चीनमा पनि ६० किलो सुनकाण्ड !
काठमाण्डौ, २० चैत – पछिल्लो समय नेपालमा सुन तस्करीका घटना बढेका छन् । ठूला नेताहरु नै काण्डका मुछिएका र समातिएका छन् । खास गरी चीनबाट नेपालमा अबैध सुन आउने र भारततिर लैजाने गरिएको सुरक्षा निकायको विश्लेषण छ ।
उता जहाँबाट नेपालमा अबैध सुन भित्रँदैछ भनेर चर्चा हुने गर्छ, त्यही उत्तरी छिमेकी चीनमा पनि सुनको ठगी धन्दा र अनियन्त्रित बजारको संकट बढ्दै जान थालेको पाइएको छ ।
पछिल्लो समय चीनमा स्टक मार्केट कमजोर बनेको छ । सेयर मार्केटको मन्दीसँगै मध्यम वर्गीय लगानीकर्ताहरुले आफ्नो सम्पत्ति कसरी सुरक्षित गर्ने भन्ने उपायहरु खोज्न थालेका छन् । यसक्रममा चीनमा सुनको कारोबार र मूल्य ह्वात्तै बढेको छ । यसक्रममा सुनसँग सम्बन्धित घोटाला र काण्डहरु पनि बाहिर आएका छन् ।
यसै महिनाको सुरुमा बेइजिङस्थित प्रशिद्ध सुन ब्राण्डको फ्रेन्चाइजीले ७० भन्दा बढी लगानीकर्ताहरुबाट ६० किलो सुन ठगी गरेको आरोपमा मुद्...







