चीन-भारत मिलनः ‘एसियाली शताब्दी’ को उदय
काठमाण्डौ, ५ मंसिर – नोभेम्बर १, २०२२ मा शाङ्घाई सहयोग संगठन (एससीओ) सरकार प्रमुखहरूको भर्चुअल शिखर सम्मेलनमा भारतका विदेशमन्त्री एस जयशंकरले कनेक्टिभिटी परियोजनाहरूको सन्दर्भमा धेरै सान्दर्भिक कुरा गरेका थिए ।
क्षेत्रीय देशहरू संलग्न कनेक्टिभिटी परियोजनाहरूका सम्बन्धमा उनको सावधानी यस्ता योजनाहरुको विश्वसनीयता बढाउनमा काम लाग्ने देखिन्छ ।
भारतीय विदेशमन्त्रीले एससीओभित्रका देशहरूलाई राम्रो कनेक्टिभिटी चाहिने तर सबै कनेक्टिभिटी परियोजनाहरूले देशहरूको सार्वभौमसत्ता र अखण्डतालाई ध्यानमा राखेर योजना बनाउनुपर्ने र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नुपर्ने भनेका थिए ।
सबै कनेक्टिभिटी परियोजनाहरूमध्ये सबैभन्दा महत्वाकांक्षी चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) हो। बीआरआई व्यापार र लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ मेगा कनेक्टिभिटी परियोजना यसको सम्भावित फाइदाहरूका लागि धेरै देशहर...









