Sunday, June 28सत्यम खबर
Shadow

आस्था

श्रीलंकालाई समयमै आर्थिक सहयोग गरेकोमा भारतका प्रधानमन्त्री मोदीलाई धन्यवाद: राष्ट्रपति विक्रमासिङ्घे

श्रीलंकालाई समयमै आर्थिक सहयोग गरेकोमा भारतका प्रधानमन्त्री मोदीलाई धन्यवाद: राष्ट्रपति विक्रमासिङ्घे

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ भाद्र –लामो समयदेखि गम्भीर संकटबाट गुज्रिरहेको श्रीलंकामा नेतृत्व परिवर्तन भएको छ ।श्रीलंकाका यी कठिन दिनहरूमा भारतले धेरै सहयोग गरेको छ र श्रीलंकाका राष्ट्रपतिले पनि संसदमा यस’bout कुरा गरेका छन्। श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकालाई समयमै आर्थिक सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । उनले भने कि भारत सबैभन्दा कठिन समयमा हामीलाई बचाएको छ। वास्तवमा, संसदको नयाँ सत्रलाई सम्बोधन गर्दै, श्रीलंकाका राष्ट्रपति विक्रमासिङ्घेले भने कि हाम्रो नजिकको छिमेकी भारतले आर्थिक संकटबाट पार पाउनका लागि गरेको सहयोगको विशेष धन्यवाद गर्न चाहन्छु। सबैभन्दा कठिन समयमा हामीलाई साथ दिनु भएकोमा भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन्छु । भारतबाट आएको सहयोग अतुलनीय छ । भारत हाम्रो नजिकको छिमेकी ...
आजको शिक्षाले नै भोलीको सफल भबिश्य निर्धारण गर्ने

आजको शिक्षाले नै भोलीको सफल भबिश्य निर्धारण गर्ने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ५ भाद्र - बाँकेमा एसईई परिक्षा उर्त्तिण गरेर बसेका बिद्यार्थीहरुलाई उच्च शिक्षाका लागि सहजिकरण गर्ने उद्धेश्यले युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगन्जमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीलाई पढाईका विषय तथा पुर्व तयारी कक्षा लगायतका विषयमा जानकारी गराउने उद्धेश्यले युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगन्जमा अभिमुखिकरण कार्यक्रम आइतवार सम्पन्न गरेको हो । बाँकेमा एसईई परिक्षा उर्त्तिण गरेर बसेका २ सय जना विद्यार्थीहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक ढाकाराम लामिछानेले सहजिकरण गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुलाई कस्तो विषय कहाँ पढ्ने, बिद्यार्थीले पढाइमा इच्छा जगाउँन के गर्ने, तथा पुर्व तयारी कक्षा लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो । उहाँले पढाइलाई रुचि बनाएर पढ्ने गरे मात्र शिक्षा क्षेत्रमा सफल हुने बताउनु भएको थियो । युनाइटेड एजुकेशन...
गुल्मेली समाज सेवाद्वारा तीज कार्यक्रम

गुल्मेली समाज सेवाद्वारा तीज कार्यक्रम

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र –गुल्मेली समाज सेवा समिति, बाँकेको पाँचौं अधिवेशन तथा तीजको दर खाने कार्यक्रम आयोजना गरिएको छ । शनिवार सम्पन्न अधिवेशनले हरिलाल न्यौपानेको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।संस्थाका सल्लाहकार पूर्णलाल चुकेको अध्यक्षतामा निर्माण गरिएको अध्यक्ष मण्डलले चयन गरेको समितिको उपाध्यक्षमा भीमलाल कँडेल, सचिवमा हिम नाथ पौडेल र कोषाध्यक्षमा प्रदीप सापकोटालाई चयन गरेको छ । अध्यक्ष मण्डलको सदस्यमा संस्थापक अध्यक्ष लक्ष्मण गौतम र सल्लाहकार नारायण ज्ञवाली थिए । त्यसैगरि सदस्यहरुमा प्रकाश गौतम, निलम ज्ञवाली, आरती गौतम, बल बहादुर दगामी, कमला गौतम, महेश ज्ञवाली, ठगीराम भण्डारी, दुर्गाप्रसाद काफ्ले, राजकुमार सापकोटा, कुञ्ज मणि पोखरेल र झविलाल शर्मालाई चयन गरेको छ ।नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई गुल्मीका संघीय साँसद् मैया भण्डारीले खादा...
मधेस प्रदेशमा साईकल खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले अनुशन्धान थालेपछि महत्वपुर्ण कागज नै वेपत्ता

मधेस प्रदेशमा साईकल खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले अनुशन्धान थालेपछि महत्वपुर्ण कागज नै वेपत्ता

अपराध, आर्थिक, आस्था, प्रदेश २, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
विरगञ्ज, ५ भाद्र –मधेस प्रदेशमा साईकल खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले अनुशन्धान थालेपछि महत्वपुर्ण कागज नै वेपत्ता पारिएको छ। आयोगले अनुसन्धान सुरु गरेपछि साइकल खरिद प्रक्रियामा मुख्यमन्त्री र प्रदेश सचिवले हस्ताक्षर गरेको कागज नै वेपत्ता पारिएको हो। मधेस प्रदेश सरकारले सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई वितरण गर्न पहिलो र दोस्रो चरणमा भएको साइकल खरिद प्रक्रियामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा गरिएको साईकल खरिद प्रक्रियामाथि छानबिन गरिरहेकाले निर्णय फाइल मागेको थियो। गत साउन २० गते अख्तियारको केन्द्रीय कार्यालय, टंगालले कागजात पठाइदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेखेको थियो। पत्रमा सम्पूर्ण कागजात साउन ३० भित्रै पठाउन भनिएको छ। तर, १४ हजार साइकल खरिद प्रक्रियाका ...
नेपाली कांग्रेस दार्चुलामा गाउँ घर अभियान सुरु

नेपाली कांग्रेस दार्चुलामा गाउँ घर अभियान सुरु

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
दार्चुला, ५ भाद्र – नेपाली कांग्रेस दार्चुलाले एकता, उत्साह सहित जीतमा रुपान्तरण गर्ने कार्यक्रम अन्तरगत ‘गाउँ घर अभियान’ मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ भर्तोलाबाट सुरु भएको जनाएको छ । अगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘गाउँ घर अभियान’ संचालन गरेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्योजना अन्तरगत दार्चुलामा पनि अभियानको सुरुवात गरेको नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले जानकारी दिनुभयो । वडा नम्बर १ का सभापति तारादत्त जोशी जेष्ठ राजनीतिक सभाका चन्द्र सिह सामन्त ,पालिका सभापति कृष्ण सिह सामन्त तथा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष एवं महाकाली नगपालिकाका पुर्व नगर प्रमुख हंसराज भट्टको प्रमुख आतिथ्यततामा भएको एक कार्यक्रमका बिच कार्यक्रमको ‘गाउँ घर अभियान’ को शुभारम्भ गरिएको हो ।...
अष्ट्रेलिया भारत बिचको सम्बन्ध सुमधुर बन्दैंः अष्ट्रेलियन रक्षा मन्त्री भारतमा

अष्ट्रेलिया भारत बिचको सम्बन्ध सुमधुर बन्दैंः अष्ट्रेलियन रक्षा मन्त्री भारतमा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ भाद्र –विगतका बर्षहरुमा भारत र अष्ट्रेलिया बीच सम्बन्ध राम्रो थिएन तर भारतीय प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीको आगमन र चीन संग भारतको बढेको विवादको कारण अष्ट्रेलिया भारतको नजिक हुँदै गएको विज्ञहरु बताउँछन् ।भनिन्छ चीनका कारण भारत र अस्ट्रेलियाबीचको सम्बन्ध विगत केही वर्षमा धेरै किसिमबाट सुधार एर्व परिवर्तन हुँदै यहाँ सम्म आईपुगेका हुन् । बेइजिङले क्यानबेरा र नयाँ दिल्लीलाई उनीहरूका केही परम्परागत बिन्दुहरू हेरेर बलियो र व्यापक रणनीतिक साझेदारी बनाउन अप्रत्यक्ष रुपमा प्रेरित गरेको छ । भारत र अष्ट्रेलीयाका यी साझेदारीहरुमा क्वाड साझेदारी र मालाबार नौसेना अभ्यासमा अष्ट्रेलियाको सहभागिताको अतिरिक्त द्विपक्षीय व्यापार सम्झौता समावेश छ। अस्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्सले भर्खरै नयाँ दिल्लीको सफल भ्रमण सम्पन्न गरेपछि यो सम्बन्ध थप मजबुत हुने सम्...
चीनले दक्षिण एसियाको अर्थतन्त्रलाई तहसनहस बनाउँदै

चीनले दक्षिण एसियाको अर्थतन्त्रलाई तहसनहस बनाउँदै

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, ५ भाद्र – भारतीय उपमहाद्वीप पछिल्लो समय सबैभन्दा चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छ। पाकिस्तानमा अस्थिर सरकार, श्रीलंकामा आर्थिक र राजनीतिक संकट, बंगलादेशमा वित्तिय कठिनाइ र म्यानमारमा सेनाले गरेको कू केही केही प्रमुख घटनाहरू हुन्। उक्त घटनाहरुले दक्षिण एसियाली क्षेत्रलाई अस्थिर पारेको थियो। यद्यपि, उक्त घटनाहरुबाट संलग्‍न राष्ट्रका लागि मात्र नभएर सिंगो विश्‍वका लागि केही सिकाइ भने जरुर भएको छ। उक्त उल्लेखित घटनाहरुको छायाँमा ड्र्यागन चीनको छायाँ देखिन्छ। विगत केही वर्षहरुमा पाकिस्तान, श्रीलंका, म्यानमार, बंगलादेशका लागि चीन एक शक्तिशाली सहयोगीको रूपमा खडा भएको देखिन्थ्यो। दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूले वर्षौं पहिले क्रेडिट लाइनहरू मार्फत आफ्नो समर्थन प्रतिबद्धता र विकास परियोजनाका लागि चिनियाँ पूर्वाधार बैंकहरूको माध्यमबाट मौद्रिक सहयोग उपलब्ध हुने प्रतिबद्धता पनि चीनले ग...
युक्रेन संकटले चीनलाई ताइवानमा पुनर्विचार गर्न बाध्य बनायो: सीआईए प्रमुख

