Monday, May 4सत्यम खबर
Shadow

उपनिर्वाचन मौन अवधि सुरु

काठमाण्डौ, ९ बैशाख – आइतवार तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ। गएरातिदेखि लागू भएको मौन अवधि आइतबार मतदान प्रक्रिया नसकिएसम्म रहने छ ।
मौन अवधिभर कसैको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न निषेध गरिएको छ। यस्तै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको निर्वाचन आयोगले जारी गरेकोे विज्ञप्तिमा उल्लेख छ ।
साथै निर्वाचन आचारसंहिताविपरीत सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रचार–प्रसारजस्ता कार्य नगर्न आयोगले सम्बन्धित पक्षलाई अपिल पनि गरेको छ । तीन क्षेत्रमा मात्रै चुनाव हुने भएपनि आचारसंहिता देशैभर लागू हुने आयोगले जनाएको छ।
वैशामख १० गते आइतवार चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *