पाकिस्तान र श्रीलङ्काको आर्थिक उद्धारमा किन चीनले चासो देखाइरहेको छैन ?
काठमाण्डौ, ८ बैशाख – चीनले पछिल्लो समय विकासोन्मुख मुलुकलाई आफूमा निर्भर बनाउने खालको ‘ऋण कूटनीति’ अङ्गीकार गरिरहेको अमेरिकाले आरोप लगाउने गरेको छ। तर आरोप विपरीत आर्थिक सङ्कटसँग जुधिरहेका दुई मित्रराष्ट्र श्रीलङ्का र पाकिस्तानलाई आर्थिक सहयोग गर्न चीनले अनिच्छा देखाएको छ।
मार्चको अन्त्यमा पाकिस्तानले तिरेको ४ अर्ब डलर ऋणको पुर्नभुक्तानीका लाग उसले गरेको मागप्रति चीनले चासो देखाएको छैन। न त उसले श्रीलङ्काले मागेको २.५ अर्ब डलरको सहयोगकै जवाफ दिएको छ। चीनले यी दुवै मुलुकलाई सहयोग गर्ने वाचा नगरेको भने होइन। तर उसले जनाएको सहयोगको प्रतिबद्धता ती मुलुकका माग अनुरूप छैन।
चीनको पछिल्लो व्यवहारले एकातर्फ बीआरआई कार्यक्रममा चीनको रणनीति बदलिरहेको देखाउँछ भने अर्कोतर्फ मित्र राष्ट्रको घरेलु परिस्थितिमा उसको अहस्तक्षेप नीति पनि प्रतिबिम्बित गर्छ। राजनीतिक परिवर्तनको कुरा गर्दा पछिल्लो समय...