युक्रेन संकटले चीनलाई ताइवानमा पुनर्विचार गर्न बाध्य बनायो: सीआईए प्रमुख

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
वासिङ्टन, ५ भाद्र – सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) प्रमुखले चीन ताइवानमा बल प्रयोग गर्न कटिबद्ध देखिन्छ तर युक्रेनमा रुसको अनुभवले बेइजिङलाई सोच्‍न बाध्य बनाएको छ। रुसले युक्रेनमा भोगेको अनिश्‍चिततामा पर्नसक्ने भयका कारण चीनले तत्काल ताइवानमा कुनै कदम चाल्नसक्ने अवस्था नरहेको पनि उनले बताएका छन्। सीआईए निर्देशक विलियम बर्न्सले चीनले सम्भवतः युक्रेनमा रुसलाई देखेको छ र ‘तपाईले कम बल प्रयोग गरेर छिटो, निर्णायक जीत हासिल गर्नुहुन्‍न,’ भन्‍ने कुरा बुझेको बताएका छन्। चीनले बारम्बार ताइवान आफ्नो क्षेत्रको हिस्सा भएको दाबी गर्दै आएको छ र यस टापुको नियन्त्रण लिन बल प्रयोग गर्न अस्वीकार गरेको छैन। एस्पेन सेक्युरिटी फोरममा बोल्दै बर्न्सले युक्रेनमा रुसको पाँच महिना पुरानो युद्धलाई हेर्दा चीन ‘अस्थिर’ थियो, जुन उनले राष्ट्रपति भ्लादिमिर पुटिनको लागि ‘रणनीतिक असफलता’ को रूपमा चित्रण ग...
नेपालगन्जलाई सूचना मैत्री बनाउने : मेयर विष्ट

नेपालगन्जलाई सूचना मैत्री बनाउने : मेयर विष्ट

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज ४ भाद्र – भाद्र ३ गतेलाई राष्ट्रिय सूचना दिवसको रूपमा मनाउने गरिन्छ । २०६४ साल साउन ५ गते तत्कालीन अन्तरिम व्यवस्थापिकाले नेपालमा सूचनाको हक सम्बन्धी ऐन पारित गरेको थियो । सोको ३० दिनपछि अर्थात् ३ भाद्र, २०६४ बाट यो ऐन कार्यान्वयनमा आएको हो । सोही सन्दर्भमा यो दिवस मनाउन सुरु गरिएको हो । १५ वर्ष पूरा भए पनि नेपालमा सूचनाको हक, कार्यान्वयन र नीतिगत सुधारको दुईवटा मुख्य चुनौतीको बीचबाट गुज्रँदै प्रभावहीन बन्ने खतरा बढ्दै गएको छ । सूचनाको हकलाई संविधान मै मौलिक हकको रूपमा व्यवस्था गर्ने दक्षिण एसियाको पहिलो देश नेपाल हो । सो हकलाई कार्यान्वयनमा ल्याउन भने १७ वर्षसम्म ऐन नबनाएर दक्षिण एसियामा पहिलो कानुन बनाउने देश हुनबाट बञ्चित भएको थियो । नेपाल कानुन र नीति बनाउने तर कार्यान्वयनमा शिथिल र कमजोर हुने देश हो । सूचनाको हकको सन्दर्भमा पनि यही कमजोरीले नेपाली जनता पीडित छन ।सन् १...
विभिन्न देशका राजदूतहरुको प्रचण्डसँग संयुक्त भेट, शान्ति प्रक्रियाबारे चासो

विभिन्न देशका राजदूतहरुको प्रचण्डसँग संयुक्त भेट, शान्ति प्रक्रियाबारे चासो

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ भाद्र –नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय कोअर्डिनेटर रिचार्ड होवार्ड, अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरी, बेलायती राजदूत निकोलस पोलिट, अष्ट्रेलियन राजदूत, जर्मन, स्विस तथा युरोपियन युनियनका राजदूहरुको संयुक्त प्रतिनिधिमण्डलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ । सो अवसरमा उक्त प्रतिनिधि मण्डलले प्रचण्डलाई नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुशी व्यक्त गर्दै त्यसमा आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने बताएका थिए । नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरुको धारणा रहेको दाहालको सचिवालयले जनाएको छ । भेटको क्रममा उनीहरुले गम्भीर मानवअधिकार उल्लंघनको घटना र पीडितहरुको पुनरावेदनको अधिकारकाबारे चासो राखेका थिए । प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ ...