Tuesday, June 30सत्यम खबर
Shadow

आस्था

भारतले पाइलट प्रोजेक्टको रूपमा प्रयोगमा ल्यायो डिजिटल मुद्रा

भारतले पाइलट प्रोजेक्टको रूपमा प्रयोगमा ल्यायो डिजिटल मुद्रा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ कार्तिक – भारतले पाइलट प्रोजेक्टको रूपमा आज (नोभेम्बर १) बाट डिजिटल मुद्रा प्रयोगमा ल्याउने भएको छ। पाइलट प्रोजेक्टको रूपमा प्रयोगमा ल्याउन नौ वटा बैंक छानिएका छन्। एसबिआई बैंक, बैंक अफ बरोडा, एचडिएफसी बैंक, यस बैंक, कोटाक महिन्द्रा बैंक र आइसिआइसिआई बैंकले यसको कारोबार गर्न पाउने छन्। विशेषतः दोस्रो बजारमा हुने सरकारी ऋणपत्रको कारोबारमा यसको प्रयोग गरिने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। होलसेल सेग्मेन्ट अन्तर्गत यसको प्रयोग गरिने तयारी भइरहेको हो। नेपालमा पनि यसको सम्भावना सम्बन्धमा केही समयअघि राष्ट्र बैंकले अध्ययन गरेको थियो। तर, राष्ट्र बैंकले केही समयअघि सार्वजनिक गरेको अवधारणापत्रमा भने यहाँ डिजीटल मुद्रा सुरू गर्न त्यसको आर्थिक लागत र उपयोगिताबारे सम्भाव्यता अध्ययन गर्नुपर्ने उल्लेख गरेको थियो। राष्ट्र बैंकमा रहेको जनशक्ति, उनीहरूको दक्षता र...
चिनको अघोषीत नाकाबन्दीले तातोपानी नाकाका व्यवसायी समस्यामा

चिनको अघोषीत नाकाबन्दीले तातोपानी नाकाका व्यवसायी समस्यामा

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ कार्तिक – केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहनुहुने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल–चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ । चिया पसल हुँदै १२ वर्षदेखि तातोपानी गेष्टहाउस सञ्चालन गर्दै आएका शेर्पा घर बनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउँछन् । तातोपानी नाका सञ्चालन हुँदा हुने गरको व्यापारले लोभिएर आफ्नै घर बनाई सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेको थियो । विसं २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उहाँलाई तातोपानीको घर ‘नखाऊ भने दिनभरिको सिकार, खाऊ भने कान्छा बाबुको अनुहार’ भनेजस्तै भएको छ । नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी छाडेर हिँडेपछि विकल्प नहुनेमात्र अहिले तातोपानी छन् । नाका चल्यो भने ...
५४ देशहरूमा चिनियाँ पुलिस स्टेशनः रिपोर्ट

५४ देशहरूमा चिनियाँ पुलिस स्टेशनः रिपोर्ट

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ कार्तिक – हालैका घटनाहरूको शृङ्खलाले चीन आफ्ना विदेशी नागरिकहरूको सम्बन्धमा कूटनीतिक मोर्चामा झन् आक्रामक बन्दै गएको र चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० को नेतृत्व आफूप्रतिको कुनै पनि आलोचनाप्रति झनै असहिष्णु भएको देखाउँछ। अक्टोबरको मध्यमा राष्ट्रपति सी जिनपिङलाई लक्षित गर्ने नारा र प्लेकार्डको जवाफमा चिनियाँ कूटनीतिक कर्मचारीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि आक्रमण गरेको म्यानचेस्टर (बेलायत) को घटनाले चीनले आफ्नो शासन स्थिरताका लागि जे पनि गर्छ भन्ने देखाएको छ। २० औं पार्टी कांग्रेसको निर्णायक चरणमा चीनले नेदरल्यान्ड्समा ूप्रहरी स्टेशनहरूू राखेको रिपोर्टहरूदेखा पर्न थालेको अवस्था छ । विदेशमा जाने चिनियाँ नागरिकहरूको गतिविधिहरूको निरीक्षण र निगरानी गर्न यी स्टेशनहरुको प्रयोग भएको भनिएकतापनि बास्तविकता झनै फरक छ । यसअघि चीनले आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्रकारका उच्च प्र...
चुनावी मैदानमा खनाल, आफ्नो क्षेत्रमा पकड बलियो

चुनावी मैदानमा खनाल, आफ्नो क्षेत्रमा पकड बलियो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १५ कार्तिक – आसन्न मंसिर ४ को हुने निर्वाचन नजिकिदै गर्दा हिन्दु एकताको एजेण्डा बोकेर चुनावी मैदानमा आएका बाँके क्षेत्र नं. २ का एकमात्र हिन्दुवादी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालको पकड यस क्षेत्रमा बलियो बन्दै गएको पाइएको छ ।मतसंख्याको आधारमा हिन्दुहरुको उल्लेख्य संख्या भएको यस क्षेत्रमा पछिल्लो समय विभिन्न राजनितिक दलहरुले धर्मको नाममा भोटका लागि मात्रै हिन्दुहरुलाई प्रयोग गरेको गुनासो गर्दै आएका विषेश गरी हिन्दु मतदाताहरु प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा अर्ना चिन्ह सहित चुनावी मैदानमा आएका दिवाकर खनालको पकड बलियो हुदैँ गएको हो । विशुद्ध हिन्दुहरुको मतको आधारमा आफु चुनावी मैदानमा खडा भएका प्रतिनिधि सभा क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवार शर्मा खनाल बताउँछन् ।नेपालका हिन्दुहरुको भविष्य नै खतराको अवस्थामा पुगेको भन्दै उम्मेदवार खनालले आफुहरुको उम्मेदवारी संसादमा हिन्दुका म...
निर्वाचनका लागि भारतद्वारा नेपाललाई उपहारस्वरुप सवारीसाधन प्रदान

निर्वाचनका लागि भारतद्वारा नेपाललाई उपहारस्वरुप सवारीसाधन प्रदान

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १५ कार्तिक – निर्वाचनमा लागि भारतद्वारा नेपाललाई उपहारस्वरुप सवारीसाधन प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका हुन् । नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । यी सवारीसाधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सुसञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ । नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली ...
चीनले टापुमा कूटनीतिक आक्रमण बढाउने सम्भावना: ताइवान मन्त्री

चीनले टापुमा कूटनीतिक आक्रमण बढाउने सम्भावना: ताइवान मन्त्री

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ कार्तिक – ताइवानका विदेशमन्त्री जोसेफ वुले दुई दशकको महाधिवेशन पछि चीनले यस टापुमा आफ्नो कूटनीतिक “आक्रमण” बढाउने सम्भावना रहेको बताए । वूले थपे कि ताइवानले अज्ञात कूटनीतिक सहयोगीहरूबाट इन्टेल प्राप्त गरेको छ कि चीनले ताइपेईका सहयोगीहरूलाई बेइजिङमा आधिकारिक मान्यता परिवर्तन गर्न प्रलोभन दिन आफ्नो प्रयास बढाउँदैछ । हाल, केवल १४ राष्ट्रहरूले ताइवानलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएको छ उनले भने ।...
कात्तिक १७ देखि मंसिर १ गतेसम्म आमसभा गरेरै चुनाव प्रचार गर्न पाइने

कात्तिक १७ देखि मंसिर १ गतेसम्म आमसभा गरेरै चुनाव प्रचार गर्न पाइने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ कार्तिक – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुसलगायत गरेर चुनाव प्रचार गर्न पाइने भएको छ। गत असोज २३ मा उम्मेदवारी दर्ता गरेर उम्मेदवारहरू स-साना कोणसभा गर्दै चुनावी प्रचार अभियानमा जुटेका थिए। निर्वाचन आयोगले आमसभालगायत गर्न यसअवधिमा रोकेको थियो। कात्तिक १७ गतेदेखि भने आमसभा, जुलुस र सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री छाप्न मिल्ने गरी चुनावी प्रचार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ। उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ द...
चीनसँगको एलएसी नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्दै

चीनसँगको एलएसी नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्दै

आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ कार्तिक – भारत-चीन तनावका बीच चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्ने भएका छन् । भारत र अमेरिकाले नोभेम्बर १५ देखि डिसेम्बर २ सम्म एलएसीमा अभ्यास गर्नेछन्। यो अभ्यास उत्तराखण्डको औलीमा हुनेछ । यो क्षेत्र एलएसीबाट मात्र एक सय किलोमिटर दुरीमा छ। अभ्यासमा दुवै देशका करिब ३५०–३५० सैनिक सहभागी हुनेछन् । हिमाल र अति चिसो क्षेत्रमा एकीकृत लडाई समूहको परीक्षण गरिनेछ । यो अभ्यास एक वर्ष भारतमा र एक वर्ष अमेरिकामा गरिन्छ। गत वर्ष यो अभ्यास अमेरिकाको अलास्कामा गरिएको थियो । यसका साथै यस वर्षको अन्त्यसम्ममा भारतले एकैसाथ ३ वटा ठूला अभ्यास गर्ने भएको छ । यी सबै सैन्य अभ्यास नोभेम्बर ८ बाट सुरु हुनेछन्। ११ डिसेम्बरसम्म चल्ने यी सैन्य अभ्यासमा भारतले आफ्नो सैन्य शक्ति देखाउनेछ । भारतले क्वाड देशहरूसँग मालाबार नौसेना अभ्यास र अष्ट्रेलियासँग ...
भारतका प्रधानमन्त्रीले चीनका रास्ट्रपति सि लाई बधाई किन दिएनन् ?

भारतका प्रधानमन्त्रीले चीनका रास्ट्रपति सि लाई बधाई किन दिएनन् ?

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ कार्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले गत महिना उज्वेकिस्तानको ऐतिहासिक सहर समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा अन्य नेताहरूसँग एउटै छानामुनि सामूहिक तस्बिर खिचेका थिए। उनीहरु एकअर्काबाट केही फिटको दुरीमा उभिएका थिए तर उनीहरुबीचको दूरी लामो थियो । यति नजिक आए पनि उनीहरुले न हात मिलाए न त सार्वजनिक रुपमा देखिने एक अर्काको उपस्थितिको ख्याल नै गरे । सिङ्गापुरमा जन्मिएका चिनियाँ पत्रकार सुन सीले दुई नेताबीचको समस्या कसले पहल गर्ने वा कसको आँखा पहिले झिम्काउने भन्ने हो भन्ने विश्वास गर्छन्। बीबीसी हिन्दीसँगको कुराकानीमा उनी भन्छन्, “सन् २०२० मा गलवान उपत्यकामा पूर्व सीमा द्वन्द्वमा उनीहरूको मित्रता पुनः सुरु गर्न कसले पहिलो कदम चाल्छ, यो दुई नेताबीचको सबैभन्दा ठूलो प्रश्न हो। जुन हामीले भर्खरै एससीओमा देख्यौं। शिखर ...
कारागार र उड्डयन प्राधिकरण सेनालाई जिम्मा

कारागार र उड्डयन प्राधिकरण सेनालाई जिम्मा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
चितवन, १५ कार्तिक – जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उनका अनुसार कारागार कार्यालय चितवन र नागरिक उड्डयन प्राधिकरण भरतपुरको सुरक्षाको जिम्मा सेनाले लिएको हो । उनले भने, “महत्वपूर्ण प्रतिष्ठान र संवेदनशील क्षेत्रमा सेनाले सुरक्षाको जिम्मा लिएको छ ।” केन्द्रीय सुरक्षा रणनीतिअनुसार जिल्लाका तीन निर्वाचन क्षेत्र सेनाले गस्ती बढाएको उनले जानकारी दिए । नियमितरूपमा निर्वाचन सुरक्षा रणनीतिअनुसार गस्ती बढाएको भन्दै उनले सेनाले आफ्नो नीतिअनुसार काम गरेको बताए। निर्वाचनको सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहर...