
नेपालगन्ज, ६ चैत्र – बाँके जिल्लाको सुर्जी गाउँमा रहेको जन कल्याण युवा क्लबको आयोजनामा चैत्र ५ गते शनिवार होलीमिलन समारोह तथा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१९ का वडाध्यक्ष परसराम कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको होली मिलन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा शिवसेना नेपालका केन्द्रिय अध्यक्ष राजकुमार रौनियार, नन्दकिशोर गुप्ता, ललितकुमार रौनियार, दिवाकर खनाल, रमारानी बैश्य, मनकामना ईट्टा उद्योगका विजयकुमार जायसवाल, राप्रपा १९ नं. बसुदेवपुरका अध्यक्ष धनराज काँदूलगायतले होलीको शुभकामना दिदैं होलीको महत्व बारेमा चर्चा गर्नुका साथै जन कल्याण युवा क्लबले गरेको कार्यको सह्राना गर्दै उत्तोरत्तर प्रगतिको कामना व्यक्त गरेका थिए ।
सो अवसरमा स्थानीय सुर्जीगाउँका २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा श्याम मनोहर कलवार, प्यारेलाल कुर्मी, नन्दकिशोर गुप्ता, मैकुलाल कुर्मी, श्रीराम कलवार, होली खटिक, चन्द्रबली धोबी, बदलु कोरी, रामबली भुजुवा, तत्कालिन बसुदेवपुर गाबिस उपाध्यक्ष जुगुरु बेहना, रामगोपाल कलवार, रामकुमार कलवार, रामशंकर जायसवाल, कृष्णबहादुर शर्मा, दशरथ धोबी, बरकतअली बेहना, वडा सदस्य बफाती बेहना, राममिलन कलवार, मिश्रीलाल बैश्य मध्ये केही व्यक्तिहरुको सहभागिता हुन सकेको थिएन । सहभागी भएका जेष्ठ नागरिकहरुलाई क्लबका अध्यक्ष तीरथराम धोबी र क्लबका साँस्कृतिक समितिका संयोजक तथा लेखेनदार रामगोपाल कुर्मीले संयुक्त रुपमा खादा ओढाई, अबीर लगाएर, सम्मान– पत्र सहित सम्मान गरेका थिए ।
यसरी क्लबका धर्मप्रकाश जायसवालद्वारा सञ्चालित होली मिलन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमकोे अवसरमा अन्य ६० जना स्थानीय व्यक्तित्वहरुलाई जन कल्याण युवा क्लबका उपाध्यक्ष दिपेन्द्र जायसवाल र सचिव सञ्जय हरिजनले अबीरको टीका लगाई, खादा ओढाएर सम्मान गरेका थिए । सो क्लबमा ८० जना युवाहरु प्रवेश गरेको धर्मप्रकाश जायसवालले बताएका छन् ।
सो कार्यक्रममा जन कल्याण युवा क्लबका पदाधिकारी, जनज्योति माध्यमिक बिद्यालयका अध्यक्ष दिपककुमार चौधरी, राप्रपा १९ नं. बसुदेवपुरका अध्यक्ष धनराज काँदू, ललितकुमार रौनियार, अशोककुमार गुप्ता, सन्दिप जायसवाललगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमलाई सफल बनाउनका लागी १९ नं.–वडाध्यक्ष परसराम कुर्मी, क्लबका जेष्ठ सदस्य रंजीतकुमार बैश्य, गौरव जायसवाल, सुशीलकुमार बैश्य, उक्तमकुमार जायसवाल लगायतको बिशेष याेगदान रहेको थियो ।
