Tuesday, June 30सत्यम खबर
Shadow

आस्था

बेइजिङको द्रुत फ्लीट विस्तार गरिरहँदा अमेरिकाले प्यासिफिकमा हवाई श्रेष्ठता गुमाउँदै

बेइजिङको द्रुत फ्लीट विस्तार गरिरहँदा अमेरिकाले प्यासिफिकमा हवाई श्रेष्ठता गुमाउँदै

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ कार्तिक – प्रशान्त क्षेत्रमा बेइजिङलाई हवाई श्रेष्ठता प्रदान गर्दै बुढ्यौली र कम प्रशिक्षित पाइलटहरूद्वारा उडाइएका अमेरिकी लडाकुहरू पहिले नै चीनको द्रुत फ्लीट विस्तारमा पछाडि परेका छन्। गेब्रियल होनराडाले एसिया टाइम्समा लेख्दै चीनको जेट लडाकु बलले अमेरिकाको गुणस्तर र मात्रामा पहिले नै समातेको हुनसक्ने र यसले वासिङ्टनमा अमेरिकी लडाकु जहाजको निर्माण र आधुनिकीकरण गर्न नयाँ अत्यावश्यक आह्वान गरेको बताएका छन्। अमेरिकी वायु सेना कमाण्डका प्रमुख जनरल मार्क केलीले यस महिना अमेरिकी वायुसेना सङ्घको वार्षिक वायु, अन्तरिक्ष र साइबर सम्मेलनमा अमेरिकाको लडाकु वायुसेनासँग १२ स्क्वाड्रन धेरै प्रकारका विमानहरू भन्दा कम रहेको वायु र अन्तरिक्ष बल पत्रिकाले रिपोर्ट गरेको बताए। एसिया टाइम्सले रिपोर्ट सन् १९९१ को खाडी युद्धमा अमेरिकी लडाकु वायु सेनाको सङ्ख्या आधाभन्दा कम भएको र यसमा अमेरि...
तीन वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार गर्ने कांग्रेसको संकल्प

तीन वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार गर्ने कांग्रेसको संकल्प

आस्था, प्रदेश ५, समाचार, समाज
काठमाण्डौ, १५ कार्तिक – नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज सार्वजनिक गरेको पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणा पत्र) मा पार्टीले विगतमा लिएको स्वास्थ्य नीतिका कारण नेपालको जनस्वास्थ्यमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउँदै आगामी पाँच वर्षभित्र तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाएको हो । कांग्रेसले जनशक्ति उत्पादन पूर्वाधार निर्माणमा व्यापक वृद्धि भए पनि सहज पहुँच र गुणस्तरको क्षेत्रमा धेरै काम गर्नुपर्ने बाँकी रहेको बताएको छ । गाउँगाउँमा स्वास्थ्य सेवा र जनशक्ति पु-याउने साथै स्वास्थ्य सेवामा आम नागरिकको पहुँच स्थ...
बाँकेमा सत्तारुढ गठबन्धन विरुद्ध चुनावी कमाण्ड सम्हाल्दै पूर्वमन्त्रीहरू

बाँकेमा सत्तारुढ गठबन्धन विरुद्ध चुनावी कमाण्ड सम्हाल्दै पूर्वमन्त्रीहरू

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १५ कार्तिक – बाँकेमा नेकपा एमाले र राप्रपाको संयुक्त उम्मेदवारलाई जिताउन राप्रपाका नेता तथा पूर्वमन्त्री प्रेम भण्डारी र फत्तेसिंह थारु मैदानमा खटिनु भएको छ ।पूर्वमन्त्री भण्डारी बाँके क्षेत्र नं. १ र पूर्वमन्त्री थारुले क्षेत्र नं. ३ मा एमाले राप्रपा तालमेलका उम्मेदवारलाई जिताउन कमाण्ड सम्हाल्नु भएको छ । उहाँहरु उम्मेदवार सँगसँगै निर्वाचन क्षेत्र अन्तर्गतका गाउँवस्तीमा पुग्ने गर्नुभएको छ ।क्षेत्र नं. १ का पूर्व सांसद समेत रहनुभएका भण्डारी राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा निरन्तर चुनावी अभियानमा रहनुभएको छ । सोमवार नरैनापुरको पनि विकट क्षेत्रका रुपमा रहेको सीमावर्ती क्षेत्र वडा नं. २ रोशनपुर्वा र घोडदौरिया लगायतका स्थानमा भण्डारीको नेतृत्वमा प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकाल र प्रदेशसभा सदस्य उम्मेदवार नरेन्द्र पौडेल सहित चुनावी प्रचार गरिएको छ ।राप्रपाका बरिष्ठ नेता ...
जानकीका गाउँवस्तीमा एमाले उम्मेदवार

