Sunday, July 12सत्यम खबर
Shadow

आस्था

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २३ बैशाख – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो । सन २०३० सम्ममा चालक दल चन्द्र मिसनमा पठाउने लक्ष्य राखेको महत्त्वाकांक्षी कार्यक्रमका साथ अगाडि बढाइरहेको छ । घटनास्थलमा रहेका एएफपीका पत्रकारहरूका अनुसार चाङ’ई–६ चन्द्र जाँच बोकेको रकेट दक्षिणी चीनको हेनान प्रान्तमा वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट साँझ ५ः३० बजे प्रक्षेपण भएको थियो । यो चीनको महत्त्वाकांक्षी अन्तरिक्ष कार्यक्रमका लागि पछिल्लो छलाङ हो । यसका बारेमा यसको प्रयोग सैन्य उद्देश्य र बाह्य प्रभुत्व स्थापित गर्ने प्रयासमा भइरहेको वासिङ्टनले चेतावनी दिएको छ । चाङ’ई–६ को लक्ष्य चन्द्रमाको टाढाको हिस्साबाट करिब दुई किलोग्राम चन्द्र नमूना सङ्कलन गर्नु र तिनीहरूको विश्लेषणका लागि पृथ्वीमा ल्याउनु रहेको छ । सरकारी समाचार एजेन्सी सिन्...
भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ बैशाख – भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई विश्वको सबैभन्दा ठूलो चुनावको अवलोकन गर्न आमन्त्रित गरेको छ । सहभागिताको मात्रा र परिमाणका हिसाबले यो अभ्यास पहिलो भएको निर्वाचन आयोगले जनाएको छ । आमन्त्रित प्रतिनिधिहरूले भुटान, मङ्गोलिया, अष्ट्रेलिया, मडागास्कर, फिजी, किर्गिज गणतन्त्र, रुस, माल्डोभा, ट्युनिसिया, सेशेल्स, कम्बोडिया, नेपाल, फिलिपिन्स, श्रीलंका, जिम्बाब्वे, बङ्गलादेश, काजाकिस्तान, जर्जिया जस्ता २३ देशका विभिन्न इएमबीएस र संगठनहरूको प्रतिनिधित्व गर्छन् । यी २३ राष्ट्रका साथमा इन्टरनेशनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम्स (आइएफइएस) का सदस्यहरू तथा भुटान र इजरायलका मिडिया टोलीहरू पनि सहभागी हुनेछन् । भारतको निर्वाचन निकायले उच्च मापदण्डको आम चुनाव गराउने आफ्नो प्रतिबद्धताको उदाहरण दिने र...
दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २३ बैशाख – ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने करिब ७० जना अझै हराइरहेको बताइएको छ । एजेन्सीका अनुसार सबैभन्दा खराब जलवायु त्रासदीमध्ये एक रहेको भारी वर्षाले अहिलेसम्म पोर्टो एलेग्रेको राज्यको राजधानीसहित दुई सय ३५ नगरपालिकालाई असर गरेको छ । राज्यमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण नदीहरूको सतह बढेको छ, पुलहरू ध्वस्त भएका छन् र १४ लाखभन्दा बढी जनसङ्ख्या भएको पोर्टो एलेग्रे शहरलाई सतर्क अवस्थामा राखिएको छ । भारी वर्षाले छिमेकी राज्य सान्टा क्याटरिनामा पनि फैलिएको छ । त्यहाँ बाढी र पहिरोमा परी एक व्यक्तिको मृत्यु भएको छ । विपद्लाई स्वीकार गर्दै ब्राजिल सरकारले रियो ग्रान्डे डो सुललाई उपकरण र आर्थिक सहायता पठाएको छ । एजेन्सीका अनुसार प्रकोपबाट २४ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्...
भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ बैशाख – भारतका विदेशमन्त्री एस. जयशंरले भारत विदेशीलाई घृणा गर्ने मुलुक (जेनोफोबिक) नभएको बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले आप्रवासीहरूलाई अस्वीकार गरेकाले भारत र सहयोगी मुलुक जापानले आर्थिकरूपमा सङ्घर्ष गरिरहेको टिप्पणी गरेपछि विदेशमन्त्रीको उक्त भनाइ आएको हो । आगामी नोभेम्बरमा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध पुनः निर्वाचनमा होमिएका बाइडेनले यसै साता वासिङ्टनमा अभियान कोष संकलन कार्यक्रममा उक्त टिप्पणी गरेका छन् । फेब्रुअरीमा आधिकारिक आँकडाअनुसार डिसेम्बरको त्रैमासिकमा आठ दशमलव चार प्रतिशत वार्षिक कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सहित भारत विश्वको सबैभन्दा द्रुत वृद्धि भएको अर्थतन्त्रमध्ये एक हो । भारतको नागरिकता कानूनमा हालै लागू गरिएको सुधारसहित प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि आलोचकहरूले मुसलमानहरूविरुद्ध भेदभाव गरेको आरोप लगाएका छ...
महिला पुरुष गरी ५४ जनाले गरे रक्तदान

महिला पुरुष गरी ५४ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ बैशाख – सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखा बाँकेको आयोजनमा महिला पुरुष गरी ५४ जनाले शनिवार उत्साहपूर्वक रक्तदान गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्टले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका सभापति शिवकुमार वर्माद्वारा सञ्चालित कार्यक्रममा “रगत नालीमा होइना, नाडीमा बगाऔं” मूल नाराका साथ मानव एकता दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम, सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखाका प्रमुख (मुखी) शिवप्रसाद गोडियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्टले सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसरी...
चिम्टीका अग्निपीडितलाई मधेशी एकता समाजले गर्यो दुई छाक भोजनको व्यवस्था

चिम्टीका अग्निपीडितलाई मधेशी एकता समाजले गर्यो दुई छाक भोजनको व्यवस्था

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, २३ वैशाख – मधेशी एकता समाजले सप्तरी जिल्लाको महदेवा गाउँपालिकास्थित चिम्टी गाउँका अग्निपीडितका लागि दुई छाक भोजनको व्यवस्था गरेको छ ।मधेशी एकता समाज विदेशमा बस्ने प्रवासी मधेशीहरुको अन्तर्राष्ट्रिय संगठन हो । दुबईमा चिकित्सा पेशामा संलग्न डा. रविन्द्र कुमार यादव समाजका संस्थापक हुन् । संस्थापक डा. यादवले दिएको जानकारीअनुसार सप्तरी युथ नेपालको व्यवस्थापकीय सहयोगमा मधेशी एकता समाजले ६६ परिवारका अग्निपीडितलाई हिजो राति र आज दिउँसोको भोजन पकाएर खुवाएको हो ।शुक्रबार वैशाख २१ ग्ते रहेको आफ्नो छोरा आदित्यको जन्मदिनको अवसरमा डा. यादवले मधेशी एकता समाजको तर्फबाट दुई छाक भोजनको सबै खर्च आफैँले बेहोरेका हुन् । त्यस अवसरमा आफ्ना आमा डा. बबीसिंह यादव र बुबा डा. यादवसहित चिम्टी पुगेका आदित्यले बालबालिकालाई भोजनसामग्री बाँडेर र अग्निपीडित स्थानीयवासीहरुसँग आशिर्वाद लिएर आफ्नो १३ औ...
विशेष बाल अदालतको आवश्यकता छ : महिला तथा बालबालिका मन्त्री चौधरी

विशेष बाल अदालतको आवश्यकता छ : महिला तथा बालबालिका मन्त्री चौधरी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौँ, २३ वैशाख – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताउनुभएको छ । केन्द्रीय बाल न्याय समितिले युनिसेफ नेपालसँगको सहकार्यमा आयोजना गरेको “बाल न्याय सम्बन्धी राष्ट्रिय गोष्ठी“ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।उहाँले बालबालिकाकै विषयमा न्याय निरूपण गर्नका निम्ति पनि छुट्टै बाल अदालत आवश्यक भएको बताउनुभयो । फौजदारी ऐन संहिता मात्रै काफी नहुने भन्दै मन्त्री चौधरीलेले बालबालिका सम्बन्धी थुप्रै ऐन, कानूनहरूको व्यवस्था भए पनि त्यसको अक्षरशः पालना हुन नसकेको बताउनुभयो ।तर बालबालिका सम्बन्धी जति पनि अन्तर्राष्ट्रिय सन्धि, सम्झौताहरू पालना गराउनका निम्ति सरकार प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।’बालबालिका सम्बन्धी १३ वटा कानूनहरू बनेका छन् । तर कार्यान्वयन तहमा अझै जान सकेको छैन । अझैपनि स्थानीय तहसम्म पुग्न सकेको छैन । ...
गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ बैशाख – प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त कम समयभित्र’ प्रतिक्रिया दिने बताएका छन् । यद्यपि उनले कुनै पनि युद्धविराम स्थायी हुनुपर्नेमा जोड दिए। हमासले ४० दिनको युद्धविराम तथा बन्धकहरू र ठूलो सङ्ख्यामा प्यालेस्टिनी कैदीहरूको आदानप्रदान योजनाबारे विचार गरिरहेको छ । हमासका एक वरिष्ठ अधिकारी सुहेल अल–हिन्दीले ‘अत्यन्त कम समयभित्र समूहले आफ्नो प्रतिक्रिया दिने’ बताए। यद्यपि उनले त्यो कहिले हुने अपेक्षा गरिएको छ भन्नेबारे केही बताएनन् । अज्ञात स्थानबाट फोनमार्फत एएफपीसँग कुरा गर्दै उनले कायरोमा वार्ताबाट कतारमा आफ्नो बेसमा फर्केका हमासका दूतहरूले कुनै प्रगति भएको महसुस गरे वा गरेनन् भन्न हतार हुने बताए। उनले यसको उद्देश्य ‘यो युद्धलाई समाप्त गर्नु’ रहेकामा जोड दिए। यद्यपि यो दक्षिणी गाजामा आफ्नो विशाल स्थल ...
नेपाल-भारत मैत्री संघले जरलहवा बस्तीका १०५ अग्नीपीडित परिवारलाई दियो राहत

नेपाल-भारत मैत्री संघले जरलहवा बस्तीका १०५ अग्नीपीडित परिवारलाई दियो राहत

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १९ बैशाख – नेपाल-भारत मैत्री संघले महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीका आगलागीपीडितलाई राहत वितरण गरेको छ । संघको केन्द्रीय कार्यालयको प्रतिनिधि टोलीले आगलागी क्षेत्रमा गएर एक सय पाँच परिवारका लागि राहत वितरण गरेको हो। संघका महासचिव बोधकृष्ण सुबेदीका अनुसार २१० वटा झुल, तन्ना र कच्चा कपडा सेट वितरण गरिएको छ । त्यस्तै, लुंगी, टिसर्ट, साडी, ब्लाउज कपडा, पेटीकोट, च्यादर पनि १०५ परिवारका लागि वितरण गरिएको उनले बताए। गत साताको आगलागीका कारण जलरहवामा सयौँ घर जलेका थियौँ। १०५ परिवार विस्थापित भएका छन्। यसबाट ४५५ जना व्यक्ति प्रत्यक्ष प्रभावित भएको नागरपालिकाको आकडाँ छ। आगलागीपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक संघसंस्थालाई अपिल गरेको थियो। सोहीअपिल अनुसार मैत्री संघले राहत वितरण गरेको संघका महासचिव सुवेदीले...
जिल्ला सहकारी संघको साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघको साधारण सभा सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ बैशाख – नेपालगन्जमा बहुद्देश्यीय सहकारी संस्थाहरुको छाता संगठन बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड नेपालगन्ज, बाँकेको आठौं र नवौं बार्षिक साधारण सभा बैशाख आज बुधवार सम्पन्न भएको छ ।अध्यक्षतामा नयाँ कार्य समिति बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष भूपेन्द्रप्रसाद अधिकारीको अध्यक्षता, कोहलपुर सहकारी संस्था लि.का अध्यक्ष पारसनाथ थारुको प्रमुख आतिथिले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नुको भएको थियो ।प्रमुख अतिथि पारसनाथ थारुले उद्घाटन गर्दै आफ्नो सिद्धान्तले अगाडी बढौं । नीति परिर्वतन गरौं हामीले सहयोग गर्छौं । बाहिरको तत्वहरुले नडराउँ, सही तरीकाले काम गरौंंं । ऋषिराज चौधरीले सञ्चालन गरेका कार्यक्रममा राष्ट्रिय सहकारी संघ बाँकेका प्रमुख प्रकाश थपलिया, जिल्ला कृषि सहकारी संघ लि.बाँकेका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, जिल्ला बचत तथा ऋण सहकारी संघक...