
मिति : २०७८ भाद्र २८
विद्रोही
अहिलेसम्म अफगानिस्तानका नागरिक सुख शान्तिले बस्दै आएका थिए । भर्खरै केही दिन दिनअघि फेरी शैतान तालिबान अफगानको पहाड र कन्द्राबाट निस्की राजधानी काबुल सहित ७५ प्रतिशत अफगान भूमिमाथि कब्जा गरेको छ । नेपालबाट करीब १७१० किलोमिटर पश्चिममा अवस्थित यो देशका नागरिक ती तालिबानी शैतानबाट त्रसित बन्न पुगेका छन् । अहिले घरबाट बाहिर निस्केका पुरुष साँझ सुरक्षित घर फर्किन्छन् कि फर्किँदैनन् ठेगान छैन । पहिला विभिन्न क्षेत्रमा कार्यरत महिला अब घरभित्र बुर्का लगाएर बस्न बाध्य बनेकी छिन् । हात खुट्टाको नंगमा नेल पालिस लगाएकै कारण तमाम महिलाको औंला काटिएको छ । पुरुष बिना घरबाट निस्किएको कारण तालिबानी शैतानहरुले सडकमा त्यस्ता तमाम महिलामाथि खुलेआम कोर्रा हान्ने कार्य शुरु गरेका छन् । बुर्का नलगाएकोमा उनी महिलाको अपहरण गरी तालिबानीसँग बिहे गराउने कार्यसम्म शुरु भएको छ । बिहे नभएकी युवतीले तालिबानीसँग बिहे गर्नुपर्ने प्रावधान आएको छ ।

विद्रोही
अहिले अफगानिस्तान अत्यन्त कहालीपूर्ण अवस्थाबाट गुज्री रहेको छ । यहाँ कलाकार, शिल्पकार, गीतकारको उत्पीडन बढेको छ । उनीको हत्या गर्ने कार्य शुरु भएको छ यस्ता शैतानबाट साना साना बच्चाहरु पनि अब पीडित बन्न थालेका छन् । केही हप्ता अघि काबुलको विमानस्थलमा भएको बम विष्फोटबाट तमाम बच्चाहरुको मृत्यु भएको छ । हुन त यो बम विष्फोट हामीले होइन बरु आइएस खुरासानले गरेको तालिबानले भनेको छ तर यसमा तालिबान र आइएसको सोचमा कुनै प्रकारको फरक देखिँदैन । जसरी तालिबान हत्या हिंसा गर्छ सोही प्रकार आइएसले पनि गर्छ यसरी यी दुवै एकै हुन् यो कुरा दावीको साथ भन्न सकिन्छ । अफगानिस्तान साम्राज्यचाहिँ एउटा चिहानको रुपमा परिचित छ । शताब्दियौं अघि हिन्दुकुश पर्वतमा लाखौं लाख हिन्दुहरुको हत्या गरिएको इतिहास छ । हिन्दु कुश अर्थात यहाँ हिन्दुको शिरलाई काटिएको थियो । ब्रिटिसले पहिलो र तेस्रो अफगान–अंग्रेज युद्धमा सन् १८३९÷५४, १९१९ मा अफगानिस्तानको छिमेकी देश सोभियत संघले सोभियत–अफगान युद्ध सन् १९७९÷१९९८ र आफूलाई विश्वको महाशक्ति राष्ट्र बताउने संयुक्त राज्य अमेरिकाले अफगान युद्ध सन् २००१÷२१ को क्रममा आफ्नो धेरे सैनिक गुमाएको इतिहास छ । अफगानिस्तानमा विभिन्न समयमा ठूलो ठूलो युद्धहरु भएका छन् । सन् १९७८ मा सौरक्रान्तिको नामबाट अफगानिस्तानको कम्युनिष्ट पार्टीले तत्कालीन सोभियत संघको सहयोगमा सत्ता कब्जा गरेको थियो । त्यसपछि राजा जहीर शाहलाई सत्ताबाट बाहिर गराइएको थियो । सत्ता कब्जापछि उक्त दलले क्रान्तिकारी आधुनिकीकरण तथा भूमिसुधारका कार्यहरु अघि बढाएको थियो ।
यस समयमा ठूलो विद्रोह भयो सो समय पनि हजारौं राजबन्दीहरुलाई मृत्यु दण्ड दिइएको थियो । यसको फलस्वरुप अफगान मुजाहिदीन, माओवादी समुदायहरु र शिया मुस्लिम संगठनहरुले सोभियत समर्थित कम्युनिष्ट शासन विरुद्ध संघर्ष शुरु ग¥यो । यसमा सोभियत समर्थित कम्युनिष्ट शासनको समाप्ति गर्न मुजाहिद्दीनहरुको नेतृत्वमा संचालन गरिएको युद्धमा महाशक्ति अमेरिकाको साथै ईरान, चीन, बेलायत र साउदी अरेबियाको साथ सहयोग रह्यो आफ्नो समर्थक बाबरक कर्माल नेतृत्वको कम्युनिष्ट सरकारको पक्षमा युद्ध लड्नका लागि सोभियत संघले २५ डिसेम्बर १९७९ मा अफगानिस्तानमा आफ्नो सैनिक पठायो । करीब १० वर्ष सम्म सोभियत संघ अफगानिस्तानमा लड्यो । मध्य मे. १९८८ देखि सोभियत संघले आफ्ना सैनिक अफगानिस्तानबाट फिर्ता गर्न थाल्यो । मध्य फेब्रुअरी १९८९ मा सोभियत संघले आफ्नो सबै सैनिकहरुले अफगानिस्तान छोडी सकेको घोषणा ग¥यो । यस युद्धको क्रममा १५ हजार सोभियत सैनिकले ज्यान गुमाएका थिए भने ३५ हजार सैनिक घाइते भएका थिए । यस युद्धमा २० लाख भन्दा बढी अफगान नागरिकले ज्यान गुमाएका थिए । यस युद्धमा पनि सबै भन्दा पीडित अफगान महिला र बच्चाहरु भएका थिए अफगान–सोभियत युद्धमा हजारा, शिया, ताजिक समुदायका योद्धा थिए । यसमा पख्तुन, बलुच समुदायको कुनै भूमिका थिएन ।
अफगानिस्तानमा राष्ट्रपति नजिबुल्लाहलाई आजका तालिबानीहरुले झुण्ड्याएर हत्या गरेका थिए । त्यसपछि कालान्तरमा अमेरिकाले सोभियत संघलाई अफगान भूमिबाट हटाउन अलकायदाको स्थापना पाकिस्तानसँग मिलेर गराएको थियो । यस समय मुल्ला उमरले तालिबानको नेतृत्व गरेको थियो । यसै तालिबानले २००१ मा अमेरिकाको ट्वीन टावर, पेन्टागन आक्रमण ग¥यो । यो कार्य ओसामा बिन लादेनको नेतृत्वमा भएको थियो । सोही निहुँमा अमेरिकाले अलकायदाको सफाया गर्न विश्वव्यापी रुपमा आतंकवाद विरुद्धको अभियान चलायो जसको मुख्य केन्द्र बन्यो अफगानिस्तान । पाकिस्तानको एबटाबादमा लादेनलाई अमेरिकाले मार्न सफल भएपछि आफ्नो मिसन पुरा भयो भनि त्यो अफगानिस्तानबाट फिर्ता हुने मन्साय बनाइ सकेको थियो जुन कार्य अहिले भर्खरै अमेरिकी राष्टूपति जो वाइडेनले गरेका छन् । अमेरिका २० वर्षसम्म अफगान भूमिमा रहँदा २ हजार ४ सय ४८ अमेरिकी सैनिकले ज्यान गुमाए । युद्धमा जति अमेरिकी सेना मरेनन् त्यो भन्दा बढी सडक दुर्घटनामा परी मृत्यु भयो यस समयमा ३ हजार ८ सय ४६ ठेकेदार, ६६ हजार अफगानी सैनिक र प्रहरी, ४७ हजार २ सय ४५ अफगानी गैरसैनिक, नाटो गठबन्धन र अन्य अमेरिकाका मित्र शक्ति राष्टूहरुका १ हजार ४४ जना सुरक्षाकर्मी र अधिकारीहरु, ५१ हजार १ सय ९१ तालिबानी र अन्य विद्रोही समूहका आतंककारीहरु, ४ सय ४४ जना सहयोग नियोगका कर्मचारी र ७२ जना पत्रकारहरु आफ्नो ज्यान गुमाएका थिए यस समयमा पनि हजारौं हजार अफगान महिला र बच्चाको मृत्यु भएको पाइन्छ ।
