काठमाण्डौ, १९ बैशाख – नेपाल-भारत मैत्री संघले महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीका आगलागीपीडितलाई राहत वितरण गरेको छ ।
संघको केन्द्रीय कार्यालयको प्रतिनिधि टोलीले आगलागी क्षेत्रमा गएर एक सय पाँच परिवारका लागि राहत वितरण गरेको हो।
संघका महासचिव बोधकृष्ण सुबेदीका अनुसार २१० वटा झुल, तन्ना र कच्चा कपडा सेट वितरण गरिएको छ । त्यस्तै, लुंगी, टिसर्ट, साडी, ब्लाउज कपडा, पेटीकोट, च्यादर पनि १०५ परिवारका लागि वितरण गरिएको उनले बताए।
गत साताको आगलागीका कारण जलरहवामा सयौँ घर जलेका थियौँ। १०५ परिवार विस्थापित भएका छन्। यसबाट ४५५ जना व्यक्ति प्रत्यक्ष प्रभावित भएको नागरपालिकाको आकडाँ छ।
आगलागीपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक संघसंस्थालाई अपिल गरेको थियो। सोहीअपिल अनुसार मैत्री संघले राहत वितरण गरेको संघका महासचिव सुवेदीले बताए। नेपाल पाना