मैले आफ्ना मातहतका पत्रकारलाई समाचार लेख्न दिएकी हुँः उपमेयर संगिता सुवेदी
काेहलपुर, ३ पाैष - कोहलपुर नगरपालिका १५ चौधरीया गाउँमा निर्माणधिन अवस्थामा रहेको सडक र अस्फाल्ट कालोपत्रेको ठेक्का खुशी बिल्डर्स नामको कम्पनीले ट्यन्डर मार्फत कोहलपुर नगरपालिकाबाट ४७ लाख ४६ हजार २ सय ३४ रुपैयाँको लगानीमा ‘बरको रूख अगाडिदेखि चौधरिया चोक’सम्मको चार सय मिटर सडक कालोपत्रे गर्ने गरी खुसी विल्डर्सले ठेक्का लिएको थियो ।
खुशी बिल्डर्स कम्पनीले २०८० साल बैशाख २० गते उक्त ठेक्काको सम्झौता गरि सडक निर्माणको काम अगाडि बडाएको थियो । अस्फाल्ट प्रवृत्तिबाट सडक पिच गर्ने सम्झौता भएपछि निर्माण कै क्रममा कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदीको टोलि सहित उक्त सडकको अनुगमन गर्न उक्त स्थलमै पुगेको थियो ।
इन्जिनियरसहित पुगेको टोलीले ‘कोरकटिङ’ गरी कालोपत्रेको विटुमिन परीक्षण हेर्दा मापदण्ड अनुसार नभएको पाइएन । सो बेला उपमेयर तथा अनुगमन समिति संयोजक सुबेदीले तत्काल निर्माण कम्पनीलाई एक ह...









