९९ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ
नेपालगन्ज, १६ असोज – ९९ ग्राम लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको छ ।
लागु औषध नियन्त्रण व्यूरो महेन्द्रनगर कञ्चनपुर, ला.औ.नि. व्युरो नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले रुपैडिहा बस्ने राहुल शुक्ला र लालचन्द्र कामीलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका लालचन्द्र कामीको घरमा खानतलासी गर्दा रुपैडिया बस्ने राहुल शुक्लाको पाईन्टको खल्तीबाट प्लाष्टिकको दुई पोकासहित तौल गर्दा १०२ ग्राम र प्लाष्टिक हटाई तौल गर्दा ९९ ग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनका साथमा लागु औषध व्राउन सुगर तौल गर्न प्रयोग गरिने डिजिटल तराजु थान–१, सहित लाल चन्द्र कामी र राहुल शुक्लालाई नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...