जानकीका गाउँवस्तीमा एमाले उम्मेदवार

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ कार्तिकः बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार किस्मतकुमार कक्षपति, ३ प्रदेश ख का उम्मेदवार भीमबहादुर ओलीले आजदेखि जानकी गाउँपालिकामा घरदैलो र जनभेटघाट शुरु गरेका छन् ।जानकी गाउँपालिका वडा नं. १ का विभिन्न बस्तीमा जनताँंग छलफल र भेटघाट गर्दै उम्मेदवारद्वयले अधुरा विकास योजना पूरा गर्ने अठोट व्यक्त गरेका छन् । उनीहरुले विभिन्न टोलमा स्थानीयसंग अन्तरक्रिया र घरदैलो गर्दै स्थानीयका गुनासा र मागलाई पनि टिपोट गरेका छन् । स्थानीयसंगको भेटघाटमा प्रतिनिधिसभा उम्मेदवार कक्षपतिले आफुहरु स्थानीयबासीले उठाएका मागहरुलाई सम्बोधन गर्न आफुहरु प्रतिबद्ध भएर लाग्ने बताए । बन्दै गरेका पुल पुलेसा, सडक, लालपुर्जा नागरिकता जस्ता समस्याहरु स्थानीयले उम्मेदवारमामु राखेका थिए ।प्रतिनिधिसभा उम्मेदवार कक्षपतिले विकासका दृष्टिकोण पछाडि परेको जानकी गाउँपालिकालाई समग्र ...
कक्षपति र खत्री जिताउन कस्सिए पुर्वमन्त्री फत्तेसिंह थारु

कक्षपति र खत्री जिताउन कस्सिए पुर्वमन्त्री फत्तेसिंह थारु

आस्था, प्रदेश ५, राजनीति, समाचार
खजुरा, १४ कार्तिक – बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ (१)मा नेकपा एमाले र राप्रपाको संयुक्त उम्मेदवारद्धयलाई जिताउन बरिष्ठ राजनीतिज्ञ तथा पुर्व मन्त्री फत्तेसिंह थारुले मैदानमै कमाण्ड सम्हाल्नुभएको छ ।क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभामा किस्मतकुमार कक्षपति र प्रदेशसभाका रत्न खत्री राप्रपाको समर्थनमा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको छ । राप्रपाका बरिष्ठ नेता थारु सोमबार दिनभर प्रदेशसभाका उम्मेदवार खत्रीसँगै बैजनाथ गाउँपालिकाका विभिन्न गाउँवस्तीमा पुग्नुभयो ।केही दिनयता पुर्वमन्त्री थारुको प्रमु ख आतिथ्यतामा प्रदेश ३(१)मा औपचारिक र अनौपचारिक कार्यक्रम भईरहेका छन् । सोमबार आयोजित विभिन्न कार्यक्रममा पुर्व मन्त्री थारुले एमाले उम्मेदवार खत्रीमा युवा जोश र जागर रहेको तथा क्षेत्रको विकासका लागि केही गरौं भन्ने सोच देखिएको बताउँदै एमाले र राप्रपाका संयुक्त उम्मेदवारहरुको विजय सुनिश्चित भएको बताउन...
खनाललाई समर्थन गर्दै स्थानियले भने, ‘चुनावसम्म हामी कसैको चिया खाँदैनौं’

खनाललाई समर्थन गर्दै स्थानियले भने, ‘चुनावसम्म हामी कसैको चिया खाँदैनौं’

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १४ कार्तिक – बाँकेको क्षेत्र नं. २ बाट संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाललाई यस क्षेत्रका स्थानियहरुले समर्थन गर्दै निर्वाचन सम्पन्न नभएसम्म कसैको चिया खाजा नखाने बताएका छन ।आसन्न मंसिर ४ गतेको निर्वाचन नजिक्दै गर्दा पार्टीगत र स्वतन्त्र उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा जाने क्रम बढेको छ । यसै क्रममा बाँके क्षेत्र नं. संघीय सांसद पदका हिन्दुवादी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल समेत मतदातालाई भेट्दै हिडेका छन ।मत माग्ने क्रममा आज सोमबार बिहान आफ्ना चुनाव चिन्ह अर्ना सहित घरदैलोमा पुगेका शिवसेनाका हिन्दुवादी नेता खनाललाई बाँकेको क्षेत्र नं. २ का ग्रामिण क्षेत्रका मतदाताहरुले चुनाव सम्म आफुहरु कस्सिएर लाग्ने र कसैको चिया नखाने प्रण लिएका छन । घरदैलोमा उम्मेदवार खनाल बेतहानी, डुडुवा खोला पारीका बाबागाँउ, दासपुर्वा, खडैचा, पिररहवा लगायता गाँउमा पसेका थिए र ...
गुजरात घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

