Tuesday, October 22सत्यम खबर
Shadow

टिकटक बनाउने क्रममा गम्भिर घाईते

दाङ, ५ पौष – टिकटक बनाउने क्रममा यहाँएका एकजना युवा झुलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा टिकटक बनाउने क्रममा पुलमा झुन्डिएका थिए । त्यही क्रममा पुलबाट खसेर उनी गम्भीर घाइते भएका हुन् ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहका अनुसार गम्भीर घाइते थापाको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
थापालाई राप्ती प्रादेशिक अस्पताल तुसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको हो । शनिबार दिउँसो २ बजेतिर बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा नजिकको झुलुङ्गे पुलमा टिकटक बनाउने क्रममा लडेर उनी गम्भीर घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *