Monday, April 13सत्यम खबर
Shadow

बच्चाको मध्य कानमा हुने संक्रमणका ७ लक्षण

मध्य कानको संक्रमणलाई ओटिटिस मिडिया पनि भनिन्छ । बालबालिकामा यो संक्रमण दर्दनाक हुन सक्छ । यो संक्रमण तब हुन्छ जब बालकालिकाको कानबाट निस्कने तरल पदार्थ अवरुद्ध हुन्छ । बालबालिकालाई जाडो, एलर्जी वा कुनै फ्लुको संक्रमण भयो भने यो समस्या देखिन सक्छ ।


यस्तो तरल पदार्थ जम्मा हुन थालेपछि त्यहा ब्याक्टेरिया बढ्न थाल्दछ र बालबालिकाको कानको जालीमा दवाव बढ्न थाल्दछ ।
मध्य कानमा संक्रमणका लक्षण
– राती सुतेको समयमा रुदैँ जाग्नु,
– कान मिच्ने अथवा तान्ने
– कम सुन्ने वा सुनाईमा समस्या
– स्तनपान गर्ने बच्चाले दुध चुस्न नमान्ने, अन्य खानेकुरा खान नखोज्ने, किनभने, खाादा दुखाई हुने कारणले उनीहरु खान खोज्दैनन् ।
– १०१ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आउनु,
– वान्ता हुनु,
– पखाला लाग्नु,
यस्तो समस्या भएका बच्चाले गर्ने व्यवहार
– कान दुखेको वा कान वरपरको भाग दुखेको गुनासो गर्ने
– कान बजेको जस्तो महसुस गर्ने,
– कानमा केही हल्लिए जस्तो वा भरिएको महसूस हुने
– सुनाईमा समस्या
– चक्कर आउनु
– कसरी गर्ने देखभाल
कानको संक्रमण कहिलेकाँहि आफैं निको हुन पनि सक्छ । तर, माथि भनिएका जस्ता लक्षण २ दिनभन्दा बढी समय देखिएमा डाक्टरलाई देखाउन जरुरी हुन्छ । कानको संक्रमण रोक्न स्तनपान गराउदा बच्चालाई सिधा समात्नुहोस् । धुम्रपान गरिरहेका व्यक्तिबाट बच्चालाई टाढै राख्नुहोस् ।
बच्चालाई नियमित हात धुन र आँखा, वा बगिरहेको नाकको नछुन सिकाउनुहोस् । डाक्टरले बच्चालाई परीक्षण गरिसकेपछि दिएका औषधि भनिएको समयमा नै पुरा डोज दिनुहोस् । बच्चालाई निको भएको महसुस भएपनि पुरा डोज औषधि दिनु आवश्यक छ । (स्रोतः स्वास्थ्यखबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *