Sunday, July 26सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

अन्तर विद्यालय (यु–१८) छात्रछात्रा फुटबल : तक्षशिला एकेडेमी, मंगल प्रसाद मावि, होलि ल्याण्ड र हिमालयन विद्याको विजयी सुरुआत

अन्तर विद्यालय (यु–१८) छात्रछात्रा फुटबल : तक्षशिला एकेडेमी, मंगल प्रसाद मावि, होलि ल्याण्ड र हिमालयन विद्याको विजयी सुरुआत

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ जेठ – तक्षशिला एकेडेमी, मंगल प्रसाद मावि, होलि ल्याण्ड र हिमालयन विद्या निकेतन स्कुलले बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय -यु–१८) छात्रछात्रा फुटबल प्रतियोगिताको पहिलो दिन जित हासिल गरेका छन् । बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा तक्षशिलाले नोबेल इङलिस मिडियम स्कुललाई १–० ले पराजित गरेको छ । तक्षशिलाको लागि रिदम रावतले ३६औं मिनेटमा गोल गर्नु भएको थियो । निर्णायक गोल गर्ने रिदम प्लेयर अफ द म्याच घोषित समेत हुनु भयो । उहाँलाई नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी, नेपालगन्ज न्युरो अस्पतालका फार्मेसी प्रमुख दिपेश विष्टले पुरस्कृत गर्नु भयो । नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा मंगल प्रसादले सडनडेथमा बाल विद्या मन्दिर कोहलपुरलाई पराजित गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीम...
कर्बलाको नाममा सार्वजनिक पोखरी कब्जा

कर्बलाको नाममा सार्वजनिक पोखरी कब्जा

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको २१० कट्ठा जग्गामा फैलिएको पोखरीलाई कर्बलाको नाममा कब्जा गर्न लामो समयदेखि प्रयास जारी रहेकै बेला नरैनापुर वडा नं. १ कटकुईया गाउँको दक्षिण तिर रहेको करीव २ विगाहा जग्गामा फैलिएको सरकारी पोखरी २०८३/२/२१ गते कब्जा गरिएको छ । प्राप्त जानकारी अनुसार नरैनापुर वडा नं. १ का वडा अध्यक्ष ईशाक जोलाहको मिलोमत्तो एवं निर्देशनमा वडा नं. १ महानितिया गाउँ बस्ने नूरमोहम्मद शाहको अध्यक्षतामा हुसैनी कर्बला महानितिया संचालक समिति बनाई २०८३/२/२१ गते उक्त संचालक समितिको नामावली सहितको बोर्ड पोखरीमा गाडेरकब्जा गरिएको हो । वडा अध्यक्ष ईशाक जोलाहले नरैनापुर वडा नं. १ मा रहेका सबै जग्गा प्रायः कब्जा गरिसकेको स्रोतको दावी रहेको छ । वडा अध्यक्ष ईशाक जोलाहले कब्रिस्तानको नाममा र ईदगाहको नाममा धेरै एलानी सरकारी जग्गा कब्जा गरीसकेको र गर्ने क्रम ज...
आचार्यको ‘आरोह अवरोह’ विमोचन

आचार्यको ‘आरोह अवरोह’ विमोचन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ जेठ – शिक्षाविद् तथा साहित्यकार किरण आचार्यको आत्मकथा ‘आरोह अवरोह’ एक विशेष समारोह बीच मंगलबार विमोचन गरिएको छ । असल शासन मिडियाद्वारा प्रकाशित उक्त कृतिको लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. विनोदप्रसाद ढकाल, लेखक आचार्य, आचार्यका पती प्रा. डा. जनार्दन आचार्य, वरिष्ठ साहित्यकार सनत रेग्मी, लेखक नरेन्द्र जंग पिटर, भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्क, असल शासन मिडियाका अध्यक्ष नमस्कार शाह लगायले संयुक्त रूपमा विमोचन गरेका हुन् । विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. विनोदप्रसाद ढकालले आत्मकथा कुनै व्यक्तिको जीवन वृत्तान्त मात्र नभई समाज र समयको इतिहास पनि हुने बताए । उनले किरण आचार्यको जीवनयात्रा संघर्ष, समर्पण र निरन्तरताको उदाहरण रहेको उल्लेख गर्दै ‘आरोह अवरोह’ ले शिक्षा, समाज र राष्ट्र...
तेस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आई.बि.पी. च्याम्पियनसिपको ट्राफी ओम फिटनशलाई (फोटोफिचरसहित)

तेस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आई.बि.पी. च्याम्पियनसिपको ट्राफी ओम फिटनशलाई (फोटोफिचरसहित)

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ जेठ – तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बि.पी. च्याम्पियनसिप प्रतियोगिता – २०८३ को उपाधी ओम फिटनश सेन्टरसे जितेको छ ।   शनिबारदेखि शुरु भई आईतबार सम्पन्न खेलमा विभिन्न विद्याहरु राखिएको थियो । उक्त विद्याहरुको परीक्षणको लागि सम्बन्धित जानकारी विज्ञ प्रशिक्षकहरुद्वारा गरी प्रथम, द्धितीय र त्रितीय गरी करीब ९७ जना बढी सहभागी प्रतिभावान खेलाडीहरु मध्ये ९० बढीलाई विजेता घोषणा गरी प्रमाण पत्र, मेडलद्वारा सम्मानित गरिएको थियो । तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बि.पी. च्याम्पियनसिप प्रतियोगिता – २०८३ को प्रतियोगितामा ओभर अल च्याम्पियनसिप स्ट्रेन्थलिफ्टिङ्ग मेन रू. १५ हजार करन बाडिया, ओभर अल च्याम्पियनसिप आईबिपि मेन रू. १५ हजार बिकल शाक्य, ओभर अल च्याम्पियनसिप स्ट्रेन्थलिफ्टिङ्ग वुमेन रू. १०, ओभर अल च्याम्पियनसिप आईबिपि वुमेन ...
५२ जना महिलाहरुलाई धुप र अचार बनाउने तालिम

५२ जना महिलाहरुलाई धुप र अचार बनाउने तालिम

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ जेठ – नारी विकास केन्द्रले ५२ जना महिलाहरुलाई धुप र अचार बनाउने तालिम दिएको छ । पर्यटन डिभिजन कार्यालय, कोहलपुरको आयोजना तथा नारी विकास केन्द्रको सहकार्यमा उक्त तालिम सम्पन्न गरिएको हो । तालिमका सहभागीहरुलाई लुम्बिनी प्रदेश सभाका सदस्य मीना श्रेष्ठको प्रमुख आतिथ्यमा नारी विकास केन्द्रको सभा कक्षमा आयोजित समापन समारोहका वीच प्रमाण पत्र वितरण गरिएको छ । कार्यवाहक अध्यक्ष शीला शाहका अनुसार तीन दिनसम्म सञ्चालित धुप तालिममा २६ जना र सात दिनसम्म सञ्चालित अचार बनाउने तालिममा २६ जना समेत ५२ जना महिलाहरुको सहभागिता रहेको थियो । धुप बनाउने तालिमका प्रमुख प्रशिक्षक मेनका वैद्य जोशी र सहायक प्रशिक्षकमा पवित्रा शर्मा हुनुहुन्थ्यो भने अचार बनाउने तालिममा प्रमुख प्रशिक्षक कमला चौधरी र सहायक प्रशिक्षकमा राधिका खत्री रहेको कार्यवाहक अध्यक्ष शाहले बताउनु भयो । नेपालगन्ज उपमहानगरपा...
बाँके जिल्ला स्तरीय मेयर कप फुटबल बुधबारदेखि हुँदैं

बाँके जिल्ला स्तरीय मेयर कप फुटबल बुधबारदेखि हुँदैं

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ जेठ – बाँके जिल्ला स्तरीय मेयर कपअन्तर विद्यालय -यु–१८) छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८३ आगामी बुधबारदेखि नेपालगन्जमा हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा छात्र तर्फ ३७ टिमको सहभागिता रहेको छ भने महिलातर्फ ११ टिमको सहभागिता रहेको छ । जेठ २४ गते हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले केही समय ढिला गरी सुरु गर्ने तयारी गरेको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो । प्रतियोगितामा बाँकेका ८ वटा स्थानीय तहका निजी तथा सरकारी विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा छात्र तर्फ साविक विजेता ब्राइटल्याण्ड स्कुल नेपालगन्ज र तक्षशिला एकेडेमीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको समुह ‘ए’ मा ब्राइटल्याण्ड, तक्षशिला एकेडेमी, नोबेल एकेडेमी, मंगलमावि, ...
बालअधिकार संरक्षण तथा बालमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन ३ दिने तालिम सम्पन्न

बालअधिकार संरक्षण तथा बालमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन ३ दिने तालिम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ जेठ — बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तीनदिने तालिम आइतवार सम्पन्न भएको छ । स्थानीय सरकार अन्तर्गत बालअधिकार संरक्षण तथा बालमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले ३ दिने तालिम सञ्चालन गरिएको हो । जानकी गाउँपालिकाको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपाल र सामाजिक विकास मञ्चको सहयोगमा सम्पन्न भएको उक्त तालिममा स्थानीय सरकारका बालअधिकार समितिका पदाधिकारी, बाल संरक्षणका क्षेत्रमा कार्यरत सरोकारवाला निकाय तथा विभिन्न समुदायस्तरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बाल संरक्षण प्रणालीको विकास, बालअधिकार सम्बन्धी प्रक्रिया, घटना व्यवस्थापन, बाल संरक्षण सूचना व्यवस्थापन प्रणालीको प्रयोग तथा बाल संरक्षण सेवा सम्बन्धी विषयमा सहजीकरण प्रशिक्षक प्रकाश उपाध्यायले ३ दिन प्रशिक्षण दिनुभएको थियो । तालिमले बाल संरक्षणका घटनाको प्रभावक...
पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ जेठ – पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा शनिबार नेपालगन्जमा सम्पन्न भएको छ । अग्रज तथा युवा खेलाडीहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न साधारणसभाले संस्थाको वार्षिक गतिविधि समीक्षा गर्नुका साथै आगामी कार्ययोजना तय गर्ने विषयमा व्यापक छलफल गरेको छ । समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विशेष अतिथिका रूपमा सुरेन्द्र हमाल तथा समाजका सल्लाहकार अजितकुमार शर्मा रहनुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै विशेष अतिथि हमालले खेलकुद राष्ट्रको पहिचान र गौरवसँग जोडिएको क्षेत्र भएको उल्लेख गर्दै पूर्व खेलाडीहरूको अनुभव, दक्षता र नेतृत्वलाई खेलकुद विकासमा उपयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले खेल जीवनबाट प्राप्त अनुभवल...
सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय अभिमुखीकरण

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय अभिमुखीकरण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २४ जेठ – बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय सचेतना अभिबृद्धि अभियान शुरु गरेको छ । रोजगारीका लागि विदेश जानुभन्दा अघि थाहा पाउनुपर्ने कुराहरुको बारेमा घरपरिवारका सदस्यलाई जानकारी दिन थालिएको हो । नेपालबाट रोजगारीका लागि जाने अधिकांस युवाहरु दुःख पाउने र केहीको अनाहकमा ज्यान जाने घटनाहरु बढीरहेकाले विदेश जानुभन्दा अघि सबै जानकारी भएमा जोखिमबाट बच्न सकिने बारे जानकारी गराइनेछ । डुडुवा गाउँपालिका रोजगार शाखाले पालिकाका सबै वडालाई समेटर गाउँ टोलका अभिभावक, युवालगायतलाई जानकारी दिन लागेको छ । वडा नंं–५ पदमपुरस्थित सामुदायिक अभिमुखीकरण गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सचेतना कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यस्ता कार्यक्रमले पालिकाबासीलाई सचेत बनाउने विश्वास व्यक्त...
बंगलादेशको क्लिनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तार

बंगलादेशको क्लिनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तार

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
ललितपुर, २२ जेठ – नेपालमा डिजिटल स्वास्थ्यमा कार्यरत हेल्थ यादआयो र बंगलादेश स्थित सोही क्षेत्रमा कार्यरत क्लिीनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तारका लागि सहकार्य भएको छ । उक्त सहकार्यसँगै दुबै संस्थाले सो सेवा शुभारम्भ गरेको हो । यस सहकार्य अन्तर्गत बंगलादेशका सेवाग्राहीहरुले अव नेपालका विशेषज्ञ चिकित्सकहरुसँग अनलाइन माध्यमबाट परामर्श लिन सक्ने छन् । साथै जटिल स्वास्थ्य समस्याका लागि काठमाडौँका अन्तर्राष्टिय स्तरका अस्पतालहरुबाट मेडिकल सेकेन्ड राय सुझाव प्राप्त गर्ने सुविधा समेत उपलव्ध गराइएको छ । हेल्थ यादआयोले आफ्नो टेलिमेडिसिन एपीआई उपलव्ध गराई नेपाली विशेषज्ञ चिकित्सकहरुको विवरण तथा अस्पतालहरुसँगको समन्वयर सूचना प्रविधि प्रणाली क्लिीनिकल बंगलादेशसँग एकीकृत गरेको छ । यो सहकार्यले विरामीहरुलाई सुरक्षित, सहज र प्रभावकारी रुपमा घरमै बसेर स्वास्थ्य सेवाप्राप्त गर्न...