गुजरात घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १४ कार्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले कयौंको ज्यान जानेगरी भारतको गुजरातस्थित मोरबी नदीको पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले घटनाप्रति दुःख व्यक्त गरेका हुन्। ‘गुजरातको मोरबीमा पुल भत्किएको घटनाप्रति म दुःखी छु। पुल भत्किदा भएको जीवनको क्षतिप्रति हामी भारत सरकार र जनाप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। हाम्रो साथ शोक सन्तप्त परिवारसँग छ,’ प्रधानमन्त्री देउवाले भनेका छन्। आइतबार मोरबीमा माच्छु नदीमा रहेको पुल भत्किदा १४१ जनाको मृत्यु भएको थियो।...
राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा ५ लाख डलर योगदान गर्ने भारतको घोषणा

राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा ५ लाख डलर योगदान गर्ने भारतको घोषणा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १४ कार्तिक – भारतले संयुक्त राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ । आतङ्कवादविरुद्ध लड्न तथा राष्ट्रसङ्घका सदस्य राष्ट्रको क्षमता बढाउने गतिविधिमा रकम उपयोग गर्न भारतले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो । ‘आतङ्कवादी उद्देश्यका लागि नयाँ र उदीयमान प्रविधिको प्रयोगको प्रतिरोध’ विषयमा आजदेखि सुरु राष्ट्रसङ्घीय सुरक्षा परिषद्को विशेष बैठकको पूर्ण सत्रमा विदेशमन्त्री एस जयशङ्करले यो वर्ष भारतले राष्ट्रसङ्घीय कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने बताए । उक्त सहायता रकम भारतको स्वैच्छिक योगदान भएको पनि उनले स्पष्ट पारे । आतङ्कवादको जोखिम रोक्न तथा प्रतिकार गर्न सदस्य राष्ट्रहरूलाई आर्थिक सहयोग अपरिहार्य भएको बताउँदै उनले मानवताका लागि सबैभन्दा ठूलो खतराका रुपमा रहेको आतङ्कवादविरुद्ध लड्न एकीकृत प्रयास आवश्यक भएकामा जोड दिए । उनले...
आफ्नाे विवेकलाई प्रयाेग गरी भोट हाल्नुहोस् : राई

आफ्नाे विवेकलाई प्रयाेग गरी भोट हाल्नुहोस् : राई

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १३ कार्त्तिक - जनता समाजवादी पार्टीले बाँके निर्वाचन क्षेत्र नं. २ मा पर्ने २७ वटै वडाहरूमा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पारेको छ । तिहारअघि यी २७ वटै वडामा जसपाले एकैसाथ घरदैलो अभियानको सुरुवात गरेको थियो । सबै वडाहरूमा निर्वाचन परिचालन समिति बनाएर जसपाले घरघर पुगेर मतदातासँग भोटका लागि अपिल गरिरहेको छ । क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार तथा जसपाका नेता मोहम्मद इश्तियाक राईले घरदैलो अभियानका क्रममा मतदाताहरूलाई सम्बोधन गर्दै यो चुनावमा अफवाह फैलाउने र विकासको यात्रालाई रोक्नेहरू सक्रिय भएको भन्दै मतदानका क्रममा विवेक पुर्‍याउन आग्रह गरेका छन् । ‘काम गरिरहेको मान्छेलाई अहिले भ्रष्टाचार गर्‍यो भनेर भनिएको छ । धर्मको नाममा, सम्प्रदायको नाममा विखण्डन ल्याउने काम भइरहेको छ’ उनले भनेका छन् ‘सरकारी तलव लिन्न भनेर, आफ्नो होटेलहरू भाडामा चलाउन दिएर सरकारी क्व...
नेपालगन्जमा पत्रकार गुप्ता माथि ज्यानमारा आक्रमण

नेपालगन्जमा पत्रकार गुप्ता माथि ज्यानमारा आक्रमण

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ कार्तिक – समाचार सम्बन्धि रिर्पोटिङ्ग क्रममा नेपालगन्जमा पत्रकार माथि ज्यानमारा आक्रमण भएको छ । समाचार संकलनका क्रममा एक्सप्रेस सिटी मिडिया हाउस प्र. लि. द्वारा सञ्चालित एक्स्प्रेस सिटी न्यूज डटकमका प्रधानसम्पादक अमित गुप्ता माथि सामुहिक रुपमा भएको आक्रमण प्रति उक्त मिडियाले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।गत कार्तिक १० गते बिहान करिब ११ बजे बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ नन्दई गाँउ नजिकै तस्किरी भईरहेको आधिकारीक जानकारी हुदाँ सम्पादक गुप्ता सम्बन्धित क्षेत्रमा पुगेको बेला अकस्मात पछाडिबाट सामुहिक आक्रमण भएको मिडियाका निर्देशक रामदिन तेलीले जानकारी दिए ।त्यस बेला उनी माथि करिब ६ जनाको समुहले ज्यान मर्ने गरि कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट गर्दा सम्पादक गुप्ताद्धारा खिचिएका फोटाहरु डिलिट गरेर मोबाइल समेत फुटाई दिएका छन । गुप्ता...