Tuesday, October 22सत्यम खबर
Shadow

लभ, जिहाद र धोखा !, ४ बच्चाको जिम्मेवारी कसले लिने ?

नेपालगन्ज, ६ पौष – लभ, जिहाद र धोखा आजको मितिमा कुनै नौलो कुरा मानिएको छैन । भारतदेखि नेपाल छिरेको यो प्रेम सम्बन्ध थप प्रबल हुँदै गएको छ नेपालगन्ज उपमहानगरपालिका भित्र तर पनि सम्बन्धित संघसंस्थादेखि पुलिस प्रशासन समेत मौन रहेको पाईन्छ ।

पीडित केटी न्यायको लागि वडा नं. २१ मा आफ्नो दुःखेसो सुनाउँदै


कुरा आजभन्दा ११ वर्ष अगाडी शुरु भएको सम्बन्धलाई लिन सकिन्छ । छिमेकी मित्र राष्ट्र भारतको संभ्रान्त परिवारबाट उत्तरप्रदेशको बलरामपुरदेखि बाजागाजासाथ नेपाल भित्रियाईएको थियो । उनको विवाह घरपरिवारको मिलेमतो (सहमति)मा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रामा एक सम्मानित परिवारमा गरिएको थियो । तर बिडम्बना मान्नु पर्छ विवाह पछि केटा जडिया भएको रहेछ, उसलाई दारु खाने लत लागेको हुँदा उसको परिवारलाई इमरान खानले फकाई श्रीमानसित तलाक दिन लगाएको छ । तलाकपछि मैले विवाह गरी साथ दिउँला भनी बाचा गरेको रहेछ । त्यस अनुसार पुरानो श्रीमानबाट २ छोरी र १ छोरा समेत जन्मेको रहेछ ।

पीडित केटी आफ्नो नाबालिक छोराछोरीहरुसित भाडा घरमा


प्रेमको जालमा फसाउन सफल इमरान खानले कानुनतः तलाक गराई, विवाह सम्बन्धबाट अलग गराई केटीलाई दुई छोरीसहित आफूसित बस्न बाध्य बनाएको छ । त्यसको पनि कारण रहेछ, केटी सोनार जातीबाट भएको हुँदा धनसम्पत्तिको कमी हुँदैन, त्यसमाथि उसमा सुनचाँदीको गरगहना बनाउने कला भएको हुँदा मासिक ४०–५० हजार श्रम गरेर कमाउने । जहाँ बसेपनि जीवनयापनको लागि ५० हजार मासिक प्रयाप्त हुन्छ ।
यो प्रेम जाल फैलाउने नेपालगन्जका एक जना प्रसिद्ध मौलानाका छोरा रहेछन् इमरान खान, जो विवाह पूर्व खाने, घुम्ने, केटी फसाउने बाहेक थप कुनै कला र सीप नभएको पाईन्छ । उनलाई उनका बाबु–आमाले सोही कला र सीप सिकाउँदो रहेछन् जस्तो देखिन्छ यो सत्य घटना बुझ्दा ।

पीडित केटी आफ्नो श्रीमान इमरान खान उसबाट जन्मेको बच्चासित


पुरानो श्रीमान्बाट कानुनतः तलाक (छुटापत्र) गराई प्रसिद्ध मौलानाका छोरा इमरान खानले केटीसित मुस्लिम परम्परा अनुसार निकाह (विवाह) गर्छ, विवाह पछि केटीसित केही समय घरबाहिर बसेर घरपरिवार मिलाई घर मै बस्न शुरुवात गर्छ र यस बसाईका क्रममा करीब ६ वर्ष बितिसकेको रहेछ । ६ वर्ष बसाईको क्रममा इमरान खानबाट केटीले थप एक छोरी र १ छोरा जन्माईसकेको हुन्छी । तर बिडम्बना हालसम्म केटीलाई नेपालको कानुन बारे जानकारी नभएको हुँदा उसले न विवाह दर्ता गराउन सकिन, न त बच्चाहरुको जन्मदर्ता नै गराउन सकिन ।

पीडित केटीको आफ्नो श्रीमान इमरान खान अर्की केटी सित


यसै बीचमा मौलानाका छोरा इमरान खान अर्कै केटीसित आफ्नो सम्बन्ध बनाउन सफल भयो । पुरानो टेकनिक (उपाय) अपनाई पैसावाली केटीलाई फसाउन सफल इमरान खानले अब विवाहिता केटीलाई तलाक दिईसकेका रहेछन् । तलाकपछि केटीले प्रहरी कहाँ पुगे पनि केटाका घरपरिवारले फकाई मिलापत्र गराई अब घर मै बस्ने भनी भने तर हालपनि घर भित्र छिर्न नदिएपछि केटीले आफ्नो बच्चा–बच्चीको जीवन बनाउन आफ्नो नागरिकता तथा बच्चाहरुको जन्मदर्ता गराउन नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ को वडा कार्यालयसम्म पुगिन तर बिडम्बना वडा कार्यालयले मैले केही गर्न नसक्ने भनी उनलाई फिर्ता पठाई दिए ।
पीडित सोनी खान (नाम परिवर्तन)ले भनिन– “म पहिलाको श्रीमान्बाट घरेलु हिंसाले गर्दा पीडित हुँदाको समयमा इमरान खानले मलाई साथ सहयोग दिन्छु, छोरीहरुको शिक्षामा लगानी लगाई दिन्छु, म विवाह गरी सँगै बस्छु, आफ्नो श्रीमान्लाई कानुनतः छोडनु पर्छ” भन्ने गरेको बताउँछिन ।

पीडित केटीको श्रीमान इमरान खानसँग सम्बन्धमा रहेकी अर्की केटी


पुरानो श्रीमानसित छुटापत्र भईसकेपछि सुर्खेत गई त्यहाँबाट नै निकाह (विवाह) गरेको जानकारी गराउँदै इमरान खानकी श्रीमतिले भनिन्– ‘मलाई जानकारी थिएन इमरान खान तथा उनका भाईहरुको व्यवहार बारे, उनको परिवार पैसा पछाडी मात्र छोडिरहन्छ, पैसा कै लागी मलाई विवाह गरेर बाटोमा छोडी हिडेका छन् भने पैसा कै लागी अर्की केटीलाई समेत फसाई सकेका रहेछन । त्यति मात्र कहाँ हो इमरान खानका भाईहरु समेत पैसा कै लागी केटी फसाउने र विवाह गर्ने गरेको सत्य घटना बारे प्रकाश पारिन ।’

पीडित केटीको श्रीमान इमरान खानसँग निकाह भएको निकाहनामा


पीडितले मलाई अब इमरान खानसिंत कुनै मतलब छैन, मलाई खाना, बस्न व्यवस्था हुनुपर्छ, मेरो बच्चाहरुको जन्मदर्ता, पढाई खर्च लगायत उपलब्ध हुनु पर्छ । त्यसको लागि आवश्यक परे कानुनी बाटो तर्फ जाने बताउनुभयो ।
यो समाचार तयार गर्दासम्म थप जानकारीको लागि मौलाना समिउल्ला खान तथा उनका छोरा इमरान खानलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेको थिएन ।
यस बारे कानुन व्यवसायीहरुको आ–आफ्नै सुझावहरु समेत रहेको पाईन्छ । पीडित केटीले न्याय पाउनु पर्छ हामीले सक्दो सहयोग गर्छौ भनी कानुनी व्यवसायीहरुको भनाई रहेको पाईन्छ ।

पीडित केटीको दुःखेसोको पूर्ण पाठ सुन्न यहाँ क्लीक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *