Tuesday, June 30सत्यम खबर
Shadow

आस्था

भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको शुल्क हटायो

भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको शुल्क हटायो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ मंसिर – भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको भन्सार शुल्क हटाएको छ । गत ७ जेठमा यस्तो वस्तुको निर्यातमा भारतले १५ प्रतिशत निर्यात शुल्क कायम गरेको थियो । बढेको १५ प्रतिशत निर्यात शुल्क खारेज गरेर निर्यातमा शून्य भन्सार शुल्क कायम गरिएको भारतीय समाचार एजेन्सी पीटीआईलाई उदृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ । बढ्दो निर्यातका कारण स्वदेशी बजारमा आइरन र स्टिल्सको मूल्य बढ्न नदिन भारतले कर वृद्धि गरेको थियो । तर, झण्डै ६ महिना कायम यस्तो कर वृद्धिको सरकारी नीतिले निर्यातमा संकुचन आएको भन्दै भारतीय स्टिल उत्पादक कम्पनीहरुले तीव्र विरोध गरेका थिए । बढेको भन्सारका बाबजुत नेपालले पछिल्लो चार महिनामा ४२ अर्ब ५१ करोडको फलाम तथा स्टिलजन्य वस्तुहरु आयात भएका छन् । भारतको नीतिले स्टिलको कच्चा पदार्थ आयात गरेर फलाम तथा स्टिलजन्य वस्तु उत्पादन गर्ने कम्पनीलाई फाइदा पुग्नेछ ।...
चिनियाँ कम्पनीले ठेक्का पाउनु स्वभाविक नभएको जिकिर

चिनियाँ कम्पनीले ठेक्का पाउनु स्वभाविक नभएको जिकिर

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १३ मंसिर – तराई मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) को छैटौं प्याकेजको ठेक्का विवाद सम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले ठेक्का तत्काल कार्यान्व्यन नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले मंगलबार दुवै पक्षलाई छलफलका लागि सर्वोच्चमा उपस्थित हुन आदेश दिएको छ ।नेपाली सेनाले शुरुमा प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीलाई नियम विपरीत छैटौं प्याकेज ठेक्का दिएको र उक्त ठेक्का खारेज गर्न अन्तरिम आदेश दिनुपर्ने मागसहित बिहीबार सर्बोच्चमा रिट परेको थियो ।ठेक्का प्रक्रियामा सामेल भएको भारतीय अफकोन्स इन्फ्रास्ट्रक्चर लिमिटेडका तर्फबाट अधिवक्ता सुजन रिजालले रिट दायर गरेका थिए । रिटमा सार्वजनिक खरिद अनुगमन कार्यालय, सार्वजनिक खरिद पुनरावलोकन समिति, काठमाडौं–तराई मधेश फास्ट ट्रयाक परियोजना, चाइना फस्ट हाइवे कम्पनी, नेपाली सेना र रक्षा मन्त्रालयलाई विपक्...
निगमको न्यारोबडी जहाज ग्राउन्डेड

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ मंसिर –राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः३० बजे मुम्बई उड्ने तयारीमा रहेको उक्त जहाजको इन्जिन स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको छ । उक्त जहाजमा सवार एक सय ५२ यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो । दिल्लीबाट फर्किएको जहाजमा यात्रु राखेर दिउँसो २ बजे नै दिल्ली पठाइएको प्रवक्ता खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “न्यारोबडी जहाजको ‘स्टार्टर’ बिग्रिएको हो, इन्जिनमा समस्या हैन, प्राविधिक समस्यायुक्त जहाजको अहिले मर्मत भइरहेकाले छिट्टै उडानमा आउनेछ ।” निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ‘ए’ ३३० र दुई...
चीनको कडाइले ब्यापारमा बढिरहेको प्रभाब

चीनको कडाइले ब्यापारमा बढिरहेको प्रभाब

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ मंसिर - चीनमा नया नियमका घोषणा र हाल भइरहेका नियमको शसक्त कार्यनवयन ले देशका ठुला कम्पनी हरुलाइ निशाना बनाइ रहेको छ।अर्थतन्त्रमा एउटा वा अर्को दमन नगरी हालैका महिना हरुमा चिनमा कुनै पनि दिन बितेको छैन । बाह्य अर्थब्यबस्थामा चुनौती दिइरहेको चिनले देश भित्रकै ठुला ब्यापारीक कम्पनिहरुलाइ निशाना बनाए पछि विश्व अर्थतन्त्रको प्रभाव बारे नया बहसहरु सुरु भएका छन।चिनको पछिल्लो घटना क्रमले तेस्रो कार्यकालका लागि निर्वाचित रास्ट्रपति सि जिन पिङ्गको साझा समृद्धि भन्ने आधारभुत नीति अभियान अन्तर्गत ठुला ब्यापारीक घराना हरुलाइ निशाना बनाइएको छ।सि जिन पिङ्गको साझा समृद्धि प्रयोगमा आउनु भनेको चिनियाँ नीति केन्द्रमा पुगेको संकेत हो यसले चिनियाँ व्यापारी हरुलाइ पलायनको बाटो तिर र आर्थिक क्षतिको दिशा तिर धकेलिरहेको छ। देशको अति धनाड्य र अति गरिब बिच रहेको सम्पत्तिको खाडल पुर्ने वेइजिङ्गको ...
‘दलाली गर्न लाग्ने हो भने आजैदेखि पार्टी छोड्नुस्’: सहमहामन्त्री राठौर

‘दलाली गर्न लाग्ने हो भने आजैदेखि पार्टी छोड्नुस्’: सहमहामन्त्री राठौर

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, मंसिर १३ । नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीमा पद लिएर ठालू बन्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले पद लिएर पदलाई न्याय गर्न सक्नुपर्ने बताए ।‘पार्टी भन्दा ठूलो नबन्नुस्, पद लिएर पदलाई न्याय गर्नुस्, अवसर नपाउँदा पार्टीलाई गाली गर्ने तर अवसर पाएपछि ठालू बन्ने संस्कारको अन्त्य हुनुपर्दछ,’ उनले भने–‘दलाली गर्न कांग्रसमा लाग्ने हो भने आजैदेखि पार्टी छोड्नुस् ।’ उनले पार्टीमा अनुशासन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।बाँकेको क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका सहमहामन्त्री राठौरले बाँके र बर्दियालाई विकासको मूल प्रवाहमा जोड्ने ग...
‘नमुना’ फोहरमैला व्यवस्थापनमा एक कदम अगाडि बढेका छौंः विष्ट

‘नमुना’ फोहरमैला व्यवस्थापनमा एक कदम अगाडि बढेका छौंः विष्ट

आस्था, प्रदेश ५, यता पनि, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ मंसिर - नेपालगन्जमा एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । जिआइजेडको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले आजदेखि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको आज एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभएको छ । एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख विष्टले अन्य फोहरको तुलनामा स्वास्थ्यजन्य फोहर सबैभन्दा बढी दुषित र संक्रामक हुने भएकाले आफूहरु निर्वाचित भइसकेपछि यसको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्दै तदारुकताका साथ काम गरेर सञ्चालनमा ल्याइएको बताउनुभयो । नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिका कार्यपालिकाको सिंगो टिम नेपालकै नमुनाको रुपमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालन गर्न सफल भएको बताउनुभयो । उहाँले फोहरमैला व्यवस्थापनको ...
नेपालगन्ज म्याराथन दुई दिने उत्सवमय बन्ने

नेपालगन्ज म्याराथन दुई दिने उत्सवमय बन्ने

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ मंसिर – एक दशक लामो सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ राज्य र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा आयोजना गरिदै आएको आठौं धारा नेपालगन्ज म्याराथन यस बर्ष दुई दिने उत्सवमय बन्ने भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा मंसिरको पहिलो शनिवार हुने आठौं धारा नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण यसबर्ष भने मंसिर २४ गते शनिवार हुँदैछ ।नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको संरक्षकत्वमा हुने म्याराथनको पहिलो दिन विविध बिषयमा मन्थन हुनेछ ।प्रदर्शनी व्यवस्थापन संयोजक आशीष श्रेष्ठले आईतवार उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टसँग भेट गरी दुई दिने कार्यक्रमका बारेमा विस्तृत जानकारी गराए । उक्त भेटमा नगर प्रमुख बिष्टले यस कार्यमा सिंगो उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर...
लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल

लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ११ मंसिर – लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ। ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो। एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो। यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ। २०७४ मा ७ सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बनेको छ। नेकपा माओवादी केन्द्रले ५ सिट जितेर तेस्रो बनेको छ। माओवादी केन्द्रले २०७४ मा वाम तालमेल हुँदा १४ सिट जितेको थियो। जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट जितेका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीले एक सिट जितेको छ। माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जिते...
भारतले चीनको सिमानामा नयाँ हेलिप्याड बनाएर बढायो सैन्य क्षमता

भारतले चीनको सिमानामा नयाँ हेलिप्याड बनाएर बढायो सैन्य क्षमता

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ११ मंसिर – भारत र चीनले एकअर्कालाई वास्तविक नियन्त्रण रेखा, हिमालय पारी देशहरूलाई विभाजित गर्ने सीमानामा निर्माण गर्ने प्रयास गरिरहेका छन् । सन् २०२० देखि दुवै देशका सेनाहरू जारी सीमा विवादका बीच उच्च सतर्कतामा छन्। भारतले शुक्रबार चीनसँगको द्वन्द्वको अवस्थामा सशस्त्र सेनालाई पुरुष र सामग्री द्रुत रूपमा सार्न मद्दत गर्न रणनीतिक पुल, सडक र हेलिप्याडहरू सञ्चालन गरेको छ। 75 पूर्वाधार परियोजनाहरू मध्ये, भारतीय रक्षा मन्त्रालयले लद्दाख क्षेत्रमा विश्वको सबैभन्दा अग्लो हवाई पट्टी सम्म पहाडी मार्गहरू पार गर्दै, Darbuk-Syok-दौलत बेग ओल्डी (DSDBO) सडकमा 120 मिटर लामो कक्षा 70 श्योक ब्रिजको उद्घाटनलाई हाइलाइट गरेको हो । रक्षा मन्त्री राजनाथ सिंहले वस्तुतः उद्घाटन गरेका अन्य परियोजनाहरू पूर्वी लद्दाखको हन्ले र थाकुङमा एक-एक हेलिप्याड थिए। "यी हेलिप्याडहरूले यस क्षेत्रमा भारतीय वाय...
चिनियाँ दुतावासलाई सघाएको आरोपमा भर्जिनियाका प्रतिनिधिलाई बर्खास्त गरियो

चिनियाँ दुतावासलाई सघाएको आरोपमा भर्जिनियाका प्रतिनिधिलाई बर्खास्त गरियो

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ मंसिर – डेमोक्र्याटिक भर्जिनियाका प्रतिनिधि लाई यसै साता बर्खास्त गरिएको छ । उनलाई वाशिंगटनमा चिनियाँ दूतावासको तर्फबाट अन्य कांग्रेसका सहयोगीहरू सँग बैठकहरू सेट गर्नको लागि काम गरेको आरोपमा बर्खास्त गरिएको भन्दै राष्ट्रिय समीक्षा रिपोर्टमा उल्लेख गरिएको हो ।कर्मचारी, बारबरा ह्याम्लेट, कथित रूपमा अन्य कांग्रेसका कर्मचारीहरूसँग सम्पर्कमा पुगेर उनीहरू र चिनियाँ दूतावासका अधिकारीहरू बीच कम्तिमा धेरै महिनासम्म बैठकहरू व्यवस्थित गर्ने प्रयास गरिन् । नेशनल रिभ्युले रिपोर्ट गरेको छ । पछि ह्यामलेटको विरुद्धको आरोप र अनुसन्धान गरेपछि उनलाई बर्खास्त गरिएको हो ।एक कर्मचारीका अनुसार ह्यामलेटले आफ्नो कार्यालयमा फोन गरेर उनले चिनियाँ दूतावासबाट उनीहरूको मालिकको बिलहरू मध्ये एकको बारेमा धेरै बैठक अनुरोधहरू अस्वीकार गरेको पाइयो। उनले खाजाको प्रबन्ध गर्ने प्रयास गरिन् र कर्मचारी कफीमा सहमत भए...