Wednesday, September 24सत्यम खबर
Shadow

अन्तर्राष्ट्रिय क्रिकेटबाट शनिबारदेखि सन्यास लिएका महेन्द्र सिंह धोनीको करिअर र उनले बनाएका रेकर्डहरु

नेपालगन्ज, ३२ श्रावण– भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले शनिबार १६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट बिदा लिने निर्णय गरेर सार्वजनिक सञ्चाल मार्फत सबैमा जानकारी गराएका छन् ।


सन् २०१४ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट संन्यास लिएका धोनीले शनिबार एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट पनि नखेल्ने निर्णय गरेका हुन् । व्यावसायिक क्रिकेट भने खेल्ने धोनीले सिजनको आइपिएलमा चेन्नई सुपरकिंग्सको नेतृत्व गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


भारतमा बढी लोकप्रिय खेलमा क्रिकेटलाई मन पराउँछन् । त्यसमाथि लोकप्रिय खेलाडीहरुमा मन पराइएका क्रिकेटर धोनीले सन् २०१९ को विश्वकपछि भारतीय टिमबाट खेलेका थिएनन् । त्यसअघि उनले भारतीय टिमलाई दिएको योगदानका कारण उनी सधैं चर्चाको शिखरमा रहे । करिअरका दौरान उनले दर्जनौ रेकर्ड बनाए ।


आइसिसीका तीन प्रतियोगिता जित्ने एक्लो कप्तान
धोनी आइसिसीको तीन प्रतियोगिता जित्ने एक्लो कप्तान हुन् । धोनीको नेतृत्वमा भारतले सन् २००७ को टी–२० विश्वकप, २०११ को एकदिवसीय विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफीको उपाधि जित्यो ।
कप्तानको रुपमा बढी अन्तर्राष्ट्रिय खेल
धोनीले भारतका लागि ३३२ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरे । जसमा २०० एकदिवसीय, ६० टेस्ट र ७२ टी–२० समावेश छन् । अस्ट्रेलायाका रिकी पोन्टीङ धोनी भन्दा ८ खेल कम ३२४ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेर दोस्रो स्थानमा छन् । धोनी तीनै फर्म्याटको क्रिकेटमा ५० बढी खेलमा कप्तानी गर्ने एक्लो कप्तान हुन् ।


बढी फाइनल जित्ने कप्तान
धोनी एकदिवसीय प्रतियोगिताको बढी फानल जित्ने कप्तान हुन् । उनले भारतलाई २ भन्दा बढी टिम सहभागी ६ वटा एकदिवसीय प्रतियोगिता फाइनल पु¥याए । यस्तै उनी कप्तानको रुपमा बढी एकदिवसीय खेल जित्ने दोस्रो कप्तान हुन् । उनले कप्तानको रुपमा ११० खेल जिते ।
एकदिवसीय खेलमा बढी नटआउट
धोनी एकदिवसीय खेलमा बढी नटआउट हुने खेलाडी हुन् । उनी ८४ एकदिवसीय खेलमा नटआउट रहे ।


अन्तर्राष्ट्रिय क्रिकेटमा बढी स्टम्पिङ
धोनी अन्तर्राष्ट्रिय खेलमा बढी स्टम्पिङ गर्ने विकेटकिपर हुन् । उनले ३५० खेलमा १२३ स्टिम्पङ गरे। यस्तै उनी सय स्टम्पिङ पूरा गर्ने पहिलो विकेटकिपर हुन् ।
यस्तो रह्यो धोनीको १६ वर्षको करिअरः
२००४ को डिसेम्बरमा धोनीले बंगलादेशविरुद्धको एकदिवसीय खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । सो खेलमा उनी शून्य रनमा रनआउटको सिकार भएका थिए ।
२००५ मा धोनीले उत्कृष्ट प्रदर्शन गर्दै भारतीय टिममा आफ्नो प्रभाव जमाए । उनले पाकिस्तानविरुद्ध १४५ रन तथा श्रीलंकाविरुद्ध नटआउट १८३ रन बनाएपछि चर्चाको शिखरमा पुगे ।
२००७ मा धोनी भारतको टी–२० विश्वकपका लागि कप्तान चुनिए । उनको नेतृत्वमा भारतले पाकिस्तानलाई हराएर पहिलो संस्करणको टी–२० विश्वकप जित्यो ।
२००८ मा धोनीको कप्तानीमा भारतले अस्ट्रेलियामा पहिलो पटक एकदिवसीय सिरिज जित्यो । त्यसपछि उनी भारतीय टिमको पूर्णकालीन कप्तान भए ।
२००९ मा धोनीको कप्तानीमा भारतले पहिलो पटक न्युजिल्यान्डमा पनि एकदवसीय सिरिज जित्यो । यस्तै उनले त्यहिँ वर्ष भारतलाई आइसिसी टेस्ट वरीयतामा शीर्ष स्थानमा पु¥याए ।
२०१० मा धोनीको नेतृत्वमा भारतले एसिया कपको उपाधि जित्यो । यस्तै दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिज १–१ को बराबरी भएसँगै भारत सो वर्ष पनि टेस्टमा नम्बर एक टिम बन्यो ।


२०११ मा धोनीको कप्तानीमा भारतले एकदिवसीय विश्वकपको उपाधि उचाल्यो । भारतमा भएको प्रतियोगिताको फाइनलमा भारतले श्रीलंकाले हराएर उपाधि जितेको थियो । फाइनल भिडन्तमा धोनीले नटआउट ९१ रन बनाएका थिए ।
२०१३ मा भारतले आइसिसी च्याम्पियन्स ट्रफी जित्दा धोनी कप्तान थिए । उनले प्रतियोगितामा दोहोरो शतक हिर्काएका थिए । उनी दोहोरो शतक हिर्काउने पहिलो विकेटकिपर ब्याट्सम्यान बनेका थिए । त्यससँगै उनी टेस्टमा भारतका सबैभन्दा सफल कप्तान बने। उनले सफल कप्तानीमा शौरभ गांगुलीलाई पछि पारे ।
२०१४ को टी–२० विश्वकपमा भारतले फाइनलमा स्थान बनायो। तर फाइनलमा श्रीलंकासँग पराजित हुन पुग्यो । धोनीले यहि वर्ष अवे सिरिजमा लगातार पराजित भएपछि टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरे ।
२०१५ को विश्वकपमा उनले भारतलाई सेमिफाइनलसम्को यात्रा गराए । तर साविक विजेता भारत अस्ट्रेलियासँग पराजित भयो ।
२०१६ मा धोनीको नेतृत्वमा भारतले अस्ट्रेलियालाई उसैको मैदानमा तीन खेलको टी–२० सिरिजमा ३–० ले हरायो । यस्तै उनले यो वर्षको टी–२० विश्वकपमा पनि भारतलाई सेमिफाइनलसम्म पु¥याए ।
२०१७ मा धोनीले एकदिवसीय र टी–२० को कप्तानी छाडे । त्यसपछि विराट कोहली भारतको कप्तान बने ।
२०१८ मा धोनीले एकदिवसीय खेलमा १० हजार रन पूरा गरे । उनी १० हजार रन पूरा गर्ने दोस्रो विकेटकिपर ब्याट्सम्यान बने । त्यसअघि श्रीलंकाका कुमार सांगाकाराले १० हजार रन पूरा गरेका थिए ।
२०१९ को एकदिवसीय विश्वकपमा धोनीले अन्तिम एकदिवसीय खेल खेले । न्युजिल्यान्डविरुद्धको सेमिफाइनलको खेल धोनीको अन्तिम एकदिवसीय खेल बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *