Friday, January 16सत्यम खबर
Shadow

मौसम

कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ५ असार - डुडुवा गाउँपालिकाको कार्यपालिका बैठकमा हातमा कालो पट्टी बाँधी गएका वडा नं.५,६ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई कालो पट्टी बाँधी बैठकमा उपस्थित गराउन नसक्ने अध्यक्ष चौधरीले भनेका हुन । डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, तानाशाह बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु तथा वडा नं.५ का वडा अध्यक्ष झंक थापा र ६ का वडा अध्यक्ष मोहनराम मिश्र लगायत कार्यपालिका सदस्य शिवकुमार जयसवाल, लिला सुनार, जवन्ती महाउतले हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका हुन । बिहान भएको बिरोध प्रदर्शन पश्चात पालिकाले आयोजित गरेको दिउँसो ३ः३० बजे कार्यपालिका बैठकमा वडा अध्यक्ष द्वय थापा र मिश्रा तथा कार्यपालिका सदस्य तीन जना लगायत ५ जना बैठकमा गई जनताको माँगको बारेमा कार्यपालिक...
तराई-मधेशका अधिकांश स्थानमा उखरमाउलो गर्मी

तराई-मधेशका अधिकांश स्थानमा उखरमाउलो गर्मी

अवधी, आस्था, प्रदेश ५, मौसम, समाचार
काठमाण्डौ, २८ जेठ – तराई-मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ । दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादवले भने, ‘खेतीपातीको काम त बिहान-बेलुका गर्छौँ । विगतमा भन्दा यो वर्ष त साह्रै गर्मी भएजस्तो लाग्छ । पहिला गर्मी हुँदा शीतलमा बस्न ठूलाठूला रुख हुन्थे, अहिले त रूख पनि कहाँ पाउनु रु बुढाले छाता ओड्नुभयो भने म सलको सप्को टाउकोमा हाल्छु, बुढाले टाउकामा फेटा बाँधे म छाता ओड्छु । यो घाम त वर्षौँदेखि छाता र सप्कोले छल्दै आएका छौँ ।’ मिथिला नगरपालिका–६ ढल्केवर निवासी आरती कुमारीले भनिन्, ‘घरबाट निस्किँदा घामबाट जोगिन ‘सनब्लक’ प्रयोग गरेकी थिएँ, पसिनाले सबै गयो । छाताले पनि घाम छेक्दैन । अहिले...
माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १६ जेठ-डुडुवा गाउपालिका वडा नं.५ र ६ का वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यले बुझाएको १० बूँदे माँग सहितको ज्ञापन पत्र माथि कुनै सुनुवाई नभएपछि आज डुडुवा गाऊ पालिका कार्यालय २ घण्टा घेराउ गरी काम कार्यवाही ठप पारिएको हो । मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएको भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गरी २ घण्टाका लागि ठप्प पारिएको कुरा वडा अध्यक्ष थापाले बताएका छन । उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउपालिकामा रहेका कुनै पनि व...
भारतबाट आयो युरिया मल, तर भएन ढुवानी

भारतबाट आयो युरिया मल, तर भएन ढुवानी

आस्था, प्रदेश ५, मौसम, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० माघ – मल ढुवानीकर्ताको नयाँ ठेक्का नलाग्दा कृषि सामग्री कम्पनीको युरिया मल सहज रूपमा ढुवानी हुन सकेको छैन । दुई सातायता भारतबाट ‘जी टु जी’ प्रकृयाबाट ठूलो परिमाणमा युरिया मल प्राप्त भइसक्दा पनि कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले करिब एक चौथाइ मल मात्र परिचालन गर्न सकेको छ । कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा आइतबार साँझ सम्ममा ४ हजार ७ सय ५० मेटन युरिया मल भित्रिसक्दा १ हजार ४ सय ४१ मेटन मातहतका कार्यालयमा परिचालन गरेको छ ।कार्यालयका सूचना अधिकृत आलोक कुमारका अनुसार, माघ ४ देखि ८ सम्मको ५ दिनको अवधिमा यति परिमाणमा मल परिचालन भएको हो । यस अवधिमा सबैभन्दा बढी रौतहटमा ४ सय ७० मेटन, धुलिखेलमा २ सय ३ मेटन, काठमाडौंमा १ सय ३६ मेटन, गजुरीमा २१ मेटन, त्रिशूलीमा ६० मेटन, हेटौंडामा २ सय ४१ मेटन, सिन्धुलीमा १ सय १३ मेटन, भरतपुरमा १७ मेटन, पर्वतमा १ सय ३० मेटन र...
पोखरा विमान दुर्घटना : मृतक ७२ जनाकै शव भेटियो

पोखरा विमान दुर्घटना : मृतक ७२ जनाकै शव भेटियो

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, १ माघ - आज बिहान पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामापरि बाँकि मृतक ४ जनाको शव पनि भेटिएको छ। उनीहरुको शव सशस्त्र प्रहरी बलको गोताखोर र रोप रेस्क्यु टोलीले निकालेको हो। दुर्घटनापरेका यात्रुहरुको शव गण्डकी अस्पतालमा राखिएको कास्की सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए। उनका अनुसार पोखरास्थित गण्डकी अस्पतालमा ३१ जनाको शव पुर्‍याइएको छ। आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका सदस्यसहित जम्मा ७२ जना यात्रु सवार रहेका थिए। यस्तै मृतकहरुमध्ये ११ जनाको शवको सनाखत भएको छ।...
‘जीटुजी’ मलको पहिलो र्‍याक रक्सौल आइपुग्यो

‘जीटुजी’ मलको पहिलो र्‍याक रक्सौल आइपुग्यो

आर्थिक, आस्था, प्रदेश ५, मौसम, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ पौष – नेपाल सरकारले भारतसँग ‘जीटुजी’ प्रक्रियाबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल बोकेर पहिलो रेल्वे र्‍याक आइपुगेको छ । २ हजार ५ सय १० मेट्रिक टन मल बोकेको पहिलो रेल्वे र्‍याक वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे स्टेसनमा शुक्रबार बिहान आइपुगेको हो । कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र प्रसाद चौलागाईका अनुसार कोलकाता बन्दरगाहबाट चलेको उक्त रेल्वे र्‍याक शनिबार बिहान करिब ७ बजे रक्सौल रेल्वे स्टेसन आइपुगेको हो । अब रक्सौलबाट ट्रकमा ढुवानी गरी उक्त मल वीरगन्जसम्म ल्याइने छ ।कुल ३० हजार मेट्रिक टन मलमध्ये २५ हजार ५ सय मेट्रिक टन रक्सौल वा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आउन सक्ने उनले बताए । ‘हाललाई पहिलो र्‍याक रक्सौल रेल्वे स्टेसनमा आए पनि दोश्रो वा त्यसपछिको र्‍याक सिर्सिया सुक्खा बन्दरगाहमा पनि आउन सक्छ,’ उनले भने, ‘वीरगन्ज आएको मल...
चिसो बढेपछि डुडुवाका शैक्षिक संस्था बन्द

चिसो बढेपछि डुडुवाका शैक्षिक संस्था बन्द

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा (बाँके) २३ पुस । अत्याधिक चिसो बढेपछि बाँके डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् ।केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुने भएपछि आईतबार पुस २४ गतेदेखि पुस २९ गतेसम्म शैक्षिक संस्था बन्द हुने भएको छ ।गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बालविकास तथा संस्थागत विद्यालयहरु ६ दिनका लागि बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । शाखा प्रमुख कर्णले एक सूचना जारी गरि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जनाउनु भएको छ ।यसविचमा सामुदायिक विद्यालयहरुमा सञ्चालित परिक्षाहरु मध्ये बाँकी रहेका विषयहरुको परिक्षा विद्यालय खुलेपछि पुर्ववत अनुसार सञ्चालन हुने समेत सूचनामा उल्लेख गरिएको छ ।...
चिसोमा जिवन रक्षाको माग गर्दै गृह मन्त्रालयको ध्यानाकषर्ण

