ग्राहक झोक्याउँदै ब्यापारी,खसी देखाएर बाख्रीको मासु विक्री
बाँके ,२७ असोज । तपाई दशैंमा मासु खाँदै हुनुहुन्छ ? होशियार हुनुहोस् । नेपालगन्जमा खसीको मासु भनेर बाख्रीको मासुको कारोबार बढ्दै गइरहेको छ । मासु व्यवसायीले दशैंको मौका छोपेर खसी देखाउने र बाख्री बध गरी मासु बिक्री गर्दै आइरहेको खुलासा भएको छ ।
नेपालगन्ज उपमहानगरको नेतृत्वमा शुक्रबार दिउँसो गरिएको मासु तथा मिठाई पसलमा अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यमाथी खेलवाड हुने गरी खसीको मासुको सट्टा बाख्रीको मासु बेचेको भेटिएको हो ।
उपभोक्ता हित संरक्षण समिति संयोजक एवं कार्यवाहक नगर प्रमुख उमा थापामगर नेतृत्वको टोलीले मासु र मिठाई गरि एक दर्जन पसलमा अनुगमन गर्दाको क्रममा खसीको मासु भनेर वाख्राको मासु बेचेको पाइएको छ ।
रामलीला मैदान नजिकको मासुमण्डीको अनुगमनमा खुला रुपमै खसीको भनेर बाख्राको मासु बचेको फेला परेको हो । पसल स्वीकृतको कागज समेत नराखेका आसिम कुरेसीको पसलबाट ६ केजी बाख्राको मासु जफत ग...