Sunday, June 14सत्यम खबर
Shadow

समाचार

टाइब्रेकरमा धम्बोझीले हरायो न्यु दर्पणलाई

टाइब्रेकरमा धम्बोझीले हरायो न्यु दर्पणलाई

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० वैशाख – नेपालगन्जको धम्बोझी क्लबले प्रथम अशोक स्मृति कप -यु–२०)फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशाला मैदानमा धम्बोझी क्लबले न्यु दर्पण स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा खेल सकिएको थियो । खेलमा धम्बोझीका गोलकिपर नविनराज परियार प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । उहाँलाई आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरी र प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान अध्यक्ष तिलकवीर सुनारले पुरस्कृत गर्नु भएको थियो । श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सहआयोजना र ब्रदर्श एफसीको विशेष सहयोगमा भैरहेको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायो...
राष्ट्रपति रनिङ्ग शिल्डः कबडडी छात्रछात्राको स्वर्ण जित्यो खजुराले

राष्ट्रपति रनिङ्ग शिल्डः कबडडी छात्रछात्राको स्वर्ण जित्यो खजुराले

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ३० वैशाख – खजुरा गाउँपालिकाको छात्र र छात्रा टिमले नेपालगन्जमा जारी १७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा कबड्डी तर्फ स्वर्ण जित्न सफल भएको छ । नेपालगन्ज रंगशालामा भएको छात्र तर्फको फाईनमा खजुराले नेपालगन्ज उपमहानगरपालिकालाई पराजित गरेको थियो । छात्र तर्फको कबड्डीमा बैजनाथ गाउँपालिका तेस्रो र कोहलपुर नगरपालिका तेस्रो भयो । छात्रा तर्फको कबड्डीमा खजुराले नेपालगन्जलाई पराजित गरेको थियो । छात्रा कबड्डीमा बैजनाथ तेस्रो र कोहलपुर तेस्रो भएको छ । यसैगरी छात्र तर्फको हाइजम्पमा नेपालगन्ज उपमहानगरपालिकाका अविनास थारु प्रथम, नरैनापुरका मोहम्मद मुक्तार खाँ दोस्रो र नेपालगन्जकै रमित थारु तेस्रो हुनु भयो । अविनासले १.६४ मिटर, रमित र मोहम्मदले समान १.६१ मिटर जम्प गरेपनि फाउलको आधारमा रमित दोस्रो हुनु भएको एथ्लेटिक्सका पुर्व राष्ट्रिय प्रशिक्षक चन्द्र गुरुङले बताउ...
अष्टम एकीकरण दिवसमा शतक रक्तदाता सहित ५७ जनाले गरे रक्तदान

अष्टम एकीकरण दिवसमा शतक रक्तदाता सहित ५७ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ बैशाख – अष्टम एकीकरण दिवसको अवसरमा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड बैजनाथ गाउँपालिका वार्ड नं.–६ बनकटवा सम्झना चौकको आयोजनमा बैशाख २९ गते मंगलवार शतक रक्तदाता सहित ५७ जनाले रक्तदान गरेका छन । अष्टम एकीकरण दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका वार्ड नं.–८ शमशेरगञ्जको महादेवपुरीमा रहेको अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिश चन्द्र के.सी.ले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा कोहलपुर रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । अष्टम एकीकरण दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा शतक रक्तदाता पवन जायसवालले १०८ औं पटक रक्तदान गरेका छन् । यसरी सुनिल रसाइली, सहायक प्रबन्धक जगतराम गडरिया, बिजय सिंह थारु, बिमलकुमार शर्मा, ठगेन्द्र बिष्ट, जनक आचार...
रोयल इनफिल्डको गोरिल्ला ४५० नेपालगन्जमा सार्वजनिक