अफगानिस्तानमा जति पनि युद्ध भएका छन् प्रायः सबैमा विशेषकर बहुतायत संख्यामा महिला र बच्चाहरुको मृत्यु भएको छ । महिलाहरुसँग बलात्कार र बच्चाहरुको घाँटी रेटी मारिएको तमाम घटनाहरु छन् । अफगानिस्तानमाथि पटक पटक संकट पर्दै आएकोले त्यहाँबाट १०औं लाख व्यक्ति विस्थापित भइ विभिन्न देशमा शरणार्थी भइ बसेका छन् । कनाडा, फ्रान्स, इरान, ताजिकिस्तान, तुर्कमेनिस्तान, भारत, पाकिस्तान, अमेरिका लगायतमा १०औं लाखको संख्यामा अफगान शरणार्थी छन् । अहिले पुनः तालिबान शैतान भई सम्पूर्ण अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँबाट करीब ५ लाख भन्दा बढी व्यक्तिहरु विस्थापित बनी अर्काे देशमा शरणार्थी भई बसेका छन् । अफगान शरणार्थीको संख्या थपिँदै गएपछि इरान, रुस लगायतले आफ्नो सीमा बन्द गरेका छन् । इरान र रुसले त अफगानलाई आफूूले पनि शरण नदिने र मित्र राष्ट्रहरुलाई पनि शरण नदिने आग्रह गरेको छ । यसरी अफगान महिला र बच्चाहरु एक पटक पुनः संकटमा परेका छन् । अफगानिस्तानमा अब गृह युद्धको जस्तो स्थिति बनि सकेको छ । ताजिक, शिया, हजारा लगायत समुदाय तालिबानको दासता स्वीकार्न तयार छैनन् यसको कारण हो तालिबान भनेको अफगानी होइन बरु यिनीहरु पाकिस्तानी हुन् ।
पाकिस्तानको गृह मन्त्री शेष रसीदले भर्खरै स्वीकारेका छन् कि यी तालिबानका अधिकांश नेता पाकिस्तानमा नै जन्मेका हुन् । यहीं पढेलेखेका हुन् यहीं नै हुर्केका हुन् यस कारण पाकिस्तान तालिबानीहरुको दोस्रो घर हो । यस प्रकार अफगानिस्तानमा अहिले स्थानीय र बाहिरियाबीच युद्ध हुन शुरु भएको छ । तालिबान भनेको अति नै क्रूर सोचका हुन् । युद्धबन्दीसँग कस्तो व्यवहार गर्ने अन्तर्राष्ट्रिय सम्झौताको पालन गरेका छैनन् युद्धबन्दीलाई पक्राउ नगरि सोझै सडकमा गोली हानी हत्या गरिँदैछ । शरीया कानूनको आडमा त्यहाँका महिलालाई घरभित्र कैद गर्ने, यौन शोषण गर्ने, विभिन्न उत्पीडन गर्ने मन्साय बनाएकोले अफगान महिला आफ्नो ज्यानको पर्वाह नगरी सडक संघर्षमा उत्रेकी छिन् । उनीको संघर्षले सफलता पाएन भने त्यहाँ महिलाको उत्पीडन अझ बढ्ने सम्भावना छ ।
जसरी विगतमा महिलाको खरीद बिक्री हाट बजारमा गराइन्थ्यो त्यहाँ यस्तै प्रकारको घटनाहरु बढ्ने सम्भावना छ ।

