
नेपालगन्ज, २३ बैशाख – सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखा बाँकेको आयोजनमा महिला पुरुष गरी ५४ जनाले शनिवार उत्साहपूर्वक रक्तदान गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्टले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका सभापति शिवकुमार वर्माद्वारा सञ्चालित कार्यक्रममा “रगत नालीमा होइना, नाडीमा बगाऔं” मूल नाराका साथ मानव एकता दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम, सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखाका प्रमुख (मुखी) शिवप्रसाद गोडियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्टले सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसरी सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सहायक महामन्त्री ऋषिराज देवकोटा, बासका खेम बिष्ट लगायतले आ–आफ्ना बिचार व्यक्त गरेका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ का वडाध्यक्ष समीरप्रताप सिंह, अतिथिहरुमा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, सामाजिक अभियन्ता सुदिप भट्ट लगायतको उपस्थित रहेको थियो ।

आयोजित रक्तदान कार्यक्रममा सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखाका प्रमुख (मुखी) शिवप्रसाद गोडिया, हिमाल खडका, आयुष थापामगर, धु्रब बराल, माया बराल, सागर सुनार, राजेश कश्यप, गोबिन्द निषाद, राज चक्रवती, मीना राना, प्रमोद गोडिया, बिश्वास भण्डारी, पार्वती न्यौपाने, सचिन शाही, जमुना शेर्पा, निगमा शेर्पा, सर्मिला बिक, सुरेन्द्रकुमार गोडिया, पार्वती थापा, अब्दुल कादिर साई, सुस्मिता खत्री, पंकजकुमार निषाद, रेखा निषाद, सुरज प्रकाश गोडिया, बिनिता सिंह ठकुरी, निर्मला खडका, भूमि मल्ल, माया थापा, हेमन्त खनाल, शिवा सोनी, शनी सोनी, प्रकाश थापा, गौतम कश्यप, नन्कु घरुक, उत्तम कुमार बैश्य, दिनेशकुमार साहू, गीता साहू, दिनेश कुम्हार, भरत बैश्य, नरेश गोडिया, रामसेवक बैश्य, रेशमा थापा, बबिता घरुक, स्मृति मल्ल, काजल साहू, अनिषा बन्दी खडका, दिप गुरुङ्ग, राजेश साहू, मनोज गोडिया, दिपाकुमारी थापा, पवन कश्यप, श्यामलाल बश्याल, आकाश कश्यप लगायत ५४ जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।

कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक सोम प्रकाश सापकोटा, सुनिता कुमाई, होमराज गिरी, महेश दहित, सत्तजय बढही, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।
यसरी कार्यक्रममा सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखा बाँकेका सेवा दलका इन्चार्ज शंकर बस्यालले ओ निगेभिट आफ्नो १ पिन्ट रगत बैशाख २० गते एक जना बिरामीलाई दिनुभएको थियो । सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखा बाँकेका लंगर इन्चार्ज रामखेलावन गोडियाले कार्यक्रममा भोजनको जिम्मेवारी लिएका थिए । कार्यक्रममा सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखा बाँकेमा आवद्ध रहेका महिला, पुरुषहरुको सहभागिता रहेको थियो ।