Sunday, November 24सत्यम खबर
Shadow

राजापुरको दबदबा युथ स्टार नेपालगन्जमाथि

नेपालगन्ज, २ माघ – बाँकेमा सञ्चालन भइरहेका प्रथम स्वार्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगितामा राजापुर क्लब, बर्दियाले युथ स्टार एफसि, नेपालगन्जमाथि पूर्ण दबदबा बनाउन सफल भएको छ । खेलभर राजापुरले युथ स्टरमाथि दबदबा बनाउँदै ४–० ले विजयी भयो ।
खजुरा गाउँपालिका–१, सैनिकमा जारी प्रतियोगिताको चौथो दिन राजापुरले खेल सुरु भएको एक मिनेटमै गोल गर्न सफल भएको थियो । राजापुरका लागि जर्सी नम्बर २ का राजु थारुले गोल गरेका थिए ।


त्यसैगरी जर्सी नम्बर ११ का थागु थारुले राजापुरका लागि थप दुई गोल गरे । उनले खेलको ५ औं र ८ औं मिनेटमा गोल गरेका थिए । साथै जर्सी नम्बर १३ का निलम थारुले खेलको ५३ औं मिनेटमा राजापुरका लागि थप एक गोल गरे ।
खेलमा युथ स्टारका खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
प्रतियोगिताको पाचौं दिन शुक्रबार दुई खेल हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा शान्ति स्पोटर््स क्लब र गुर्वाकोट क्लब खुर्सेतले प्रतिस्प्रधा गर्नेछन् ।
साथै दोस्रो खेलमा साहारा एफसि लखनउ र चन्दनाथ क्लब जुम्लाबीच प्रतिस्प्रधा हुनेछ ।
जय किसान स्पोर्ट्सले अयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् ।


नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए ।
मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *