भारत र अमेरिकाको विरोधका बाबजुद श्रीलंका पुग्यो चिनियाँ जहाज
काठमाण्डौ, ९ भाद्र – केही दिनको कूटनीतिक खिचातानीपछि चिनियाँ सर्वे जहाज युआन वाङ ५ श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा रोकिएको छ। सो जहाजलाई श्रीलंकाको जलक्षेत्रमा प्रवेश गर्न नदिन भारत र अमेरिकाले प्रयास गरेको बताइएको छ।मंगलबार बिहान सो जहाज हम्बनटोटा बन्दरगाहमा रोकिएको हो। जसलाई चिनियाँ कूटनीतिज्ञ र बन्दरगाहका अधिकारीहरुले स्वागत गरेका थिए।सो जहाज अगस्ट ११ मै हम्बनटोटा आइपुग्ने तय भएको थियो। तर, नयाँ दिल्ली र वासिङ्टनले विरोध गरेपछि श्रीलंका सरकारले त्यसमा पाँच दिन ढिलाइ गरिदिएको समाचारहरुमा जनाइएको छ।
सरकारी स्रोतलाई उधृत गर्दै रोयटर्सले जनाए अनुसार २२२ मिटर लामो यो जहाज जासुसी गर्ने भारतको चिन्ता थियो। पेन्टागनका अनुसार यो जहाज स्याटलाइट, रकेट र ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निगरानीमा प्रयोग हुन्छ।
यद्यपि भारतले सो जहाजलाई फिर्ता पठाउन श्रीलंकालाई दबाब नदिएको भारतको विदेश...









