Thursday, November 21सत्यम खबर
Shadow

कला/साहित्य

लौ जा, प्रतिनीधि सभा नै भङ्ग

लौ जा, प्रतिनीधि सभा नै भङ्ग

कला/साहित्य, प्रदेश ५, राजनीति, समाज
(कविता)२०७७ माघ ८ गते श्रवणकुमार यादव # चरम मा छ है भष्टाचार, डकैति गर्दै छ सरकार #जहाँ हुनु थियो हमदर्दी, त्यहाँ हुँदैछ गुण्डागर्दीरक्षक नै भक्षक भयो, लुटतन्त्र नै व्यापक भयो ।कालो, आकासे, सेतो कोट मै लाग्न थाल्यो दाग अपराधी बाटै कमिशन लिन लागे हाकिम शाब ।चरम मा छ हैं भष्टाचार, डकैति गर्दैछ सरकार ।व्यापारी सम्पादक छन्, कलम सत्यमा रुक्न थाले ।झुठ खबर ले लतपत छ समाचार । जनता सेवा मा समर्पित छु, समृद्धि विकास गर्ने छु ।औद्योगिक कलकार खाना खोलेर, स्वरोजगार बनाउने छुभन्दै हिँड्ने नेता जी ।भ्रष्टाचारि भएर देशको सम्पति दोहन गर्दै ।हिँड्न थालेँ नेता जी । चरम मा छ हैं भष्टाचार, डकैती गर्दैछ सरकारअनपढ मन्त्री मण्डल मा आफै लेखेको संबिधान,पढ, बुझ्न न सकेर, तानाशाह भयो चौकीदार ।हुँदै न भएको धारा प्रयोग गरेर, गफगफैमा हामी भयो दङ्ग । @ लौ जा, प्रतिनीधि सभा नै भङ्ग @चरम मा छ हैं भष्टाचा...
सयौं फूलका थुँगा हामी एउटा माला नेपाली …

सयौं फूलका थुँगा हामी एउटा माला नेपाली …

कला/साहित्य, प्रदेश ५, राजनीति, समाज
म पहिचान बादी भएर के बिगारेयो ?हाम्रो भेष, भुषा सांस्कृति लाई आफू जस्तै समानता देऊ भन्दा के विगारेयो ?म नेपाली भएर पनि नेपालीपन को आभास गर्न पाउँ भन्दा के विगरियो ? ??कविता??नेपालगन्ज, ६ माघ एकल नश्लबादले राष्ट्रियता बलियो हुँदैन ।एउटा भाषा एउटै भेष एउटा धर्म नलादौ भन्दा के विरयो ?समाबेशी समानुपातीक रूपमा समृद्धि मा लागौं भन्दा के विगरियो ? सयौ फूलका थुँगा हामी एउटा माला नेपाली …सबै फूलहरुको माला ऊनौ भन्दा के विरायो ?चार वर्ण छत्तीस जात जातिको फूलबारी भन्दैगर्दा ।मैले तिम्रो फूलबारी सँगै मेरोमा सिँचाइ गर्देऊ भन्दा के बिरायो ? तिम्रो लागि तिम्रो सबै थोक राम्रो होलामेरो भेषभुषा, धर्म सांस्कृतिलाई जोगाई देऊ भन्दा के बिरयो ।यो देश सबैको साझा हो जनसंख्या मेरो आधा हो ।त्यसैको आधारमा समावेश गराइदेऊ भन्दा के बिरयों ? उत्पिडित, उपेक्षित जनताकाेपहिचान जोगाई देऊ भन्दा के विरयों ?सघ...
म रहे न रहे पनि, मेरो देश रही रहोस् ।

