Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतबाट घटेर आयो इन्धनको मूल्य

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ बैशाख – भारतबाट इन्धनको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएको छ ।उक्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो । त्यस्तै, खाना पकाउने एलपी ग्याँसमा पनि प्रतिसिलिन्डर ३०९ रुपैयाँ घटेर आएको छ । हरेक १५र१५ दिनमा आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाउने गर्दछ । जसअनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो । भारतबाट मूल्य घटेर आए पनि नेपाल आयाल निगमले भने नेपाली बजारमा भाउ घटाउने वा नघटाउने भनेर निर्णय गरिसकेको छैन ।...
हतियार खरिद प्रकरणलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग नजोड्न सञ्चारमन्त्री शर्माको आग्रह

हतियार खरिद प्रकरणलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग नजोड्न सञ्चारमन्त्री शर्माको आग्रह

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ बैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनसँग हतियार खरिद प्रकरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँग नजोड्न आग्रह गरेकी छिन् । बुधबार मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले खरिद गर्ने भनिएको हतियारको विषयमा रक्षा मन्त्रालयबाट कुनै प्रस्ताव नआएको बताइन् । यसअघि सञ्चार माध्यममा सरकारले चीनसँग ६ अर्बको हतियार खरिद गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएको थियो । तर उनले यसबारे प्रस्ताव नै नआएकाले कुनै निर्णय नभएको सञ्चारकर्मीलाई बताइन् । यसले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कुनै असर नगर्ने स्पष्ट पारिन् ।...
मेची नदी तटबन्ध र नाकाको स्तरवृद्धिको माग

मेची नदी तटबन्ध र नाकाको स्तरवृद्धिको माग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
भद्रपुर, १७ बैशाख – झापाको मेचीनगरदेखि भद्रपुर हुँदै कचनकवलसम्म भारतीय सीमा नाका भएर बग्ने मेची नदीको दुवैतर्फ तटबन्ध र भद्रपुर–गलगलिया भन्सार नाकाको स्तर वृद्धिसहित विभिन्न बुँदागत माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराइएको छ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको समन्वयमा कोशी प्रदेश सांसदहरू गोपाल तामाङ, सबिना बजगाईँ, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ, मेचीनगर नगरपालिकाका पूर्वप्रमुख विमल आचार्य, नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्र बुढाथोकी लगायतको टोलीले शुक्रबार प्रधानमन्त्री दाहाललाई भेटेर विभिन्न बुँदागत माग राख्दै लिखित रूपमै ध्यानाकर्षण गराएको हो । सो टोलीले झापा क्षेत्र नम्बर १ र ३ का विभिन्न जनचासोका समस्याको बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी...
चिनियाँ ठेकेदार कम्पनीको लापरवाही १० महिनाको अवधिमा साढे २ किलोमिटरमात्रै कालोपत्र

चिनियाँ ठेकेदार कम्पनीको लापरवाही १० महिनाको अवधिमा साढे २ किलोमिटरमात्रै कालोपत्र

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
बुटवल, १७ बैशाख – नारायणगढको १ सय १४ किलोमिटर सडक विस्तारको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनीले १० महिनाको अवधिमा साढे २ किलोमिटरमात्रै कालोपत्र गरेको छ । साउन यता उक्त कम्पनीले पूर्वीनवलपरासीको हर्कपुर खण्डको साढे २ किमि सडक कालोपत्र गरेको हो ।सडकका कन्सलटेन्ट इन्जिनियर राकेश झा का अनुसार भेँडाबारीदेखि हर्कपुर चोकसम्मको करिब साढे २ किलोमिटर पक्की सडक निर्माण भएको छ । अब ५, ६ दिनभित्र साढे दुई किलोमिटर करिब १० सेन्टिमिटर बाक्लो कालोपत्र सकिन्छ । त्यहाँ कालोपत्र सकेर पश्चिमतर्फ नयाँ पिच गरिने उनले जनाए । ’अबको १५ दिनमा थप ३ किलोमिटर पिच सकिन्छ र त्यसपछि सदरमुकाम कावासोतीको जंगलमा काम सुरु हुन्छ,’ झाले भने ।चिनियाँ ठेकेदार कम्पनीले बुटवल–नारायणगढको १ सय १४ किलोमिटर सडक विस्तारको काम १७ अर्ब रुपैयाँमा ठेक्का लिएको हो । गत साउन २२ गते सडक हस्तान्तरण गर्नुपर्ने सम्झौता भए पनि काम पूरा हुन सके...
कमिशनको लोभमा प्रक्रिया मिचेर ६ अर्बको चिनियाँ हतियार किन्दै नेपाली सेना

कमिशनको लोभमा प्रक्रिया मिचेर ६ अर्बको चिनियाँ हतियार किन्दै नेपाली सेना

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ बैशाख – नाफागत व्यवसायमा आफ्नो संलग्नता बढाएको आरोप खेपिरहेको नेपाली सेनाले कमिशनको लोभमा प्रक्रिया मिचेर छिमेकी राष्ट्र चीनबाट ६ अर्ब रुपैयाँ बराबरको हतियार खरिद गर्ने तयारी गरेको रहस्य खुलेको छ। सैनिक स्रोतका अनुसार नेपाली सेनाले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको आगमनसँगै एजेन्ट लोकेन्द्र कार्कीमार्फत ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्ने तयारी गरेको रहस्य खुलेको हो। चीनबाट एकैपटक ठूलो परिणाममा हतियार खरिद गर्ने भएपछि स्थानीय पुरानो एजेन्ट नै परिवर्तन गर्दै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीका भाइ लोकेन्द्र कार्कीमार्फत हतियार ल्याउन लागिएको स्रोतको दाबी छ। स्रोतका अनुसार बिना प्रतिस्पर्धा सेनाले गोप्य रुपमा परराष्ट्र मन्त्रालयको सल्लाहबिना सिधै चिनियाँ दूतावासलाई पत्र पठाएर चीनबाट केटू हतियारसहित २६ वटा एपीसी र ७२ वटा ट्याक्टीकल भेइकल खरि...
सात वर्ष अघिसम्म बन्द राजापुर मुल भन्सार सञ्चालन गर्ने सहमति

सात वर्ष अघिसम्म बन्द राजापुर मुल भन्सार सञ्चालन गर्ने सहमति

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
बर्दिया, १५ बैशाख – जिल्लाको राजापुरस्थित एक मात्र मुल भन्सार कार्यालय पुनः सञ्चालनका लागि नेपाल भारतका व्यापारी र स्थानीय प्रहरी प्रशासन सहमत भएका छन । सीमावर्ती भारतको कतरनियाघाटमा भएको छलफलमा आवश्यक प्रक्रिया पुर्‍याई भन्सार सञ्चालनमा ल्याउने सहमति भएको हो । सात वर्ष अघिसम्म सञ्चालित राजापुर मुल भन्सार कार्यालय बन्द भएपछि यहाँबाट हुने आयात निर्यात बन्द भएको थियो । सात वर्ष अघि कर्णाली नदीको भंगालो गेरुवा नदीमा नेपालगन्ज, गुलरिया र राजापुर जोड्ने सडक पुल निर्माण भएपछि राजापुर—कतरनियाघाट नाका बन्द भएको हो । नाका बन्द भएपछि कैलालीको भारतसँग जोडिएको खग्रोला नाकाबाट सामान आयात निर्यात हुने गरेको छ । दुबै मुलुकका भन्सार प्रमुखको नेतृत्वमा कतरनियाघाटमा छलफल भएको थियो । दुबै मुलकका अधिकारीबीच भएको सहमति अनुसार हार्डवेयर, मोटर्सपार्ट लगायत घरायसी सामान ल्याउन अनलाइन मार्फत राजस्व लिने व्यव...
भारतलाई आग्रह: थप ३ पेट्रोलियम पाइपलाइन बनाइदिन प्रस्ताव

भारतलाई आग्रह: थप ३ पेट्रोलियम पाइपलाइन बनाइदिन प्रस्ताव

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
अमलेखगन्जदेखि लोथर, सिलिगुडीदेखि चारआली र गोरखपुरदेखि भैरहवासम्म पाइपलाइन बनाइदिन भारतलाई आग्रहकाठमाण्डौ, १५ बैशाख – पेट्रोलियम तथा ग्याससम्बन्धी नेपाल–भारत संयुक्त कार्य (सहसचिवस्तरीय) बैठकमा नेपालले थप तीन पेट्रोलियम पाइपलाइन बनाइदिन भारतसँग आग्रह गरेको छ । नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्याल र भारतका तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव ईशा श्रीवास्तवको नेतृत्वमा मंगलबार बसेको बैठकमा नेपालले २ वटा पेट्रोलियम पाइपलाइनसहित प्राकृतिक ग्यास पाइपलाइनको प्रस्ताव गरेको हो । ‘अमलेखगन्जदेखि लोथर र सिलगुढीदेखि चारआलीसम्म पेट्रोलियम पाइपलाइन र गोरखपुरदेखि भैरहवासम्म प्राकृृतिक ग्यासको पाइपलाइन बनाइदिन आग्रह गरेका छौं । यसमा भारतीय पक्ष सकारात्मक छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘हामीले गरेको प्रस्तावमा भारतीय पक्षले सोच्न सकिने र क...
डाबर नेपालले ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी गर्ने

डाबर नेपालले ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी गर्ने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ बैशाख – बहुराष्ट्रिय कम्पनी डाबरले उत्पादनको क्षमता विस्तार र विविधिकरणका लागि नेपालमा थप ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । लगानी बोर्ड नेपाल र डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधिकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनःलगानी सम्झौता भएको छ । बिहीबार भएको समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका बिजनेस हेड हरकिरत सिंह बेदीले हस्ताक्षर गरे । उद्योगको क्षमता विस्तार तथा उत्पाद विविधिकरणको लागि बोर्डले गत माघमै लगानी स्वीकृत गरेको थियो । सम्झौतापश्चात डाबर नेपालका बिजनेस हेड बेदीले नेपालमा आर्जित पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा लगानी गर्न चाहेको बताए । बोर्डका भट्टले डाबरले गरेको थप लगानीले नेपालप्रति बहुर्राष्ट्रिय कम्पनीको विश्वास रहेको पुष्टि गर्ने दाबी गरे...
मण्टेश्वरी बाँकेको दोस्रो अधिवेशन सम्पन्न

मण्टेश्वरी बाँकेको दोस्रो अधिवेशन सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० बैशाख – मण्टेश्वरी एशोसिएशन बाँकेको शनिवार दोस्रो अधिवेशन सम्पन्न भएको छ ।मण्टेश्वरी एशोसिएशन बाँकेकी अध्यक्ष लुना बुढाथोकीको अध्यक्षमा सम्पन्न दोस्रो अधिवेशनको वरिष्ठ पत्रकार तथा एशोसिएसनका सल्लाहकार पूर्ण लाल चुकेले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । मण्टेश्वरी एशोसिएशनकी कोषाध्यक्ष खिमा थापामगरद्वारा सञ्चालित कार्यक्रममा सचिव दुर्गा बजगाईले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै बाँकेमा मण्टेश्वरी एशोसिएसनको उद्देश्यको बारेमा प्रकाश पार्नु भएको थियो ।सो कार्यक्रममा मण्टेश्वरी एशोसिएशनका सल्लाहकार वरिष्ठ पत्रकार पूर्णलाल चुकेले ११५ वर्ष अघि मारिया मण्टेश्वरीले ल्याएको अवधारणा अन्सारको शिक्षण विधि, पद्दति र सिकाईबाट कलिला बालबालिकाको भविष्य उज्वल गराउन सहायक सिद्ध हुने बताउनु भयो ।मंगल प्रसाद महिला कलेजका प्रमुख तथा सल्लाहकार रविन्द्र कर्णले म तपाईहरुलाई तालिम दिनमा हर स...
नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न

नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० वैशाख – तेस्रो नेपालगन्ज फोटो फेस्टिवल सम्पन्न भएको छ । अन्तरालको आयोजना र रक्षक सेक्युरिटीको सहकार्यमा भएको फेस्टिवलका विजेताहरुलाई पुरस्कृत गर्दै सम्पन्न भएको हो ।दुई दिनसम्म चलेको फेस्टिवलका विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, राखेप सदस्य अन्जन धमला, केलएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रदिप छाजेड, आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, फेस्टिवल निर्णायक टिमका संयोजक विकास कार्की र रमेश मल्लले पुरस्कृत गरेका थिए ।‘वर्ष फोटो’ विजेता मुगुका पत्रकार राजबहादुर शाहीलाई नगद २५ हजार ५ सय ५५ रुपैया सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।यसैगरी शुक्रबारदेखि सुरु भएको फेस्टिवलमा खेलकुद विधाका विजेता सत्यम जोशी, पर्यटन विधाका विजेता सृजना ओली, संस्कृति तर्फको विजेता बबि साई, प्रकृति र संरक्षण तर्फको विजेता श्रीराम खत्री, दैनिक जीवन तर्फ...