरकार, हाम्रो समाज, उनका आफन्त लगायतले यसतर्फ अगुवाई गर्नुपर्ने आवश्यक रहेको बि.सी.ले बताउनुभयो ।
आर्थिक सहयोगका लागि उनको खातामा आफै पैसा पठाउँदा समेत मिल्ने भएको हुँदा धार्मिक सदभाव प्रेमी, आफन्तजन, साथीभाई लगायत सबैसित आर्थिक सहयोगको लागि अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *