Saturday, July 11सत्यम खबर
Shadow

आस्था

सिधनियामा व्यवस्थित मशानघाट निर्माणको लागि स्थलगत अनुगमन

सिधनियामा व्यवस्थित मशानघाट निर्माणको लागि स्थलगत अनुगमन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज १३ माघ – बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पहल अघि बढाएका छन् । नेपालगन्जबाट–७ किलोमिटरको दूरीमा रहेको सिधनियाघाटमा अन्तिम संस्कारका लागि विभिन्न कठिनाइ देखिएपछि व्यवस्थित मशानघाट निर्माणको लागि समाजसेवीहरुको अगुवाईमा पहल अघि बढाइएको हो ।व्यवस्थित घाट र आवश्यक संरचना निर्माणका लागि बारम्बार स्थलगत अनुगमन र श्रोतको खोजी कार्य भैरहेको अधिबक्ता तथा समाजसेवी विकास आचार्यले बताउनुभयो । मानिस बाचुञ्जेल जे जस्तो गरेपनि उसको अन्तिम घर (दाहसंस्कार) जाँदा दुख कष्ट नहोस भन्ने किसिमले मानिसको अन्तिम घर बनाउन खोजिएको अधिबक्त आचार्यले बताउनुभयो । शवदाह गृह गर्न आउदा घाटमा देखिएको अव्यवस्थित संरचनालाई व्यवस्थापन गर्न हामीले पहल थालनी गरेको उहाँले बताउनुभयो । आधुनिक तरिकाले यसको संरचना निर्माण गरिन ला...
नेपालगन्ज राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाललाई

नेपालगन्ज राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाललाई

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज १३ माघ – प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपिएफका प्रिन्स दाहालले हात पार्नु भएकोछ ।शनिबार नेपालगन्ज रंगशालास्थित कर्वड हलमा सम्पन्न फाईनल खेलमा नेपाल आर्मीका कविर केसीलाई २१ –७, २१–१४ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भए । नेपाल प्रहरीका जिवन आचार्य र एपीएफका अमन महर्जन तेस्रो हुनुभयो ।सेमिफाईनलमा दाहालले नेपाल प्रहरीका जिवन आचार्यलाई २१–१६,२१–१२ ले तथा नेपाल आर्मीका कविर केसीले एपीएफका अमन महर्जनलाई २१–१७, २१–५ ले पराजित गर्दै फाईनल प्रबेश गर्नुभएको थियो ।यसैगरी महिला एकलतर्फ नेपाल आर्मीकी रसिला महर्जनले एपीएफकी शोभा गौचनलाई २१–१०,२१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्नुभयो । भने, नेपाल प्रहरी नीता लम्साल र कैलालीकी एलिना सुनार तेस्रो हुनुभयो ।नेपाल आर्मीकी रसिला महर्जनले नेपाल प्रहरीकी नीता लम्साललाई १८–२१, २१–११, २१–६ ले तथा एपीएफक...
मेयर कपमा बागेश्वरीको विजयी सुरुआत

मेयर कपमा बागेश्वरीको विजयी सुरुआत

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १३ माघ – कोहलपुरको बागेश्वरी एकेडेमीले मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।नेपालगन्ज धम्बोझीमा शनिबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बागेश्वरीले डिफेन्डिङ च्याम्पियन पशुपति मावि राझाँलाई २–० ले पराजित गरेको छ । विजेता बागेश्वरीका लागि दुबै गोल सुदिप थापाले गर्नु भएको थियो । थापाले खेलको १८ औं मिनेट र ७२आंै मिनेटमा गोल गर्नु भयो । खेलमा म्यान अफ द म्याच भएका सुदिपलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ अध्यक्ष प्रमोद रिजालले पुरस्कृत गर्नु भयो ।शनिबार एक समारोहका बिच नेपालगन्ज उपमहानगरपालिकाका कार्यबहाक मेयर कमरुद्धिन राईले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम...
आजदेखि नेपालगन्जमा मेयर कप फुटबल सुरु

आजदेखि नेपालगन्जमा मेयर कप फुटबल सुरु

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १३ माघ – नेपालगन्जमा आज शनिबारदेखि मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिता माघ २४ गतेसम्म चल्नेछ । आज शनिबार उद्घाटन भएको प्रतियोगिताको सम्पुर्ण तयारी शुक्रबार नै पुरा भएको प्रतियोगिता संयोजक एवम बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले जानकारी गराउनु भएको थियो ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरको मैदानमा हुने प्रतियोगितामा बाँके जिल्लाका विभिन्न ८ स्थानीय तहका २८ वटा पुरुष फुटबल टिमको सहभागिता रहेको छ । महिला टिमहरुको न्युन सहभागिता भएका कारण दर्ता समय थप लम्बाइएको संघले जनाएको छ । कोभिड पछि पहिलो पटक हुन लागेको विद्यालय स्तरको प्रतियोगिताले बाँके जिल्लामा नयाँ प्रतिभावान खेलाडी उत्पादनमा सहयोग गर्ने आयोज...
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : सेमिफाईनलमा भिड्दै यी खेलाडी

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : सेमिफाईनलमा भिड्दै यी खेलाडी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज १३ माघ – बाँकेको नेपालगन्ज रंगशालास्थित कर्वड हलमा जारी प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिताको सेमिफाईनल खेल सुरु भएकोछ ।शुक्रबार सम्पन्न क्वाटर फाईनलबाट छनोट भएका विभिन्न ५ विधाका खेलाडीहरु यतिबेला सेमिफाइनलमा प्रतिस्प्रर्धा गरिरहेका छन् । शनिबार विहान ९ बजेदेखि सुरु भएको सेमिफाईनल खेल अन्र्तगत विभिन्न विधाका १० खेल हुनेछन् ।पुरुष युगल (बी लेभल) तर्फ सरद खड्का र अनुपम न्यौपानेको जोडीले राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडीसँग प्रतिस्प्रर्धा गरिरहनु भएकोछ । भने भरत चन्द र दिनेश थापामगरको जोडीले चक्रबहादुर डम्बरपाल र अविक श्रेष्ठको जोडीले प्रतिस्प्रर्धा गरिरहनु भएकोछ । यसैगरी पुरुष एकलतर्फ प्रिन्स दाहाल र जीवन आचार्य प्रतिस्प्रर्धा गरिरहनु भएकोछ । नेपालगन्ज रंगशालास्थित कर्वड हलको तीन वटा कोर्टमा एकैपटक जारी खेलमा सेमिफाईनलका लागि महिला एकलतर्फ नेपाल आर्मीकी ...
सांसद दीपा शर्माको प्रसुती गृह बनाउन चासो

सांसद दीपा शर्माको प्रसुती गृह बनाउन चासो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १२ माघ - सरकारी अस्पतालमा पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको रोजाईमा पर्ने गरेको नेपालगन्जको भेरी अस्पतालमा बिरामीको चापसंगै सेवा विस्तारमा चासो दिइएको छ । पश्चिम नेपालका २४ जिल्लाका बिरामीको सेवा दिँदै आएकोे भेरी अस्पतालले एउटा गौरवमय इतिहास बोकेको छ । लामो कालखण्डपछि अस्पतालको स्तरोन्ति गर्दै विशिष्टकृत सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालका रुपमा स्थापित गर्न थालिएको छ । तर, अस्पताललाई समय सापेक्ष बनाउन अझै पनि धेरै चुनौती देखाँ परेका छन् । भेरी अस्पतालले प्रदान गर्ने विभिन्न सेवा मध्ये एक प्रभावकारी सेवा प्रसुती सेवा हो । प्रसुती सेवालाई अझै गुणस्तर बनाउने उद्देश्यले प्रतिनिधिसभा सदस्य दीपा शर्माले छलफल अगाडि बढाइएकी छिन । प्रसुती सेवाका लागि छुट्टै एउटा भवन निर्माण गरेर विशिष्टकृत सेवा उपलब्ध गराउने सोचका साथ छलफल प्रारम्भ गरिएको हो । भेरी अस्पताल नेपालग...
साउदी अरबमा मदिरा पसल खोल्ने तयारी, गैर मुसलमानले खान पाउने

साउदी अरबमा मदिरा पसल खोल्ने तयारी, गैर मुसलमानले खान पाउने

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ माघ – साउदी अरबले राजधानी रियादमा आफ्नो पहिलो मदिरा पसल खोल्ने तयारी गरिरहेको छ । यो मदिरा स्टोरले गैर–मुस्लिम कूटनीतिज्ञहरूलाई विशेष रूपमा सेवा दिनेछ । योजनासँग परिचित स्रोतका अनुसार यस सम्बन्धमा एउटा दस्तावेज तयार गरिएको छ, जुन बाहिर पनि आएको छ । यो कागजातमा मदिरा किन्नका लागि ग्राहकले मोबाइल एप मार्फत दर्ता गरी विदेश मन्त्रालयबाट क्लियरेन्स कोड लिनुपर्ने उल्लेख गरेको जावा न्युजले दाबी गरेको छ । यद्यपि, ग्राहकहरूले सीमित मात्रामा रक्सी खरिद गर्न सक्नेछन् । खबरहब...
चीनका उच्च कूटनीतिज्ञ र अमेरिकी सुरक्षा सल्लाहकारबीच भेटवार्ता हुने

चीनका उच्च कूटनीतिज्ञ र अमेरिकी सुरक्षा सल्लाहकारबीच भेटवार्ता हुने

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ माघ – चीनका उच्च कूटनीतिज्ञ वाङ यीले र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबीच शुक्रबार थाइल्याण्डमा भेटवार्ता हुने भएको छ । बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा प्रविधि, व्यापारदेखि मानव अधिकारका विषयका साथै ताइवान र साउथ चाइना सीका विषयमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाहरूमा टकराव भएको छ । दशकौँ यताको सबैभन्दा खराब सम्बन्ध सुधारका लागि राष्ट्रपति जो बाइडेनले गत नोभेम्बरमा सान फ्रान्सिस्कोमा चिनियाँ समकक्षी सी चिनपिङसँग भेटवार्ता गरेका थिए । ‘चीन र संयुक्त राज्य अमेरिकाको सहमतिअनुसार वाङ यीले संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानसँग बैंककमा नयाँ चरणको बैठक गर्नुहुनेछ,’ बेइजिङको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अमेरिकाले शुक्रबार र शनिबार वार्ता हुने जनाएको छ । खबरहब...
युक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने

युक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ माघ – यूक्रेनले सन् २०२४ पछि रूससँग प्राकृतिक ग्यास पारवहन सम्झौता विस्तार गर्ने योजना नबनाएको सरकारी प्रेस सेवालाई उद्धृत गर्दै इन्टरफ्याक्स-यूक्रेन समाचार एजेन्सीले बिहीबार जनाएको छ । प्रेस सेवाले युक्रेनी पक्षको स्थितिबारे जानकारी गराउँदै यातायात सम्झौता यस वर्षको अन्त्यमा समाप्त हुने तथा रूसीहरूसँग वार्ता र सम्झौता विस्तार गर्ने योजनामा नरहेको जनाएको छ । यद्यपि यूक्रेनले आफ्नो ग्यास यातायात प्रणाली प्रयोग गर्न युरोपेली सङ्घका अन्य देशहरूसँग वार्ता गर्न सक्ने स्रोतले जनाएको छ । युक्रेनको राज्य सञ्चालित ऊर्जा कम्पनी नाफ्टोगाज र विशाल रूसी ग्यास कम्पनी गाजप्रोमले सन् २०१९ डिसेम्बरमा ग्यास यातायात सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार युक्रेनले सन् २०२१-०२४ को अवधिमा प्रति वर्ष ४० अर्ब क्युबिक मिटर रूसी ग्यास ढुवानी गर्ने योजना थियो । गत वर्ष रूसबाट य...
विकासको लागि चीनको अथक खोज स्वनिर्माणको विषाक्त प्रतिक्रिया

विकासको लागि चीनको अथक खोज स्वनिर्माणको विषाक्त प्रतिक्रिया

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ माघ – एउटा मुख्य तथ्यले आज विश्व अर्थतन्त्रलाई नियन्त्रण गरेको छ। चीनले विश्वव्यापी उत्पादित वस्तुको ३१ प्रतिशत उत्पादन गर्छ भने कुल खपतको १३ प्रतिशत हिस्सा चीनले ओगटेको छ। हामीमध्ये बाँकीले चीनको बढ्दो अतिरिक्त क्षमतालाई आत्मसात गर्नुपर्छ। वर्तमान हाइपर इन्भेष्टमेण्ट मोडलमा कम्युनिष्ट पार्टीको आगामी दशकमा ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने हो भने युरोप, अमेरिका र भारतको औद्योगिक केन्द्रमा पुगेर मात्रै त्यसो गर्न सकिने जनाइएको छ। 'अन्य प्रमुख अर्थतन्त्रहरूले चीनलाई समायोजन गर्न लगानी र निर्माण शेयरहरू घटाउन इच्छुक हुनुपर्छ,' पेकिङ विश्वविद्यालयका प्रोफेसर माइकल पेटिसले भने। सी जिनपिङले पुरानो मोडललाई सुधार गर्दैनन्। उनले क्लीन-टेक, सेमीकन्डक्टर र स्टिलबाट सबै थोकमा ग्यालेक्टिक ओभर इन्भेस्टमेन्टमा फर्किरहेको छ। सबै व्यापार योग्य सामानहरू जसले विश्वव्यापी ब...