म रहे न रहे पनि, मेरो देश रही रहोस् ।

कला/साहित्य, प्रदेश ५
म रहे न रहे पनि, मेरो देश रही रहोस् ।शासन, सत्ता धेरै बदलिऊ,धेरै उपलब्धिहरु हासिल गरिँदैछुटेका ती थप कुरा पनि चांडै थपिँदै जाओस् ।भएका ती तिक्ताहरु चांडै नै अन्तहोस् ।म रहे न रहे पनि, मेरो देश रही रहोस ।। अध्यक्ष : श्रवण कुमार यादव, नेपालगन्ज नगर समिति जसपा, बाँके हजारौ सपुतको बलिदानीका ती उपलब्धिहरुसंघियता, धर्म निरपेक्षता लोकतन्त्र रही रहोस् ।उत्पीडित, उपेक्षित जनताको आवाज नथिचियोस् ।समानुपातिक समावेशी, समानताका निम्ति ।पहिचानबादीको कदमहरु कहिले नरोकियोस् ।म रहे, नरहे पनि मेरो देश रही रहोस् ।यो देश हाम्रो हो सबैमा गर्व भईरहोस् ।म रहे नरहे पनि मेरो देश रहिरहोस् । म सुनेको छु ?आर्यघाटका चिताहरु जुरमुराउन थाले छन् ।प्रतिगमनका पाइलाहरु बढ्न लागे छन् ।तानाशाहका सन्ततिहरु, हिजोका ती पञ्चायतीहरुपुन प्रतिगमनका बादल ल्याउन समान्तीहरु मिल्दै छन् ।सच्चिएर अनर्गलका बाजा बन्द गर ।विगत का ती ...
कमल निर्मोही : परिचित नाम एक संक्षिप्त अनुभूति !

कमल निर्मोही : परिचित नाम एक संक्षिप्त अनुभूति !

कला/साहित्य, प्रदेश ५, यता पनि, समाज
झटट हेर्दा कुनै फिल्मको सदावहार नायक झै लाग्ने अर्थात आकर्षक शारीरिक बनावटका धनी व्यक्तित्व कमल विके निर्मोही चिनाई रहनु पर्ने नाम त होइन । हुनत "ढुङ्गा जस्तो माया" चलचित्र लगायत टेलिफिल्महरुमा नायकको भुमिका उहाँबाट निर्वाह नभएको पनि होइन । सुन्दर आकर्षण र स्फुर्ती उहाँको चारीत्रिक विशेषता भित्रै पर्दछ । अर्को कोणबाट कमल निर्मोही उत्पीडित तथा दलित समुदायको साङ्गेतीक आकाशको पुरानो आइकन अर्थात धरोहर पनि हो । देशका प्रत्येक वस्तिमा कमल निर्मोहिको नाम परिचित नहुन सक्छ तर हालको ५,६ र ७ नम्बर प्रदेश तथा साबिकको मध्य र सूदुरपश्चिम अञ्चलका प्रत्येक वस्तिमा परिचीत र सबैको जनजिब्रोमा झुन्डिएको आदरयोगी नाम हो र साथै दलित समुदायको प्रतिनिधि पात्र एवं पहिचान दिने आदर्श पनि हो । रेडियो नेपालमा जागीरको सन्दर्भ होस वा वरिष्ठ संचारकर्मीको रुपमा होस उहाँ ३०/३२ वर्षदेखि अनवरत रुपमा यहि क्षेत्रमा कर्म...
बहुप्रतिभाको तयारी बारे जानकारी दिंदै ‘नटीहटी’

बहुप्रतिभाको तयारी बारे जानकारी दिंदै ‘नटीहटी’

कला/साहित्य, प्रदेश ५, भिडियो, विचार/अन्तर्वार्ता
नेपालगन्ज, १८ पौष – नेपालको ऐतिहासिक नगरी बाँकेको नेपालगन्जमा हुन गईरहेको प्रदेश स्तरीय बहु प्रतिभाको खोजी कार्यक्रमको तयारीका लागि हाल नेपालगन्जमा रहेकी बहुप्रतिभाकी धनी ‘नटीहटी’ को नामबाट परिचित अनुपम श्रेष्ठसित गरिएको कुराकानी । https://www.youtube.com/watch?v=czN9_PGf0HE
बाँकेमा “प्रदेश स्तरीय बहु प्रतिभाको खोजी” हुने

