Friday, March 21सत्यम खबर
Shadow

इजरायल एक्लै लड्न तयार छ : नेतान्याहु

काठमाण्डौ, २८ बैशाख – इजरायलले रफाहामा आक्रमणलाई निरन्तरता दिए सैन्य सहयोग रोक्न अमेरिकी चेतावनीपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरू एक्लै उभिन सक्ने बताएका छन्।

‘आवश्यक परे हामी एक्लै उभिन पनि तयार छौं,’ नेतान्याहुले भने। यस अघि अमेरिकी राष्ट्रपति जो वाइडेनले आर्टीलरी सेल सहितको सैन्य सहयोग रोक्ने कुरा बताएका थिए।

सामान्य नागरिकको ज्यान जाने खतराले अमेरिकाले सहयोग पठाउन रोकी सकेको छ।

नेतान्याहुले अमेरिकी प्रतिक्रियापछि सन् १९४८ को युद्ध स्मरण गरेका छन्। ‘सन् १९४८ मा धेरैको विरुद्धमा हामी एक्लो थियौं। हामीसँग हतियार थिएन। यसका बाबजुद हामी विजयी भएका थियौं। हाम्रो भावना र हामी भित्र रहेको बहादुरी पनका कारण हामीले सफलता पाएका थियौं ,’ नेतान्याहुले भने।

रक्षा मन्त्री युभ गालान्टले इजरायलको विरोधी र समर्थकले जे भने पनि आफू बहादुरी पूर्वक उभिने बताएका छन्। इजरायलको बम बारी र आक्रमणका कारण सोमबारसम्म ८० हजार जना रफाहाबाट विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएपछि यो प्रतिक्रिया बाहिर आएको हो। खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *