Saturday, April 18सत्यम खबर
Shadow

कामको लागि भारत हिड़ेका तेजबहादुर नेपालगन्जमा मृत फेला

नेपालगन्ज, २८ मंसिर – सल्यान जिल्ला बनगड़ कुपिण्डे नगरपालिका ३ बस्ने बर्ष ६२ का तेज बहादुर कामी ४ दिन अघि रोजगारीको शिलशिलामा भारत जान भनि घरबाट साथीहरुसँग निस्किएका नेपालगन्ज पुगी राति नेपालगन्ज बॉस बसेका कामि आज दिउँसो १२ बजे नेपालगन्ज १ पुष्पलाल चौक स्थित प्रहरी गुल्म सँगै रहेको तलाउमा मृत अवस्थामा फेला परेका हुन ।


यसरी ब्यस्त ठाउँमा रहेको प्रहरीको आँखा अगाड़ी मान्छे मृत हुँदा समेत प्रहरीले थाहा समेत पाएन । गाँउबाट सँगै कामका लागी निस्केका अन्य साथीहरु भने भारत पुगी सकेका छन् भने तेजबहादुर कामी हराएको खबर प्रहरी समेत उनका आफन्तहरुले उजुरी दर्ता गराएका थिए ।


कामीको शव तलाउबाट निकाली मुचुल्का उठाई पोस्टमॉटमका लागी भेरी अञ्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *