युनाइटेड र होलिल्यान्ड फाइनलमा
नेपालगन्ज, २८ फागुन – युनाइटेड र होलिल्यान्ड अन्तर स्कुल मेयर तथा उपमेयर क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेका छन ।कोहलपुर क्रिकेट मैदानमा युनाइटेडले आर्दशलाई १ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्दशले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय २६ रन बनाएको थियो । आर्दशका लागि आनन्द यादवले २४ रन, अभिन थापाले २१रन र ज्ञानेन्द्र रोकाले १८ रन बनाएका थिए । युनाइटेडका समिर राना र अहमद खानले २–२ विकेट लिए ।
जवाफमा युनाइटेडले १८.४ ओभरमा ९ विकेटको क्षतिमा जित हासिल गरेको थियो । युनाइटेडका लागि सौरभ चौधरीले सर्वाधिक २९ रन, अंकुर सिंहले १९ रन,विकास साहुले १४ रनको योगदान गरे । आर्दशका रोहित सुनारले ३ विकेट र दिपेश मगरले २ विकेट लिए । खेलमा युनाइटेडका अहमद खान म्यान अफ द म्याच घोषित भए ।यसैगरी अर्को खेलमा होलिल्यान्डले एबिसि रेसिडेन्टलाई ८ विकेटले हरायो । टस जितेर...









