Friday, May 29सत्यम खबर
Shadow

विदेश

अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप

अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ बैशाख –अमेरिकाले इजरायलमा पठाइने शक्तिशाली बमको ठूलो खेप रोकेको छ । इजरायलले यी बमहरू राफाहमा सञ्चालन भइरहेको सैन्य कारबाहीमा प्रयोग गरेको हुन सक्ने बताउँदै बमसहित हतियार रोकेको हो । बीबीसीका अनुसार अमेरिकामा विद्यार्थी आन्दोलन निरन्तर बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो । अमेरिकाले अप्रिलको सुरुदेखि नै इजरायलले रफाहमा आक्रमण गर्न प्रयोग गर्न सक्ने हतियारको समीक्षा गरिरहेको थियो । पछिल्लो ८ महिनामा अमेरिकाले इजरायललाई हतियार पठाउन रोकेको यो पहिलो पटक हो । इजरायलले रफाहमा सैन्य कारबाही सुरु गरेको बेला यो जानकारी बाहिर आएको हो । अप्रिल ७ मा, इजरायली सेना ट्यांकहरू सहित दक्षिणी गाजाको रफाह क्षेत्रमा प्रवेश गरेको थियो । यसले इजिप्टसँगको गाजाको सिमाना कब्जा गरेको छ । तर, इजरायली सेनाले रफाहबाट १ लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने पनि बताएको छ । अमेरिकाले बम ढुवानी रोक्न...
अफगानिस्तानमा विस्फोट हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

अफगानिस्तानमा विस्फोट हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ बैशाख – अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा बुधबार सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन् । तालिबानको गृह मन्त्रालयले फैजाबाद सहरमा सुरक्षा बलको शिविरलाई लक्षित गरी विस्फोट गराइएको जनाएको छ । अफिम खेती उन्मूलन गर्ने अभियानमा सुरक्षा बलको क्याम्प त्यस क्षेत्रमा तैनाथ थियो । प्रारम्भिक जानकारी अनुसार घटनामा तीन जना सुरक्षा बलका सदस्यहरूको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताए । यसैबीच, बदख्सानका नागरिकहरूले तालिबानलाई यस क्षेत्रको सुरक्षा बढाउन अनुरोध गरेको बदख्सानका बासिन्दा रसूलले उल्लेख गरे । अहिलेसम्म कुनै व्यक्ति वा समूहले उक्त विस्फोटको जिम्मेवारी लिएको छैन । घटनाको थप विवरणको प्रतीक्षा गरिएको छ । खबरहब...
इजरायल एक्लै लड्न तयार छ : नेतान्याहु

इजरायल एक्लै लड्न तयार छ : नेतान्याहु

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ बैशाख – इजरायलले रफाहामा आक्रमणलाई निरन्तरता दिए सैन्य सहयोग रोक्न अमेरिकी चेतावनीपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरू एक्लै उभिन सक्ने बताएका छन्। ‘आवश्यक परे हामी एक्लै उभिन पनि तयार छौं,’ नेतान्याहुले भने। यस अघि अमेरिकी राष्ट्रपति जो वाइडेनले आर्टीलरी सेल सहितको सैन्य सहयोग रोक्ने कुरा बताएका थिए। सामान्य नागरिकको ज्यान जाने खतराले अमेरिकाले सहयोग पठाउन रोकी सकेको छ। नेतान्याहुले अमेरिकी प्रतिक्रियापछि सन् १९४८ को युद्ध स्मरण गरेका छन्। ‘सन् १९४८ मा धेरैको विरुद्धमा हामी एक्लो थियौं। हामीसँग हतियार थिएन। यसका बाबजुद हामी विजयी भएका थियौं। हाम्रो भावना र हामी भित्र रहेको बहादुरी पनका कारण हामीले सफलता पाएका थियौं ,’ नेतान्याहुले भने। रक्षा मन्त्री युभ गालान्टले इजरायलको विरोधी र समर्थकले जे भने पनि आफू बहादुरी पूर्वक उभिने बताएका छन्। इजर...
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

अपराध, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ बैशाख – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ । युक्रेनको राज्य सुरक्षा सेवा (एसबीयू) ले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिइएको छ र रुसलाई गोप्य जानकारी चुहाएको आरोप लगाइएको जनाएको छ । एसबीयूले रूसको राज्य सुरक्षा सेवा सँग सम्बन्धित एजेन्टहरूको नेटवर्कको फर्दफास भएको बताउदै उनीहरु;ए जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको र ति योजना असफल बनाएको बताएको छ । एसबीयूले उनीहरुले एसबियुका प्रमुख र युक्रेनको रक्षा गुप्तचर प्रमुखसहित अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूलाई पनि निशाना बनाएको बताएको छ । फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेदेखि जेलेन्स्कीले आफ्नो जीवनमा धेरै प्रयासहरूको सामना गरेका छन् । माइकोलाइभको दक्षिणी युक्रेनी क्षेत्रकी एक महिलालाई जे...
ट्रम्पविरुद्ध पोर्नस्टारको अदालतमा बयान

ट्रम्पविरुद्ध पोर्नस्टारको अदालतमा बयान

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ बैशाख – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक पोर्न स्टारलाई पैसा दिएर चुप लाग्न आग्रह गरेको आरोप लागेको छ । यस मुद्धामा अमेरिकी अदालतमा सुनुवाइ भएको छ । यसै क्रममा पोर्न स्टार स्टर्मी डेनियलले आफ्नो बयान दिएकी छन् । स्टर्मीले ट्रम्पलाई सन् २००६ मा भेटेको उनी ६० वर्षको उमेरमा भएको बताइन् । स्टर्मी त्यतिबेला २७ वर्षकी थिइन् । ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनाव अघि मौन बस्न स्टर्मीलाई पैसा तिरेको आरोप छ । ट्रम्पका वकिलले पनि ट्रम्पको तर्फबाट पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएको स्वीकार गरेका थिए । यसपछि त्यसको क्षतिपूर्ति दिन पूर्वराष्ट्रपतिले व्यापार अभिलेखमा सो रकम लुकाएको आरोप लागेको छ । ५ घण्टासम्म चलेको अदालतको सुनुवाईमा स्टर्मीले सन् २००६ को सेलिब्रेटी गल्फ प्रतियोगितामा ट्रम्पले उनलाई होटलमा बोलाएको बताइन् । उनी आइपुग्दा ट्रम्प आफैंले ढोका खोले । उनले...
चीनमा पाँच लाख बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा पाँच लाख बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २३ बैशाख – चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका तीन लाख ९२ हजार गरी कूल पाँच लाख ४४ हजार अपाङ्गता भएका व्यक्तिले रोजगारी पाएको चिनियाँ अपाङ्गता व्यक्ति महासङ्घले जनाएको छ । सन् २०२३ मा चीनमा नौ लाख ६० हजार प्रमाणित अपाङ्गता भएका व्यक्ति विभिन्न प्रकारका रोजगारीमा संलग्न रहेका थिए । यसमा सरकारको सहयोगमा रोजगारी, स्वरोजगार, आंशिक समयका लागि रोजगारी र सरकारले उपलब्ध गराएको जन कल्याणकारी रोजगारीहरू समावेश छन् । यीमध्ये झण्डै आधा व्यक्ति कृषि उद्योगको खेती, प्रजनन र प्रशोधन क्षेत्रमा कार्यरत रहेको महासङ्घले जनाएको छ । महासङ्घले चीनभरका अधिकारी र संस्थाहरूले सन् २०२३ मा ग्रामीण क्षेत्रहरूमा कठिनाइमा बस्ने दुई लाख ५९ हजार अपाङ्गता भएका व्यक्तिलाई व्यावहारिक सीप तालिम प्रदान गरेको छ । सन् २०२३ मा चीनभर ११ हजार तीन सय ९३ दृष्टिविहीन व्यक्तिले ग...
चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २३ बैशाख – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो । सन २०३० सम्ममा चालक दल चन्द्र मिसनमा पठाउने लक्ष्य राखेको महत्त्वाकांक्षी कार्यक्रमका साथ अगाडि बढाइरहेको छ । घटनास्थलमा रहेका एएफपीका पत्रकारहरूका अनुसार चाङ’ई–६ चन्द्र जाँच बोकेको रकेट दक्षिणी चीनको हेनान प्रान्तमा वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट साँझ ५ः३० बजे प्रक्षेपण भएको थियो । यो चीनको महत्त्वाकांक्षी अन्तरिक्ष कार्यक्रमका लागि पछिल्लो छलाङ हो । यसका बारेमा यसको प्रयोग सैन्य उद्देश्य र बाह्य प्रभुत्व स्थापित गर्ने प्रयासमा भइरहेको वासिङ्टनले चेतावनी दिएको छ । चाङ’ई–६ को लक्ष्य चन्द्रमाको टाढाको हिस्साबाट करिब दुई किलोग्राम चन्द्र नमूना सङ्कलन गर्नु र तिनीहरूको विश्लेषणका लागि पृथ्वीमा ल्याउनु रहेको छ । सरकारी समाचार एजेन्सी सिन्...
दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २३ बैशाख – ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने करिब ७० जना अझै हराइरहेको बताइएको छ । एजेन्सीका अनुसार सबैभन्दा खराब जलवायु त्रासदीमध्ये एक रहेको भारी वर्षाले अहिलेसम्म पोर्टो एलेग्रेको राज्यको राजधानीसहित दुई सय ३५ नगरपालिकालाई असर गरेको छ । राज्यमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण नदीहरूको सतह बढेको छ, पुलहरू ध्वस्त भएका छन् र १४ लाखभन्दा बढी जनसङ्ख्या भएको पोर्टो एलेग्रे शहरलाई सतर्क अवस्थामा राखिएको छ । भारी वर्षाले छिमेकी राज्य सान्टा क्याटरिनामा पनि फैलिएको छ । त्यहाँ बाढी र पहिरोमा परी एक व्यक्तिको मृत्यु भएको छ । विपद्लाई स्वीकार गर्दै ब्राजिल सरकारले रियो ग्रान्डे डो सुललाई उपकरण र आर्थिक सहायता पठाएको छ । एजेन्सीका अनुसार प्रकोपबाट २४ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्...
गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ बैशाख – प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त कम समयभित्र’ प्रतिक्रिया दिने बताएका छन् । यद्यपि उनले कुनै पनि युद्धविराम स्थायी हुनुपर्नेमा जोड दिए। हमासले ४० दिनको युद्धविराम तथा बन्धकहरू र ठूलो सङ्ख्यामा प्यालेस्टिनी कैदीहरूको आदानप्रदान योजनाबारे विचार गरिरहेको छ । हमासका एक वरिष्ठ अधिकारी सुहेल अल–हिन्दीले ‘अत्यन्त कम समयभित्र समूहले आफ्नो प्रतिक्रिया दिने’ बताए। यद्यपि उनले त्यो कहिले हुने अपेक्षा गरिएको छ भन्नेबारे केही बताएनन् । अज्ञात स्थानबाट फोनमार्फत एएफपीसँग कुरा गर्दै उनले कायरोमा वार्ताबाट कतारमा आफ्नो बेसमा फर्केका हमासका दूतहरूले कुनै प्रगति भएको महसुस गरे वा गरेनन् भन्न हतार हुने बताए। उनले यसको उद्देश्य ‘यो युद्धलाई समाप्त गर्नु’ रहेकामा जोड दिए। यद्यपि यो दक्षिणी गाजामा आफ्नो विशाल स्थल ...
मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग

मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १७ बैशाख – अफगानिस्तान मानवीय संकटसँग लडिरहेको बेला विश्व खाद्य कार्यक्रमले त्यहाँ हरेक महिना ६० लाख मानिसहरूलाई खाद्यान्न र नगद वितरण गरिरहेको खामा प्रेसले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले प्रेस विज्ञप्तिमार्फत, अफगानिस्तानमा यस वर्ष दुई करोड ३७ लाख मानिसहरूलाई मानवीय सहायताको आवश्यकता पर्ने बताएको छ । संयुक्त राष्ट्रको अनुमान अनुसार अफगानिस्तानमा करिब एक करोड ५८ लाख मानिसहरूले खाद्य असुरक्षा संकट र आपतकालीन स्तरहरू अनुभव गर्नेछन् । त्यहाँका मानिसका आधारभूत आवश्यकता पूरा गर्न संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले तीन अर्ब ६० करोड अमेरिकी डलरको बजेट माग गरेको खामा प्रेसले जनाएको छ । यसैबीच, पाकिस्तान, इरान र टर्कीजस्ता सीमा जोडिएका छिमेकी देशबाट जबरजस्ती निर्वासनका प्रतिवेदन आएको र यसले मानवीय सङ्कटलाई अझ बढाएको छ । अफगानिस्तान केही समयदे...