चिसोमा जिवन रक्षाको माग गर्दै गृह मन्त्रालयको ध्यानाकषर्ण

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ पौष – चिसो तथा शितलहर शुरु भएपछि त्यसबाट बच्नका लागि पुर्व तयारीबारे बाँके प्रशासनमार्फत गृह मन्त्रालयको ध्यानाकषर्ण गराइएको छ । बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले आज विहीबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयद्धारा देशका पश्चिम जिल्लाहरुमा एक्कासी बसेको चिसोको व्यवस्थापन तथा पुर्व तयारीका बारेमा ध्यानाकषर्ण गराएको हो ।अहिले बाँकेमा चिसो बढेपछि शितलहर र कुहिरोका कारण जेष्ठ नागरिक, असहाय, बालवालिका, दिर्घरोगी, मजदुर, अति विपन्न परिवारका नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर परि विरामी भई जनजिवन कष्टकर हुन थालेको छ । सो कुरालाई मध्यनजर गर्दै ५ बुंदे ध्यानाकषर्ण गराइएको हो ।शीतलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सो बाट बच्ने उपायका बारे प्रत्येक गाउँ, टोलमा जनचेतना फैलाउने कार्य तत्काल गर्न गराउन, चिसो तथा शीत लहरका कारण नागरिकको जिवन रक्षार्थ प्र...
डोटी भूकम्प : भूकम्प प्रभावितको उद्धारमा खटिए सेना र प्रहरी

डोटी भूकम्प : भूकम्प प्रभावितको उद्धारमा खटिए सेना र प्रहरी

आस्था, प्रदेश ७, मौसम, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २३ कार्तिक – नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् ।डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ ।यता कैलालीको धनगढीसहितका क्षेत्रमा भूकम्पको धक्का महसुस हुँदा राति धेरै सर्वसाधारण घर बाहिर निस्केका थिए । जिल्लामा अहिलेसम्म भूकम्पका कारण मानवीय क्षति भएको खबर नपाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।अछामको शान्तडा र मङ्गलसेन क्षेत्रमा कतिपय घर चर्केको त्यहाँस्थित प्रहरी निरीक्षक कैलास सिंहले जानकारी दिए । त्यहाँ मानवीय क्षति भएको खबर नआएको उनले बताए । डोटीका अन्य क्षेत्रमा धेरै व्यक्तिका घरमा चिरा परेको जानकारी आएको जोरायल गाउँपालिकाक...
दुई दिने आगलागी नियन्त्रण तालिम सम्पन्न

दुई दिने आगलागी नियन्त्रण तालिम सम्पन्न

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ कार्तिक - नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा २ दिने आगलागी नियन्त्रण सम्वन्धि तालिम नेपालगन्जमा शुक्रवार सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा नेरेसो बाँके शाखाद्वारा नेपालगन्ज उपमहानगरपालिकासंगको समन्वयमा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ र ७ का २९ जनाको सहभागितामा आधारभूत आगलागी जोखिम नियन्त्रण तालिम सम्पन्न भएको हो । उक्त तालिममा आगलागी हुने कारणहरु, घरायसी आगलागी नियन्त्रणका उपाय, शहरी क्षेत्रमा हुन सक्ने आगलागीका कारणहरु, आगलागी रोकथाममा सुमदायको भुमिका लगायतका विषय तथा सम्भावित जोखिमको बारेमा शैद्धान्तिक तथा व्यवहारिक ज्ञानवारेमा प्रशिक्षण दिएको थियो । शसस्त्र प्रहरी वल शम्शेरगंजका प्रहरी निरीक्षक विशाल पाण्डले संयोजन गरेको तालीममा शसस्त्र प...