रोयल इनफिल्डको गोरिल्ला ४५० नेपालगन्जमा सार्वजनिक

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ बैशाख – रोयल इनफिल्डले आफ्नो नयाँ अर्बन प्रोफारमेन्स रोडस्टर गरिल्ला ४५० नेपालगन्जमा सार्वजनिक गरिएको छ । दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने रोयल इनफिल्ड नेपालगन्ज शाखाका एमडी सार्मथ्य सिंहले जनाएका छन् । एमडी सिंहका अनुसार गरिल्ला ४५० तीन भेरियन्ट – एपेक्स, दास र फ्लेक्स तथा आठ विभिन्न कलरहरुमा उपलब्ध हुनेछ । रोयल इनफिल्डका सार्क बिजनेस हेड दिपक काकरले नेपालमा गरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, æ१२५ वर्षको पुरी मोटरसाईकिलि· यात्रालाई मनाइरहेका बेला नेपालमा गरिल्ला ४५० सार्वजनिक गर्नु हाम्रो लागि उत्साह जनक कदम भएको बताएका छन् । यो मोटरसाइकल विशेषगरी नेपालको सडकका लागि बनाइएको हो – चुस्त, सहज र दमदार । नेपाली युवा र स्पोर्टी र...
खजुरा डी गाउँमा सुरु भयो प्रथम अशोक स्मृतिकप फुटबल, न्यु डाँफेको विजयी सुरुआत

खजुरा डी गाउँमा सुरु भयो प्रथम अशोक स्मृतिकप फुटबल, न्यु डाँफेको विजयी सुरुआत

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २८ वैशाख – न्यु डाँफे स्पोर्टस क्लबले प्रथमअशोक स्मृतिकप फुटबल प्रतियोगितामाविजयी सुरुआत गरेको छ । खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशाला मैदानमा भएको उद्घाटन खेलमा न्यु डाँफे स्पोर्टस क्लबले सडनडेथमा -७–५ ले) कालिका युवा क्लब बर्दियालाई पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गर्नेन्यु डाँफे स्पोर्टस क्लबका रोयलपुन मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । आइतबारदेखि सुरु भएको प्रतियोगितामा २० वर्ष उमेर समुहका खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता अन्तर्गत सोमबार सिमलघारी एफसी र चन्द्र ज्योति युवा क्लब बिच प्रतिस्पर्धा हुनेछ । श्री दिफेमस महिन्द्र दल गण भु.पु संघ बाँकेको आयोजना र सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सहआयोजनामा भैरहेको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायोजन गरेको...
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, २७ बैशाख – बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ । शिखा एकेडेमी र नेपालगन्ज स्वीमिङ क्लबले शनिबार कोहलपुरमा आयोजना गरेको दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगितामा १३४ अंक ल्याएर शिखा स्कुलले उपाधि जितेको हो । प्रतियोगितामा लिटिल एञ्जल्स स्कुल ललितपुर १०१ अंक ल्याएर दोस्रोर १९ अंक ल्याएर बागेश्वरी एकेडेमी कोहलपुर तेस्रो, ८ अंक ल्याएर सोफिया रेसिडेन्सियल स्कुल नेपालगन्ज चौथो र ५ अंक ल्याएर लुम्बिनी वल्र्ड स्कुल रुपन्देही पाँचौं भएको पौडी प्राविधिक चन्द्रराम चौधरीले जानकारी दिनुभयो । प्रतियोगितामा लिटिल एञ्जल्स स्कुलबाट ६/६ वटा स्वर्ण पदक जितेरछात्र विभुषण शाक्य र छात्रा लुनिरा शाक्य सर्वोत्कृष्ट खेलाडी घोषणा भए । प्रतियोगितामा देशभरीका २४ वटा विद्यालयका १०२ जना विद्यार्थीले भाग लिएका थिए । कार्यक्रममा आयोजक शिखा एक...
आजदेखी सुरु हुँदै प्रथम अशोक स्मृतिकप फुटबल

आजदेखी सुरु हुँदै प्रथम अशोक स्मृतिकप फुटबल

आर्थिक, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २७ वैशाख – प्रथम अशोक स्मृतिकप फुटबल प्रतियोगिता आज आइतबारदेखि खजुरामा शुरु हुँदैछ । स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी पुरा भएको आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेले जनाएको छ । सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सह आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा न्यु डाँफे स्पोर्टस क्लब र कालिका युवा क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । जेठ ३ गते सम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । बाँके खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशालामा हुने प्रतियोगिताको विजेता टिमले ५१ हजार रुपैयाँ, उपविजेताले ३१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरीले बताउनु भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, सर्वाधिक ग...
प्रदेश सुशासन केन्द्र दाङ सार्ने प्रयास, बाँकेमा बिरोध

प्रदेश सुशासन केन्द्र दाङ सार्ने प्रयास, बाँकेमा बिरोध

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ बैशाख - प्रयाप्त पूर्वाधार र संरचना हुँदा-हुँदै नेपालगन्ज १४ महेन्द्रनगरमा रहेको प्रदेश सुशासन केन्द्रलाई बाँकेबाट दाङ सार्ने तयारी भईरहेको छ । लुम्बिनी प्रदेश सरकारले बिना कारण दाङ सार्न थालेको हो । मूख्य मन्त्री कार्यालयको मातहतमा सो केन्द्र रहेको छ । २०७६ सालमा संघीय सरकारले स्थानीय बिकास प्रशिक्षण केन्द्र अन्तरगतका प्रशिक्षण केन्द्रहरु सम्बन्धित प्रदेशलाई हस्तान्तरण गरेको थियो । महेन्द्रनगरमा रहेको ग्रामिण प्रशिक्षण केन्द्रमा लामो समय देखि प्रदेश सुशासन केन्द्र संचालन हुँदै आएको थियो । प्रदेश सुशासन केन्द्रको लागि प्रदेश सरकारले करोडौं खर्च गरेर भवन, हल पुननिर्माण गरेकोमा एकाएक दाङ सार्ने गरि निर्णय हुन लागेको जानकारी प्राप्त भएपछी सो को बिरोध गरिएको छ । आज नेपालगन्जमा सम्पन्न सरोकारवालाहरुको बैठकका सहभागिहरुले बिना कारण केन्द्र सार्न खोज्नु गलत भएको भन...
उपमहानगरद्वारा खेलाडीहरुलाई सम्मान (फोटोफिचरसहित)

उपमहानगरद्वारा खेलाडीहरुलाई सम्मान (फोटोफिचरसहित)

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाले स्थानिय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरुलाई एक साथ सम्मान गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा आज आयोजित सम्मान कार्यक्रममा २०२५ जुलाई १६ देखि १९ सम्म थाईल्याण्डको पटायामा सम्पन्न १२ औं वल्र्ड स्टे«न्थ लिफ्लि· तथा इन्फलाइन बेन्च प्रेश प्रतियोगितामा बाँके जिल्लाबाट प्रतिनिधित्व गरी पदक प्राप्त विजयी खेलाडीहरुमा सन्तोष काजी श्रेष्ठ -सिल्भर), मोहित गुप्ता -गोल्ड तथा कास्य) र करण बाडिया -गोल्ड र सिल्भर) मेडललाई उपमहानगर प्रमुख प्रशान्त बिष्ट, ओम फिटनेश सेन्टरका लाभराज श्रेष्ठ लगायतले सम्मान गरेका छन् । उक्त सम्मान कार्यक्रममा स्थानिय स्तरमा अन्य खेलमा सहभागी खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो । सम्मान कार्यक्रमका प्रमुख अतिथि उपमहानगर प्रमुख बिष्टले – खेलाडीहरुको प्रोत्साहन स्वरुप आउने बजेटमार्फत बजेट बिनियोजित गरिनुका ...
१८ नं. वडामा २४५ मिटर आरसीसी नाला तथा सडक स्तरोन्नति कार्यको शिलान्यास

१८ नं. वडामा २४५ मिटर आरसीसी नाला तथा सडक स्तरोन्नति कार्यको शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ बैशाख - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दीपककुमार बर्माले पशुपति नगर क्षेत्रमा रु २१ लाखको लागतमा निर्माण हुन लागेको २४५ मिटर आरसीसी नाला तथा सडक स्तरोन्नति कार्यको आज एक कार्यक्रम बीच शिलान्यास गर्नुभएको छ। स्थानीय बासिन्दाको उपस्थितिमा सम्पन्न शिलान्यास कार्यक्रममा वडा अध्यक्ष बर्माले वडा नं. १८ मा तीव्र रूपमा विकास निर्माणका कार्य अगाडि बढिरहेको बताउनुभयो। उहाँले यसअघि पनि विभिन्न टोल तथा क्षेत्रमा सडक, नाला तथा पूर्वाधार निर्माणका योजनाहरूको शिलान्यास गरिसकिएको र अधिकांश योजनाहरू निर्माणको चरणमा रहेको जानकारी दिनुभयो। वडा अध्यक्ष बर्माका अनुसार चालु आर्थिक वर्ष भित्र वडा नं. १८ मा अझ डेढदेखि दुई दर्जनसम्म नयाँ सडक तथा पूर्वाधार योजनाहरू शिलान्यास गर्ने तयारी रहेको छ। “जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने लक्ष्यसहित विकास निर्माणलाई प्र...