बाँकेमा “प्रदेश स्तरीय बहु प्रतिभाको खोजी” हुने

कला/साहित्य, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १८ पौष – नेपालको लुम्बिन प्रदेश अन्तर्गत बाँकेमा “प्रदेश स्तरीय बहु प्रतिभाको खोजी” कार्यक्रमको आयोजना हुने भएको छ ।नेपालगन्ज युवा क्लबद्वारा आयोजित हुने प्रदेश स्तरीय बहु प्रतिभाको खोजी कार्यक्रममा खास गरी चार विद्यामा छुट्टाछुट्टै अडिसन लिईने बताईएको छ ।माघ ५ गतेसम्म छटौना गरी राष्ट्रिय स्तरसम्म प्रदेशका कलाकारहरुलाई पहिचान गराउने उद्देश्यका साथ आयोजित प्रदेश स्तरीय बहु प्रतिभाको खोजी कार्यक्रमको लक्ष्य रहेको आयोजक संस्थाका संयोजक दिपु मल्लले बताउनुभयो । संयोजक मल्लका अनुसार माघ ५ गतेसम्म हामीले ३० जना कलाकारहरुलाई छनौट गरिने, उनीहरुलाई प्रशिक्षित गर्ने र माघ १० गते ग्रेनफिनाले गरी प्रथम हुने कलाकारलाई रु. १ लाख ५१ हजार १ सय नगदबाट पुरस्कृत गरी राष्ट्रिय स्तरमा पहिचान हुने मञ्च प्रदान गरिने बताए ।यसैगरी दोस्रो हुनेलाई रु. ५१ हजार नगदबाट पुरस्कृत गरिने तथा गीतमा प्रथम हु...
नेपालगन्जका तीन वरिष्ठ कलाकार सम्मानित

नेपालगन्जका तीन वरिष्ठ कलाकार सम्मानित

कला/साहित्य, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज÷ १ पौष – रंगमञ्च, नाट्य, चलचित्र कलाप्रति चासो र रुचि राख्ने युवाहरुका लागि यहाँ आयोजित साताव्यापी अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न भएकोछ । नेपालगन्जमा प्रशिक्षणको आयोजना गरिएको थियो ।नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पहिलो पटक आयोजित प्रशिक्षणमा सहभागीहरुलाई समापन समारोहका वीच प्रमाण पत्र वितरण गरिएको हो । प्रशिक्षणमा बाँके, बर्दिया, दाङ्ग, कैलाली, सुर्खेत, अछाम, कालिकोट लगायतका जिल्लाहरुबाट ३७ जना युवाहरुको सहभागिता रहेको थियो । नेपालगन्जमा सात दिने कार्यशालाको आयोजना गर्न लागेको हो । नेपाल साँस्कृतिक प्रतिष्ठान, राष्ट्रिय नाचघरको नाट्य विभागका प्रमुख चर्चित वरिष्ठ रंगकर्मी, चलचित्र नायक, निर्देशक वीरेन्द्र हमालले प्रशिक्षणमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिनु भएको थियो ।कार्यक्रमका बीच प्रशिक्षार्थीहरुले एक मार्मिक अवधी नाटकमा अभिनय पनि प्रदर्शन गरेका ...
‘झनकान्छी, म अब तिम्रो भट्टीमा कहिल्यै आउदिनँ’

‘झनकान्छी, म अब तिम्रो भट्टीमा कहिल्यै आउदिनँ’

कला/साहित्य, समाज
बाबुआमाले अब अर्को छोरी जन्मिन्न भनेर ऊभन्दा अघिल्लि छोरीको कान्छी नाम राखेपछि जन्मेकी छोरी भएकीले उस्को नाम रह्यो, झनकान्छी । कान्छीभन्दा बढ्ता कान्छी । कान्छीलाई भन्दा थप पनि प्रेम । पहिलादेखि आमाकी साथी ।रक्सी बेचेरै जीवन बिताएकी आमासँग बस्दा बस्दा उस्ले पनि जीवनमा आमासँगै रक्सी बेच्ने कला सिक्यो । आमा बुढी हुँदा ऊ तरुनी भइ । हरियो पर्दाभित्रको एउटा सानो कोठामा, आमाको छाती सुक्दा उस्को जवानी भरिलो भयो । त्यही कोठामा, रक्सीको जवानी भने अमर थियो ।सलाईको काँटी झनकान्छीको पानीमा खन्याउने हो भने गिलासमै डढेलो लाग्थ्यो, मानौँ कुनै बस्तीमा आगो बौरिएर हिँडेको जस्तो । आमालाई जिन्दगीको चौतारीमा आराम गर्न दिएर, खन्याउन थाल्यो झनकान्छीले आफ्नो पोतिलो वैँशले रक्सीको भरिलो वैँश अरुको खाली गिलासमा । म झनकान्छीको भट्टीको नियमित ग्राहक । मलाई उस्को रक्सी निकै मिठो लाग्छ । गिलासमा रक्सी हाल्न यसो ...
कलाकार तयार गर्न एक साताव्यापी नाट्य कार्यशाला हुँदै प्रमुख प्रशिक्षक चर्चित कलाकार वीरेन्द्र हमाल

कलाकार तयार गर्न एक साताव्यापी नाट्य कार्यशाला हुँदै प्रमुख प्रशिक्षक चर्चित कलाकार वीरेन्द्र हमाल

कला/साहित्य, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २४ मंसिर – नाट्य, चलचित्र कलाप्रति चासो र रुचि राख्नेका लागि नेपालगन्जमा प्रशिक्षणको आयोजना गरिएको छ ।नेपालगन्जमा पहिलो पटक आजदेखि शुरु हुन लागेको प्रशिक्षणमा बाँके, बर्दिया, दाङ्ग, कैलाली, सुर्खेत लगायतका जिल्लाहरुबाट नाट्यमा रुचि राख्ने करीब ३ दर्जन युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपालगन्जमा सात दिने कार्यशालाको आयोजना गर्न लागेको हो । कार्यशालाको मुख्य प्रशिक्षकका रुपमा नेपालगन्जका चर्चित चलचित्र कलाकार वीरेन्द्र हमाल रहेका छन् । नाट्य कला क्षेत्रमा राष्ट्रिय स्तरमा स्थापित हमालले नेपालगन्जमा कला क्षेत्रमा रुचि राख्नेहरुको प्रतिभा निखार्न उनीहरुका लागि प्रशिक्षणको आयोजना गर्न लागेको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।वाल्यकालदेखि नै नेपालगन्जमा कलाकारिताको क्षेत्रमा आबद्ध नेपालगन्ज घरवारी टोलमा जन्...
मेरो आँशु मात्र हेर्न चाहनेलाई मेरो बिहेको निर्णयले पोल्नेछः श्वेता खड्का

मेरो आँशु मात्र हेर्न चाहनेलाई मेरो बिहेको निर्णयले पोल्नेछः श्वेता खड्का

कला/साहित्य, समाचार, समाज
काठमाडौं, २२ मंसिर – अभिनेत्री श्वेता खड्काले आफ्नो जीवनको दुःखद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा आफू पुगेको बताएकी छन् ।उनी मंसिर २२, आज सोमबार बिहे गर्दैछिन् ।‘म जीवनको दुःखद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु,’ उनले बिहेको पूर्वसन्ध्यामा, आईतबार फेसबुकमा स्टाटस लेखेकी छन्, ‘त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतीतका मीठा पलहरूलाई मनको कुनामा पोको पारी भविष्य सजाउने नवीन यात्रा थालनी गर्ने यो निर्णय लिनु म एक्लैका लागि सहज र सम्भव छँदै थिएन ।’ तस्बिरः श्वेता खड्काको फेसबुकबाट । उनले धनगढीका विजयेन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी हुन् ।आफ्ना परिवारका सदस्यको निरन्तर प्रयास, साथीसंगी, अग्रज र दिग्गज व्यक्तित्व लगायत शुभचिन्तकले दिएको हौसला, साहस र प्रोत्साहन कै कारण आफू यो निर्णय लिन सफल भएको उनले बताए...