Tuesday, October 22सत्यम खबर
Shadow

राजनीति

जनताको घरघरमा मन्त्री राई

जनताको घरघरमा मन्त्री राई

प्रदेश ५, राजनीति, समाचार
सत्यमखबर नेपालगञ्ज, असोज ३१ गते । दसैंको विदामा आफ्नो गृहनगर नेपालगञ्ज पुगेका नेपाल सरकारका शहरी विकास मन्त्री मो. इस्तियाक राईले जनताको घरघरमा पुगेर दसैंको बधाई तथा शुभकामना दिनेक्रम जारी राखेका छन । शुभकामना आदानप्रदान को लागि मन्त्री राई संगै ५नम्बर प्रदेशका साँसद तथा कृषि बन तथा बातावरण समिति प्रदेश नं. ५ का सभापति बिजय बहादुर यादव र पार्टीको जिल्ला अध्यक्ष कमरुद्दिन राई स्थानीय नेता कार्यकर्ता पदाधिकारीहरु समेतको टोली रहेको समाजवादी विद्यार्थी फोरम नेपालको अध्यक्ष फैज हल्वाई ले बताए । यसैगरी मंगलवार मन्त्री राईले डुडुवा गाउँपालिकाका विभिन्न गाउँमा पुगेर जनतासंग शुभकामना आदानप्रदान गरेका छन् । सो अवसरमा होलिया, बेतहनी, बनकट्टी र कम्दीका ८ (आठ) गाउँ भन्दा बढी स्थानमा पुगेर मन्त्री राईले जनतासंग भेट गरेर उनिहरुको पिरकर्मा बुझ्नुका साथै शुभकामना आदानप्रदान गरेको हल्वाई ले बताए । सो अव...
उपेन्द्र यादवको चेतावनी पछि तिहारपश्चात संविधान संशोधनको तयारी

उपेन्द्र यादवको चेतावनी पछि तिहारपश्चात संविधान संशोधनको तयारी

प्रदेश ५, राजनीति, समाचार
सत्यम खबर काठमाडौं,२९ असोज । सरकारले तिहारपछि संविधान संशोधन गर्ने भएको छ । संघीय समाजवादी फोरम नेपालले संशोधन नभए सरकार छोड्ने र पुन आन्दोलनमा होमिने अन्तिम चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली तिहारपछि संशोधन गर्न तयार भएका हुन् । ओलीले तराई र आम नेपाली जनताको हितमा हुनेगरी संशोधन प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएको फोरमका नेता शिवजी यादवले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले तिहारपछि पनि संविधान संशोधन नभए बाध्य भएर सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री ओली तिहारलगत्तै संशोधनको प्रक्रिया अगाडि बढाउन तयार भएका हुन् । यादवले भने, ‘तिहारपछि पनि प्रधानमन्त्री संविधान संशोधनको लागि यदि ठोस रुपमा अगाडि बढ्नु भएन भनेदेखि हामीले पनि बाध्य भएर सोच्नुपर्ने अवस्था आउँछ । त्यसपछि हामीले केही भनौंला ।’ नेता य...
सिके राउत रौतहटबाट पक्राउ

सिके राउत रौतहटबाट पक्राउ

राजनीति, समाचार
सत्यम खबर रौतहट, २१ असोज । स्वतन्त्र मधेसको माग गर्दै आएका सिके राउत रौतहटको गौरबाट आइतबार पक्राउ परेका छन्।रौतहटमा प्रहरीले राउतलाई दिउँसो जिल्ला अदालतबाट फर्कदै गर्दा पक्राउ गरेको हो । राउत दिउँसो आफ्ना समर्थकका साथ एकसय भन्दा बढी मोटरसाइकल र्याली लिएर अदालतमा पुगेका थिए। उनी पुरानो मुद्दाको शिलशिलामा रौतहट जिल्ला अदालतमा हाजिर हुन पुगेका हुन्। यसअघि पनि सिके राउत विभिन्न जिल्लामा पटकपटक पक्राउ पर्दै छुट्दै आएका थिए । रौतहटमा प्रहरी प्रमुख एसपी केदार ढकालले राउतलाई पक्राउ गरी हिरासतमा राखेको जानकारी दिए।एसपी ढकालले भने, ‘डा. सिके राउतलाई राज्यविरुद्धको कसुर अन्र्तगत पक्राउ गरी अनुसन्धान सुरु गरेका छौँ।’ प्रहरीले राज्यविरुद्धको कसुर अन्र्तगत दफा ४९ को उपदफा ४ बमोजिम पक्राउ गरेको जनाएको छ। उक्त दफामा सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता उपर खलल गर्न नहुने उल्लेख छ । सिके राउतलाई पक...
उपयुक्त स्थान नै प्रदेश नं ५ को राजधानी बन्ने ः सभामुख घर्ती

उपयुक्त स्थान नै प्रदेश नं ५ को राजधानी बन्ने ः सभामुख घर्ती

प्रदेश ५, राजनीति
सत्यम खबर बाँके,२१ असोज । प्रदेश नं ५ का सभामुख पुर्ण घर्तीले बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा अब राजधानीको बहस शुरु भएको बताएका छन् । कोहलपुर नगरपालिका भित्रका संघसंस्था,नागरिक समाजका प्रतिनिधि,बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता सँगको छलफलका क्रममा सभामुखले राजधानीको बहस शुरु भएको बताएका हुन् । छलफलमा सहभागीले सरकार ,नेकपा पार्टी र प्रदेश नं ५ का सन्दर्भमा जिज्ञासा राखेका थिए । सभामुख घर्तीले राजधानी भौगोलिक सुगमता,प्रशासनिक सुगमता,वातावरणिय अनुकुलता र सुरक्षाको दृष्टिकोणले उपयुक्त स्थान नै प्रदेश नं ५ को राजधानी बन्ने दाबी गरे । सभामुख पुर्ण घर्तीले अबको समाजवाद कस्तो हो ? नेकपा भित्र बहस शुरु भएको पनि खुलासा गरे । नेकपा कोहलपुरका नेता खिल प्रसाद भुषालले नेकपा ठुलो पार्टी तथा दुई तिहाईको सरकार भन्ने जस्ता कुरालाई इंगित गर्दै हामीलाई आकारले नखाओस् भन्दै संगठन र सरकार बारे सचे...
बलात्कार र हत्याका घटनाप्रति महिला फोरमको चासो

बलात्कार र हत्याका घटनाप्रति महिला फोरमको चासो

प्रदेश ५, राजनीति, समाचार
बाँके,१४ असोज । देशमा बढ्दो बलात्कार र हत्या हिंसा नियन्त्रणका लागि दवाव दिन संघीय समाजवादी महिला फोरम बाँकेले आईतवार बाँके प्रशासन मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । बलात्कार र हत्या हिंसा नियन्त्रणमा सरकार उदासिन भएको भन्दै संघीय समाजवादी फोरमको भगिनी संगठन संघीय समाजवादी महिला फोरम बाँकेले चिन्ता र चासो व्यक्त गरेको हो । महिला फोरमले बलात्कार र हत्या हिंसाका घटनामा बढोत्तरी हुँदा कसैले पनि आफूलाई सुरक्षित महसुस गर्न नसकेको ठहर गर्दै ज्ञापनपत्र बुझाएको हो । महिला फोरमले बलात्कार र हत्या हिंसाका सन्दर्भमा बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएको जनाएकोछ । महिला फोरमकी अध्यक्ष उषा गौतम नेतृत्वको टोलीले आईतबार प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संघीय समाजवादी फोरम बाँकेका अध्यक्ष कमरुददीन राईले बताए । ज्ञापनपत्र बुझाउन...
अन्नुको हत्या घटनालाई पचाउन खोजिएको माइतीको दावी

अन्नुको हत्या घटनालाई पचाउन खोजिएको माइतीको दावी

प्रदेश ५, राजनीति, समाचार
बाँके,१४ असोज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २, बाबागाउँकी २६ वर्षीया अन्नु वर्माको हत्यालाई तोडमरोड गरि कमजोर बनाउन खोजिएको दावी गरिएको छ । गत भदौ १४ गते राति घर नजीकै अन्नुको हत्या भएको माइती पक्षको दावी छ । अन्नुको हत्या अभियोगमा सासु धनदेई कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र स्थानीय हरिहर प्रसाद तेली हिरासतमै रहेका बेला अन्नुकी भाउजु विन्दुकमारी वर्माले पोष्टमार्टम रिपोर्ट मार्फत अभियुक्तलाई उन्मुक्ति दिने प्रपञ्च गरिएको दावी गरिन । बाँके जिल्ला अदालतमा मुद्धा दर्ता भई विचाराधिन रहेको छ । भदौ १५ गते एकाबिहानै अन्नुका पाँच वर्षीय छोराले मावलीमा फोन गरेर आमा म¥यो भनेपछि मात्रै घटनाबारे माइती पक्षलाई जानकारी भएको थियो । अन्नुको शव घरभन्दा बाहिर नालीमा टाउकोमा चोट लागिएको अवस्थामा भेटिएको थियो । पोष्टमार्टममा डा. आकाश वेल्वासले टाउकोमा चोट लागेको र पानीले डुवेर मरेको उल्लेख गरेको...
कोहलपुर नगर विकास समितिका अध्यक्षलाई कारवाही गरिने — मन्त्री राई

कोहलपुर नगर विकास समितिका अध्यक्षलाई कारवाही गरिने — मन्त्री राई

प्रदेश ५, राजनीति, समाचार
बाँके,१३ असोज । सहरी विकास मन्त्री राईले मनोमानी तरीकाले आफनो मनपरी गर्न खोज्ने कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खडकालाई कारवाही गरिने बताएका छन । सबैलाई पायक पर्ने स्थानमा रहेको भेरी यातायात व्यवस्था कार्यालयलाई कोहलपुर सार्ने चलखेल गरेको भन्दै खडकालाई कारवाहीको दायरामा ल्याउने मन्त्री राईले बताएका हुन । जिल्लाको ग्रामीण क्षेत्रलाई समेत समेटिने गरि यातायात ब्यवस्था कार्यालय को लागि नेपालगञ्जनै उपयुक्त रहेकोले त्यस लाई अन्त्य सार्ने कुरा आफुलाई मान्य नहुने मन्त्री राईको भनाई रहेको छ । बाँकेको नेपालगञ्ज स्थित भेरी यातायात व्यवस्था कार्यालयलाई कोहलपुरमा सार्न चलखेल गरेको भन्दै कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खडकालाई सहरी विकास मन्त्रालयले स्पष्टीकरण समेत सोधेको छ । सहरी विकास मन्त्री राईको निर्देशनमा सहरी विकास मन्त्रालयकी सीडीई रमिता श्रेष्ठले यातायात कार्यालय सार्ने विषयम...