Sunday, November 24सत्यम खबर
Shadow

सुर्खेत र लखनउ विजयी शुरुवात

नेपालगन्ज, २ माघ – बाँकेमा सञ्चालन भइरहेको प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगितामा गुर्वाकोट क्लब, सुर्खेत र साहरा एफसि, लखनउले विजयी सुरुवात गरेका छन् ।
जसकिसान स्पोटर््स क्लबको आयोजनामा जिल्लाको खजुरा गाउँपालिका–१, सैनिकमा जारी प्रतियोगिताको पाँचौदिनको पहिलो खेलमा शान्ति स्पोटर््स क्लब बाँकेलाई गुर्वाकोट क्लबले ०–२ गोलले हरायो ।


र दोस्रो खेलमा साहरा एफसी लखनउले चन्दनाथ क्लब जुम्लालाई ३–१ गोल अन्तरले हरायो ।
गुर्वाकोटका लागि धर्मेन्द्र थापाले २ गोल गरे । थापाले दोस्रो हाफको २२ र २८ मिनेटमा गोल गरे ।
लखनउका लागि जुवेर अलीले खेलको १० मिनेटमा पहिलो गोल गरे भने मोन्टी राजले खेलको १७ र दोस्रो हाफको ३० मिनेटमा गरी दुई गोल गरे ।


चन्दनात क्लबका लागि भने शौगात भण्डारीले दोस्रो हाफको ३ मिनेटमा गोल गरेका थिए ।
जय किसान स्पोर्ट्सले आयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् ।


नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए ।


मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *